१९औँ एसियाड : चौथो दिन नेपालको सबै खेलमा निराशा
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा मंगलबार नेपालले भाग लिएका अधिकांश खेलमा निराशाजनक प्रदर्शन गरेको छ ।
परम्परागत भोदी खेल संरक्षणमा जुट्दै थारू समुदाय
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।
१९औं एसियाड : जुडोमा नेपालको यात्रा समाप्त
१९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडो खेलमा नेपालको यात्रा सकिएको छ । जुडोमा नेपालबाट सहभागी आठ खेलाडीमा आठै जनाले हार खप्नुभयो ।
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् ।
नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो
१९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि बाहिरिएको हो ।
तम्घासमा चौथो पुलचोक कप हुँदै
गुल्मीमा चौथो पुलचोक कप सञ्चालन हुनेभएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित पुलचोक स्पोर्टस क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता हुनेभएको हो ।
एसियाड साइक्लिङमा नेपालको चुनौती समाप्त
एसियाली खेलकुद (एसियाड)को साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट सहभागी सुरज रानामगर र उषा खनालले सोमबार निर्धारित दूरी समेत तय गर्न सक्नुभएन ।
१९औं एसियाड : मार्सल आर्ट्समा नेपालको निराशा
१९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो खेलमा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक छैन । तेक्वान्दोमा सोमबारसम्म चार खेलाडीले प्रतिस्पर्धा गर्दा कुनै पनि खेलाडी प्रिक्वार्टरफाइनलबाट अगाडि बढ्न सक्नुभएन ।
नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा
माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ ।
१९औं एसियाड : तेक्वान्दोमा अञ्जलीको मिश्रित प्रदर्शन
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दो खेलमा नेपालकी अञ्जली तामाङले मिश्रित प्रदर्शन गर्नुभएको छ ।
१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
फुटबलर सरु नौ महिना मैदान बाहिर
१९औं एसियाड दौरान भियतनामविरुद्ध पहिलो खेलमा घाइते हुनुभएकी नेपालकी महिला फुटबल खेलाडी सरु लिम्बु चोटका कारण ६ देखि ९ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । मिडफिल्डर सरुको आइतबार घुँडाको सफल शल्यक्रिया भएको छ।
१९औँ एसियाड : टेनिसमा प्रदीपको विजयी सुरुवात
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन आइतबार नेपालले भाग लिएका अधिकांश खेलमा कमजोर प्रदर्शन गरेको छ ।
एसियाड क्रिकेट टोलीको बिदाइ
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
सिटीको लगातार छैटौं जित
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो ।
आयोजक चीनलाई एसियाडको पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात
१९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो ।
एसियाली खेल महाकुम्भ : १९औं एसियाडको भव्य शुभारम्भ
एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को भब्य उद्घाटनसहित सुभारम्भ भएको छ ।
कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ ज्ञापन
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती छ: अध्यक्ष चन्द
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताउनुभएको छ।
पारस खड्का क्यान सचिवमा विजयी
शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का ४८ मत ल्याएर विजयी हुनुभएको हो ।
साइकल प्लाङ्क ब्यालेन्सको दोस्रो संस्करण हुँदै
साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्सको दोस्रो संस्करण हुनेभएको छ । लायन्स क्लब अफ कपिलवस्तुले असोज २७ गतेदेखि दोस्रो पटक खेलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओमप्रकाश घिमिरेले बताउनुभयो ।
विदेशी भूमिबाट फुटबलमा उदाउँदै कैलालीका सिजन
कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।
तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछ : अध्यक्ष चन्द
नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन हुनुभएको छ । शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन हुनुभएको हो भने शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन हुनुभएको हो ।