• १९ असार २०८१, बुधबार

एसिया कपका लागि अफगानिस्तान टोलीको घोषणा

blog

काठमाडौं, भदौ ११ गते । पाकिस्तान र श्रीलङ्कामा अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुने एसिसी एसिया कप क्रिकेटका लागि अफगानिस्तान खेलाडी टोली घोषणा भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले सोमबार हशमतुल्लाह शाहिदीको कप्तानीमा १७ सदस्यीय खेलाडी टोली घोषणा गरेको हो । एसिया कपमा अफगानिस्तान समूह ‘बी’ मा रहेको छ । यस समूहमा बङ्गलादेश र श्रीलङ्का छ ।

अफगानिस्तानले समूहको पहिलो खेल सेप्टेम्बर ३ तारिख बङ्गलादेश र सेप्टेम्बर ५ तारिख श्रीलङ्कासँग खेल्नेछ । एसिया कपमा लागि सहआयोजक श्रीलङ्काबाहेक अन्य देशले खेलाडी टोलीको घोषणा गरिसकेका छन् । एजेन्सी 

अफगानिस्तान टोली

हशमतुल्लाह शाहिदी (कप्तान), मोहम्मद नाबी,  राशिद खान, रहमानुल्लाह गुर्बाज (विकेटकिपर), इब्राहिम जाद्रन, रियाज हसन, रहमत शाह, नजीबुल्लाह जाद्रन, इकरम अलिखील (विकेटकीपर), गुलबदीन नैब, करीम जन्नत, अब्दुल रहमान, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, नुर अहमद, मोहम्मद सलीम र  फैजलहक फारुकी ।