साथ छोड्यौ अहिले (कविता)
जीवनभर साथ दिने वाचा गर्यौ पहिले जीवनको दोबाटोमा नै साथ छोड्यौ अहिले । पलपल यो मनले तिम्रो नै साथ खोज्छ यी आँखा पनि हरपल तिमी नै रोज्छ ।
विगत र वर्तमानका दस्ताबेज
नेपाली साहित्यमा विशिष्ठ नाम हो मन्जु काँचुली । उहाँका कविता, कथा, नाटक, लघुकथालगायत दर्जनौँ कृति प्रकाशित छन् । विसं २०१७ देखि कविता लेखनमा सक्रिय काँचुली दर्जनौँ साहित्यिक सङ्घ–संस्थाबाट पुरस्कृत हुनुभएको छ । हालसम्म पनि नेपाली भाषासाहित्यमा आफ्ना अमूल्य क्षण अर्पण गरिरहनु भएको छ । यसैको निरन्तरता हो, उहाँको पछिल्लो लघुकथा कृति ‘काँचुलीका लघुकथा’ । नेपाली साहित्यमा उहाँका कृतिहरू पढ्ने अवसर निरन्तर पाएका छौँ । ‘काँचुलीका लघुकथा’ कृतिले नेपाली लघुकथामा उहाँको गर्विलो उपस्थिति देख्न सकिन्छ । जीवनका अनुभव तथा नेपालको राजनीतिक परिवर्तन र त्यसको परिणाम जनतासम्म पुग्न नसकेका तिता क्षणका साक्षी लेखकका अनुभूति नेपाली साहित्यमा हामीले पढिरहेका छौँ, निरन्तर पढिरहने छौँ ।
‘पुस्तकले रोएकालाई हँसाउँदैन !’
रोएका कति छन् रुने जति खुसी पारी हँसाउन्न यो खोज्दा हुन् धनमान मुक्ति कतिले केही दिलाउन्न यो । ऐतिहासिक पहिलो उपन्यास ‘रजबन्धकी’ का लेखकद्वय टुकराज–पद्मराज मिश्रले सुरुमै ‘सानो गन्थन’ भनेर पुस्तकका बारेमा यस्तो श्लोक उल्लेख गर्नुभएको छ । अर्थात् यस पुस्तकले रोएकालाई हँसाउँदैन होला र धन, मान र मुक्ति खोज्नेका लागि पनि केही दिन सक्दैन होला तर यस उपन्यासले विसं १८२७ देखि १८३८ तिरको लमजुङ, तनहुँ, पाल्पाको चालचलन र अवस्थाबारे प्रस्ट पार्न खोजेको छ । सामाजिक, आर्थिक र ससाना राज्यबिचको लडाइँबारे पनि जानकारी दिएको छ ।
रौनक पुलुकिसी र लाखे नाचको
काठमाडौँको इन्द्रचोकबाट ४०/५० मिटर उत्तरमा किलागल टोल छ । यहीँबाट पुलुकिसी नाच निस्कन्छ । कुनै समय यहाँ जङ्गल र हात्तीसार थियो । किलागललाई नेपाल भाषामा ‘किसिगल’ भनिन्छ । नेपाल भाषामा हात्तीलाई ‘किसी’ र गोठलाई ‘गल’ भनिन्छ । उहिले हात्तीसार रहेको ठाउँ हुनाले ‘किसिगल’ नाउँ रहन गएको हो । यसैबाट अपभ्रंश भई किलागल भनिएको हो । इन्द्रजात्राका अवसरमा काठमाडौँका विभिन्न चोक र गल्लीमा जारी नाचहरूमा पुलुकिसी नाच विशेष आकर्षणमध्ये एक हो । इन्द्रजात्राको आठौँ दिन अर्थात् आश्विन कृष्णचतुर्दशीका दिन कुमारीको रथ तान्ने समयमा पुलुकिसी नाच पनि धूमधामसँग प्रदर्शन हुन्छ । बाँसको मान्द्रो, जसलाई नेपाल भाषामा ‘पुलु’ भनिन्छ । यस मान्द्रोबाट बनेको हात्तीको आकृतिभित्र दुई
पर्दामा गोर्खालीको बहादुरी
विश्वभरका नेपालीले ‘गोर्खाली’ शब्दलाई आफ्नो पहिचान ठान्छन् । नेपालीमा ‘गोर्खाली’ र अङ्ग्रेजीमा ‘गोर्खाज’ शब्दले बहादुर, इमानदार, दयालु तथा मेहनतीको परिचय दिन्छ । गोर्खा शब्द विश्वका दूरदराजमा ब्रान्डका रूपमा स्थापित छ । इतिहास खोतल्ने हो भने सन् १८१६ मा नेपाल–अङ्गे्रज युद्ध अन्त्य भएपछि नेपाली ब्रिटिस तथा भारतीय सेनामा भर्ती हुन थालेको र त्यस क्रममा उनीहरूले विश्वका विभिन्न देशमा गएर आफ्नो वीरता प्रदर्शन गरेको प्रसङ्ग जोडिन्छ । सन् १८१४ देखि नै लाहोर सहरमा गोर्खा भर्ती सुरु भएपछि लाहुरे शब्द प्रचलनमा आएको इतिहास पढ्न पाइन्छ ।
योग किन र कहिले ?
कुनै पनि कुराको जबसम्म पूर्ण जानकारी प्राप्त हुँदैन, त्यस कुराको पछि लाग्दा चाहेको उपलब्धि प्राप्त गर्न सकिन्न । योगमा पनि यो नियम लागु हुन्छ । त्यसैले मनलाग्दो किसिमले योग गर्नु हुन्न । जबसम्म ‘आत्मा’ चिन्न सकिन्न, योगासन र प्राणायाम नगरेकै राम्रो । व्यवस्थित किसिमबाट सास लिने, खानपिन गर्ने, उठबस गर्ने, सुत्ने र यस संसारको पूर्ण आनन्द लिने क्षमताको विकास गरेपछि मात्र योग सिक्नु पर्छ । संसारका सम्पूर्ण व्यायाम पद्धति पसिनै पसिनाले निथु्रक्क भिजाउने सीमासम्म श्रमको माग गर्दछ तर योगासनले भने श्रम र विश्रामला
पर्यटक तान्न उत्सुक तराई–मधेश
नेपाल हिमाल, पहाड र तराई–मधेश भूभाग मिलेर बनेको छ । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको रूपमा नेपाल विश्वमै अद्वितीय स्थल हो । यस्तो स्थल पर्यटनका दृष्टिले कति समृद्ध हुन्छ भन्न पर्दैन तर देशको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटनको विकासमा हिमाल र पहाडको जति चर्चा हुन्छ, त्यति तराई–मधेशको चर्चा भएको पाइँदैन । त्यसैले तराई–मधेश पर्यटकीय दृष्टिले कति सम्भावना बोकेको क्षेत्र हो ? यसबारे उठान गर्ने कोसिस गरिएको छ ।
बेनामहरूको नाममा (कथा)
कतिपय सम्बन्ध यस्ता हुन्छन्, जो भित्रभित्रै टुसाउँछन्, भित्रभित्रै हुर्कन्छन्, बढ्छन् । यसलाई सही मानेमा परिभाषित गर्न मुस्किल पर्छ । प्रभात र मञ्चलाको सम्बन्ध पनि त्यस्तै थियो । मञ्चला प्रभातको मनको पातलो आवरणलाई छिचोल्दै भावनाभित्र पस्थी । यादको पानाभित्र फर्फराउँदै सुमधुर गाना गुन्गुनाउँथी ।
घमण्ड (कविता)
छिटै चढ्छ माथि ज्वरो नाप्दा थर्मोमिटरमा पारो चढे जस्तै अहङ्कार अनि त स्वयम्लाई बृहस्पति ठानेर भुलिदिन्छ आफूले टेक्ने जमिन