अर्जुन काफ्ले
स्याङ्जा, भदौ ३१ गते । वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी एले हात पारेको छ ।
वालिङ नगर बुद्धिचाल सङ्घले वालिङमा जिल्लामै पहिलो पटक दुई दिनसम्म खेलाएको अन्तर विद्यालय स्तरीय बुद्धिचालमा पिसजोन एले १६ टोलीलाई पछाडि पार्दै उपाधि चुमेको हो ।
दोस्रो स्थान भूपू सैनिक मावि, पिसजोन इन्टिग्रेटेड एकेडेमी बि तृतीय र सान्त्वना स्थान पूर्णामृत भवानी माविले हात पारेको हो ।
प्रतियोगितामा प्रथमले सात, द्वितीयले पाँच, तृतीयले चार र सान्त्वनाले तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा १२ वटा विद्यालयका १७ टिमको सहभागिता रहेको आरबिटर राजन पहाडीले बताउनुभयो ।
तीन जना खेलाडी प्रत्येक टिममा रहेको प्रतियोगिता लिग सिस्टम छ राउण्ड खेलाइएको पहाडीले बताउनुभयो ।