• ३ असार २०८१, सोमबार

गौफलाई युएस ओपन टेनिस उपाधि

blog

उपाधिसहित कोको गौफ । तस्बिर : एपी

काठमाडौं, भदौ २४ गते । अमेरिकी खेलाडी कोको गौफ युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जित्नुभएको छ ।

आइतबार बिहान भएको फाइनलमा गौफले बेलारुसी विश्व नम्बर दुई खेलाडी अर्याना साबालेन्कालाई २–१ को सेटमा हराउनुभयो । गौफले पहिलो ग्रान्डस्लाम उपाधि जित्नुभएको हो । 

छैटौं वरियताकी गौफले घरेलु कोर्टमा २–६, ६–३, ६–२ को जित निकाल्नुभएको थियो । पुरुषतर्फको फाइनलमा सर्वियन स्टार नोभाक जोकोभिच र रसियन स्टार डानियल मेदभेदेवबिच प्रतिस्पर्धा हुनेछ । एजेन्सी