• १ जेठ २०८१, मङ्गलबार

जोकोभिचलाई कीर्तिमानी २४औँ उपाधि

blog

उपाधिसहित नोभाक जोकोभिच । तस्बिर : एएफपी

काठमाडौं, भदौ २५ गते । युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्वियन स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । सोमबार बिहान भएको फाइनलमा उहाँले रसियन स्टार डेनियर मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ को साझो सेटमा हराउनुभयो ।

जोकोभिच चौथो पटक युएस ओपन च्याम्पियन बन्नुभएको हो । यससँगै उहाँले २४ ग्रान्डस्लाम उपाधिको कीर्तिमानी बराबरी गर्नुभएको छ । उहाँले मार्गरेट कोर्टको नाममा रहेको ५० वर्ष पुरानो कीर्तिमान बराबर गर्नुभएको हो ।

यसअघि महिला एकलतर्फ घरेलु खेलाडी कोको गौफ च्याम्पियन बन्नुभएको छ । फाइनलमा गौफले बोलारुसकी अर्याना साबालेन्कालाई पराजित गर्नुभएको हो । एजेन्सी