• ११ असोज २०८१, शुक्रबार

जोकोभिच र मेदभेदेव फाइनलमा

blog

नोभाक जोकोभिच ।

काठमाडौं, भदौ २३ गते । सर्वियन स्टार नोभाक जोकोभिच र रसियन स्टार डानियल मेदभेदेव युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गर्नुभएको छ ।

जोकोभिचले सेमिफाइनलमा अमेरिकाका बेन शेल्टन शेलाई ३–० को सोझो सेटमा हराउनुभयो । जोकोभिचले ६–३, ६–२, ७–६ (७–४) को जित निकाल्नुभयो । 

यस्तै मेदभेदेवले साविक विजेता स्पेनका कार्लोस अल्कारेजलाई ३–१ को सेटमा हराउनुभयो । मेदभेदेवले ७–६ (७–३), ६–१, ३–६, ६–३ को जित निकाल्नुभएको थियो ।

फाइनल खेल आइतबार हुनेछ ।महिला एकलतर्फ उपाधिका लागि बेलारुसकी अर्याना साबालेन्काले अमेरिकाकी कोको गौफसँग प्रतिस्पर्धा गर्नुहुनेछ । एजेन्सी