• १३ मंसिर २०८१, बिहिबार

वडा नं ४, १४, २६ र १३ सेमिफाइनलमा

blog

काठमाडौँ, असोज १ गते । काठमाडौँ महानगरपालिकाको वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ सोमबार प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

लैनचौर फुटसल मैदानमा भएको पहिलो क्वाटरफाइनलमा वडा नं १४ ले वडा नं ३२ लाई २–१ ले हरायो । वडा नं १४ का मनिष रानाभाटले दुवै गोल गर्नभयो । वडा नं ३२ ले आत्मघाती रुपमा एक गोल प्राप्त गर्यो । वडा नं १४ का सरोज लामिछानेले आफ्नो पोस्टमा बल छिराउनुभएको हो । सो खेलमा प्रकाश थापामगर म्यान अफ दि म्याच चुनिनुभयो ।

दोस्रो क्वाटरफाइनलमा वडा नं २६ ले वडा नं १५ लाई २–० ले हरायो  विजयी टिमका लागि प्रशान्त नेपाल रजक र करुण खड्गीले गोल गर्नुभयो । सो खेलमा म्यान अफ दि म्याच वडा नं २६ का कप्तान राजन लाल नेपाली घोषित हनुभयो । तेस्रो क्वाटरफाइनलमा वडा नं ४ ले वडा नं १७ लाई ७–१ ले सजिलै पराजित ग र्‍याे ।

वडा नं ४ का विक्रान्त नरसिंह रानाले दुई गोल गर्नुभयो । अन्य गोल प्रजेश अधिकारी, असिम गुरुङ, सरोज थापा, मयंक गुरुङ र म्रियङ गुरुङले गर्नुभयो । वडा नं १७ का सगन महर्जनले गरेको गोल सान्त्वना मात्र बन्यो ।

चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं ११ लाई १–० ले हरायो । अभय रानाको गोलले वडा नं १३ विजयी भएको हो । अभय नै म्यान अफ दि म्याच बन्नुभयो । काठमाडौँ महानगरपालिकाका वडाहरु बीच आयोजना भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सेमिफाइनमला वडा नं ४ ले वडा नं १४ तथा वडा नं २६ ले वडा नं १३ को सामना गर्नेछ ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।