• ३ असार २०८१, सोमबार

थाइल्यान्ड ओपन करातेमा नेपाललाई १२ पदक

blog

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा पदक विजेता खेलाडी ।

काठमाडौं, भदौ २५ गते । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले सिनियरतर्फ कांस्यसहित १२ पदक जितेको छ । नेपालले सिनियरतर्फ एक कांस्यसहित जुनियर र क्याडेततर्फ गरी १२ पदक जितेको हो । 

सेप्टेम्बर ६ देखि १० तारिखसम्म सम्पन्न प्रतियोगितामा सिनियरतर्फ ५५ केजीमा नेपालका लागि निमा तामाङले कांस्य दिलाउनुभयो । यस्तै जुनियरतर्फ यु–१२ को ३५ केजी तौल समूहमा मनिल श्रेष्ठ, ४० केजीमा समूहमा शुन्यमा मगरले स्वर्ण जित्नुभयो । 

जुनियरतर्फ यु–१४ एकलका तर्फ राहन जाभेदले रजत पदक, यु–१२ तर्फ ३० केजीमा बिबिशा अधिकारी, ३५ केजीमा प्रलेश महर्जन, ४० केजीमा अविधी विश्वकर्मा, ४५ केजीमा कबिर शर्मा चौलागाईं र ४५ केजीमाथि सुमन मल्लले कांस्य पदक जित्नुभयो । 

यस्तै जुनियरतर्फ ७६ केजीमा उजिन पण्डित क्षेत्रीले कांस्य, क्याडेततर्फ पुरुष ७० केजीमाथि हार्दिक थपलियाले रजत र जिसम लुङ्गेलीले कांस्य पदक जित्नुभयो । 

प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहको प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रशिक्षक मन्दे नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्णधारी खेलाडी समेत हुनुहुन्छ ।