काठमाडौं, भदौ २३ गते । नेपाल सितोरियो कराते सङ्घको दोस्रो साधारण सभा तथा महाधिवेशन (निर्वाचन) सर्वसम्मत रूपमा सम्पन्न भएको छ । बाराको निजगढमा सम्पन्न उक्त निर्वाचनबाट अध्यक्षमा धावा गुरुङ (दावा) पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षहरूमा राजीव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित हुनुभयो ।
सदस्यहरूमा देवकुमार लामा, प्रकाश मोहन धौवडेल, प्रेमलाल बोम्जन, विजयमान थापा, मिलन राज प्रसाईँ, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्त कुमार मल्ल, मनिराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाई महर्जन, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्वा निर्वाचित हुनुभएको छ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपीबहादुर भण्डारी, लोकबहादुर खुलाल र नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
नेपाल सितोरियो कराते सङ्घको नयाँ संशोधित विधान–२०८० अनुरूप अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–३ र १९ जना सदस्यहरू सहित २५ सदस्यहरू निर्वाचित र बाँकी मनोनीत र आमन्त्रित सदस्यहरू गरी २९ जना कार्यसमिति रहेको विधानमा उल्लेख गरिएको छ ।
पदाधिकारीहरूमा बाकी रहेका पदहरू उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सल्लाहकार सहित अन्य थप सदस्यहरू मनोनीत गर्ने अधिकार पनि अध्यक्षको रहेको सङ्घले जनाएको छ ।