फुटसलमा वडा नं १४ च्याम्पियन
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ ले जितेको छ । लैनचौर मैदानमा बुधबार भएको फाइनलमा वडा नं १४ ले वडा नं १३ लाई ३–२ गोलले हरायो ।
बास्केटबल लिग यसै महिना
नेपाल राष्ट्रिय बास्केटबल लिग यसै महिना हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।
एनएसआरए इन्टर क्लब स्क्वास हुने
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप - २०२३ हुने भएको छ ।
एपीएफद्वारा खेलाडीको बिदाइ
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एसियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
दौड प्रतियोगिताको उपाधि नेपाली सेनालाई
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा भएको दौड प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।
१९औँ एसियाड : पुरुष भलिबलमा खराब सुरुवात
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औँ एसियाली खेलकुद (एसियाड) मा खराब सुरुवात गरेको छ । चीनको हाङझावमा बुधबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित भयो ।
साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको लक्ष्य उपाधि
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सम्पूर्ण तयारी पूरा गरेको छ ।
जुडो खेलाडीको बिदाइ
महेन्द्ररत्न क्याम्पसले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबिच बिदाइ गरेको छ ।
वडा नं १३ र १४ फाइनलमा
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बिच हुने भएको छ ।
दीपक बेल्जियम जाने
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
‘स्कुल टु ओलम्पिक’ को प्रशंसा
नेपाल ओलम्पियन्स सङ्घले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन् ।
वडा नं ४, १४, २६ र १३ सेमिफाइनलमा
काठमाडौँ महानगरपालिकाको वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ सोमबार प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
सुदूरपश्चिम श्री शारीरिक सुगठनको ट्रफी सार्वजनिक
सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
महिला फुटबल टोली चीन प्रस्थान
१९औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार टोली चीन प्रस्थान गरेको छ ।
आर्सनलले जित्दा चेल्सी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकाल्दा उपाधि दाबेदार चेल्सी बर्नमाउथसँग बराबरीमा रोकिएको छ ।
एसिया कपको अनुभव एसियाडमा लगाउने क्रिकेटको लक्ष्य
पाकिस्तान र श्रीलङ्कामा सम्पन्न एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपाल चीनको हाङझाउ सहरमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) मा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ तयारीमा व्यस्त छ ।
भारतलाई एसिया कप क्रिकेट उपाधि
एसिसी एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतले जितेको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइलमा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेटले हरायो ।
एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमा अलआउट
भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले घातक बलिङ गरेपछि एसीसी एसिया कप क्रिकेटको फाइनलमा घरेलु टोली श्रीलङ्काले भारतलाई जितका लागि ५१ रनका लक्ष्य दिएको छ ।
राष्ट्रिय फुटसल असोजमा
पोखरामा दोस्रो राष्ट्रिय फुटसल प्रतियोगिता असोजमा हुने भएको छ । राजन एन्ड द ब्रदर्शको आयोजनामा असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित कभर्ड हलमा फुटसल हुन लागेको हो ।
आयोजक वडा २३ बाहिरियो
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आयोजक वडा नं २३ प्रिक्वाटर फाइनलबाट बिदा भएको छ ।
एसिया कप क्रिकेट फाइनल : श्रीलङ्का टस जितेर ब्याटिङ गर्दै
एसीसी एसिया कप क्रिकेटको फाइनल साविक विजेता श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा घरेलु टोली श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पिसजोन इन्टिग्रेटेड एकेडेमी एलाई उपाधि
वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी एले हात पारेको छ ।
चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण
अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तर विद्यालय रोड रेसमा आइतबार स्वर्ण जित्नुभएको छ । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो हुनुभएको हो । दुवै बुढानीलकण्ठ स्कुलका हुनुहुन्छ ।
मुस्ताङ गल्फ प्रतियोगिता : तामाङलाई उपाधि
दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले जित्नुभएको छ ।