• १३ मंसिर २०८१, बिहिबार

जुडो खेलाडीको बिदाइ

blog

काठमाडौं, असोज २ गते । महेन्द्ररत्न क्याम्पसले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबिच बिदाइ गरेको छ ।

त्यहाँ स्नातक तह प्रथम वर्षमा अध्ययनरत तीन जुडो खेलाडीलाई सफलताको शुभकामना दिँदै क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । 

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ५२ केजीमुनि दवकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्नुहुनेछ । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । इन्द्र र देवकी सहोदर दाजुबहिनी हुनुहुन्छ । जुडोमा नेपालका आठ खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दैछन् ।

सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् । प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।