काठमाडौं, असोज २ गते । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औँ एसियाली खेलकुद (एसियाड) मा खराब सुरुवात गरेको छ । चीनको हाङझावमा मंगलबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित भयो ।
समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग ३–१ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–२० ले जितेको थियो । त्यसपछि कमजोर देखिएको नेपाल तीनवटै सेटमा २५–२०, २५–१८, २५–१५ ले पछि परेको थियो ।
नेपालले समूह चरणको अर्को खेल बुधबार इरानसँग खेल्नेछ । उक्त खेल जित्न नसके नेपाल समूह चरणबाटै घर फर्कने छ । एसियाडको औपचारिक सुरुवात शनिबारदेखि हुने भएपनि भलिबल लगायत केही खेल अगाडि सञ्चालन गरिएको हो ।
असोज २१ गतेसम्म सञ्चालन हुने एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ ।