चन्द्रमा संस्कृति
प्रकृतिसँग आदिमकालदेखि सन्निकट रहेर नै मानिसले आफ्नो अस्तित्वलाई सुरक्षित राख्दै आउन सकेको हो । मानिसको जैविक विकास नै प्राकृतिक नियमानुसार हुँदै आएको भन्ने वैज्ञानिक मान्यता छ । प्रकृतिसँग सहजीवनयापन गर्दै मनुष्यले आफ्नो भोक, तिर्खा मेटाउन सिक्यो । जाडो, गर्मी आदि अनेकाँै सहनीय, असहनीय परिस्थिति र प्रकोपहरूसँग जुध्दै, समय र प्रकृतिसँग तादात्म्य र अनुकूलन पनि हुँदै आफ्नो चेतनशील अस्तित्वका लाखौँ वर्षको यात्रा मनुष्य जातिले पूरा गरिसकेको छ । यो अस्तित्व यात्रा निरन्तर चलिरहेकै छ ।
महाकविको स्मृतिमा
सङ्ला स्वच्छ सफा नदी र झरना ह्यूँताल छाँगाहरू आभा सुन्दर शारदी किरणका फैलाइ ज्वोत्स्नाहरू धर्ती व्योम दुवै हिमाद्री तटमा भर्खर नुहाएसरी तिम्रो काव्य रसाल मिष्ठ मधुरो मानौँ सुधाको झरी ।
शरद् — सन्देश !
हाम्रा चाडबहाड ‘हाड’ नबनून् उत्प्रेरणाका मसी ढासा ढ्वाङ बनावटीपन हटून् पुर्खाहरूका दसी । गाई श्वान र काग मत्र्य बिरुवा, हुन् ईशकै वंशज माछा वा कछुवा बनेल र चरा हुन् ईशकै अंशज ।
दाजुबहिनी बिनाको तिहार
लायो पञ्चक शीतकाल सुरु भो आयो तिहारै जब टीका लाउन दाजुभाइ बहिनी निम्ता पु¥याए तब रातो पूर्व सँगै बसेर डिलमा कौवा कराए अहो ? दोस्रो चाड तिहारको हरखुसी बाँडेर आयो ल यो ।
देउसी गीत
आएछौँ हामी खेल्नलाई देउसी हजुरको आँगन झिलिमिली बत्ती स्वर्गझैँ घर दिन छ पावन
डोकेनीको मौलिकता
नेपाल बहुसांस्कृतिक देश हो । यहाँका हरेक जातजाति र समुदायले अँगाल्दै आएका संस्कार–संस्कृतिहरू रोचक छन् । भूगोलका हिसाबले पनि विविधतायुक्त यस देशमा हिमालदेखि पहाड हुँदै तराईसम्म र पूर्वदेखि पश्चिमसम्म हरेक क्षेत्रका संस्कृतिहरू एक–अर्काका लागि नौलो हुन्छ । अझ ती संस्कृतिका मिथक तथा सामाजिक र सांस्कृतिक पृष्ठभूमिहरू रोचक छन् । विभिन्न जातजाति र समुदायका सांस्कृतिक सम्पदाले नेपालको विशेष पहिचान मात्र भएको छैन, पर्यटनमार्फत देशको अर्थतन्त्रमा टेवा पनि पु¥याएको छ । यस्तै सांस्कृतिक सम्पदाहरूमध्ये एक हो ‘डोकेनी नाच’ । याक्खा जातिको मौलिक संस्कृति यो नाच यतिखेर पहिचानको खोजीमा छ । डोकेनी नाच याक्खा जातिको मौलिक संस्कृति हो । यो ना
क्रान्तिका निष्ठावान् व्यक्तित्व
नेपालको लोकतान्त्रिक आन्दोलनको सूत्रपात गर्ने गोरखाका लखन थापा मगर, शुकदेव गुरुङ र सुपति गुरूङ हुँदै सिन्धुलीका कृष्णप्रसाद कोइराला (बीपी कोइरालाका पिताजी) र कविवर धरणीधर कोइरालासम्मको जागरण अभियानले निरङ्कुश राणा शासक चन्द्र शमशेरको मथिङ्गल खल्बलाइदिएको थियो । यो जागरण अभियानलाई भारतको अङ्ग्रेजी पल्टनका जमदार केशरसिंह गुरू
दसैँले सम्झाएको गाउँ
अब त गाउँ सम्झन दसैँ आउनुपर्ने भएछ । हो, मलाई पनि यस्तै अनुभूति भइरहेछ । दसैँ आउँछ, गाउँ भरिन्छ, गाउँ साँच्चिकै गाउँ जस्तो देखिन्छ । भुरुरुरु उडेर वा मोटरमा गुडेर आएका चार दिने गाउँका पाहुनाहरू त्यसै गरी उडेर वा गुडेर जान्छन् । गाउँ पूर्ववत् शून्य हुन्छ । गाउँ यथार्थमा गाउँ जस्तो रहन्न । गाउँको वर्तमान अवस्था यस्तै छ । दिन दुगुना, रात चौगुना गाउँको रूपरङ्ग यसै गरी बदलिएको छ । पोहोर साल जस्तै मलाई यस पाला पनि दसैँले गाउँ सम्झायो । मातापिताले दसनङ्ग्रा खियाएर आर्जेको भूमिको सम्झना गरायो । उहाँहरूका पौरखले ठड्याएको तीनतले घरले मोहित तुल्यायो । आफैँले चहारेको खेतबारी, पाखोप
देउसीभैलोको त्यो रमाइलो
दसैँपछिको दोस्रो ठुलो चाड तिहार, उज्यालोको पर्व ! पशुपन्छी, प्रकृति र दाजुभाइ पूजा गरिने चाड हो– तिहार । वर्षमा एक पटक खेलिने देउसीभैलो जसको तिहारमा विशेष महत्व रहनु स्वाभाविक हो । संस्कृति धान्न वा मनोरञ्जन गर्न खेलिने देउसीभैलोको तौरतरिका समय अनुकूल बदलिँदै जान थालेको छ । सारङ्गी, मादल, डम्फु र बाँसुरीका साथै हारमोनियमका धुनमा ताल सुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन अहिले धेरै कम देख्न पाइन्छ । आजभोलि ठाउँ अनुसार सबै कुरा परिवर्तित हुँदै गइरहेका छन् । देउसीभैलो भट्याउने भाकाहरू धेरै बदलिएका छन् ।