• १३ मंसिर २०८१, बिहिबार

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौं, भदौ ३१ गते । अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तर विद्यालय रोड रेसमा आइतबार स्वर्ण जित्नुभएको छ । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो हुनुभएको हो । दुवै बुढानीलकण्ठ स्कुलका हुनुहुन्छ । 

चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गर्नुभयो । विजय बुढामगर १६.५२ मिनेटमा दोस्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेस्रो हुनुभयो ।

विजय र विवेक पनि बुढानीलकण्ठकै हुनुहुन्छ । सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिनुभयो । २२.३७ मिनेटसाथ बुढानीलकण्ठकी सुजाता केसी दोस्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गर्नुभएका हाइली क्रिएटिभकी सभ्यता खड्का तेस्रो हुनुभयो । 

प्रतियोगितामा बुढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बुढानीलकण्ठले १९ अङ्क जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधीरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जानकारी दिनुभयो ।