• ३ असार २०८१, सोमबार

जिल्लास्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न

blog

पुरस्कार हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ २४ गते । पाल्पामा जिल्लास्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न भएको छ । पाल्पा जिल्ला आईटीएफ तेक्वान्दाे सङ्घको आयोजनामा भएको दशौँ जिल्लास्तरीय प्रतियोगिता प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको, स्पाइरिङ र प्याट्र«न गरी दुई विधामा प्रतिस्पर्धा भएको हो । 

विभिन्न विधाका कुल ४२ स्वर्ण, ४२ रजत र ६० कास्य पदकको लागि तीन सय ४३ जना खेलाडिले प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । १४ दोजाङका खेलाडीहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नौ वटा स्वर्णपदकसहित विजु दोजाङ प्रथम, आठ स्वर्णपदकसहित तानसेन दोजाङ दोस्राे र सात वटा स्वर्ण पदकसहित हिडन दोजाङ तृतीय भएको अध्यक्ष सारुले बताउनुभयो ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुहुँदै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले खेल क्षेत्रले देशको इज्जतलाई माथि उठाउन सहयोग गरेको धारणा राख्नुभयो । उहाँले मार्सल आर्ट खेलका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले देशको गहनाका रुपमा रहेका खेलाडीलाई राज्यले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।