• ३ असार २०८१, सोमबार

कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो बुधरबारदेखि

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, भदौ २४ गते । ११औँ कोरियन  एम्बेसडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो तेक्वान्दो प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ ।

दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुम्से र ग्यरोगी गरी कूल ५७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिनुभयो ।  पुम्सेतर्फ २५ र ग्यरोगीतर्फ ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

ललितपुरको सातदोबाटोमा हुने प्रतियोगितामा एक हजार ६६ जना खेलाडीको सहभागिता रहनेछ । प्रयास संस्करणमा पहिलो पटक भारतबाट ३० र बङ्गलादेशबाट ३५ खेलाडीको सहभागिता रहने पनि आयोजकले जनाएको छ । 

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । जसको सहआयोजक रहेको दक्षिण कोरियाली दूतावासले पाँच हजार अमेरिकी डलर सहयोग गर्नेछ । खेलाडी दर्ता शुल्कबाट १७ लाख र अपुग रकम सङ्घले व्यवस्थापन गर्नेछ ।

कोरोनाका कारण केही समय रोकिएको प्रतियोगिता यस वर्षबाट पुनः सञ्चालन गर्न लागिएको बताइएको छ । प्रतियोगितामा चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने खेलाडीले भने भाग नलिने सङ्घले जनाएको छ ।