• १६ वैशाख २०८१, आइतबार

बास्केटबल लिग यसै महिना

blog

काठमाडौं, असोज २ गते । नेपाल राष्ट्रिय बास्केटबल लिग यसै महिना हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको नेपाल बास्केटबल सङ्घले जनाएको छ । 

राष्ट्रिय बास्केटबल लिग  नेपाल बास्केटबल सङ्घअन्तर्गत शीर्ष स्तरको लिग हो । यस लिगमा आठ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी क्लबमा विशाल मिलन केन्द्र, बुढानीलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेशनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इन्टरनेशनल  कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सहभागिता जनाउनेछन् । 

लिगको विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै प्रत्येक सहभागी क्लबले तयारी खर्च स्वरूप ५० हजार रुपियाँ पाउने सङ्घले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने लिगका लागि कभर्डहलको कोर्टको मर्मत समेत भइरहेको छ ।