• ३ असार २०८१, सोमबार

हक्कीको अध्यक्षमा शर्मा

blog

हक्की सङ्घको निर्वाचित पदाधिकारीहरु ।

काठमाडौं, भदौ २४ गते । नेपाल हक्की सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि शर्मा सङ्घको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । 

मनीष झा, राजेन्द्रप्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्काले उपाध्यक्ष, सुवर्ण श्रेष्ठले महासचिव, असीम शर्माले सचिव र रामेश्वर घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ । सदस्यहरूमा कान्तुराम पनेरु, बाबुराम साह, निजामुद्दिन सिद्धिकी, अञ्जु प्रधान श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी र हित गुरुङ चयन हुनुभयो । 

नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मीनकुमार शर्माले एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । महाधिवेशनको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गर्नुभएको थियो ।