• २८ मङ्सिर २०८२, आइतबार

मृत्युको दुरी (कविता)

blog

सयौँ रहर

इच्छा

सपनाहरूले

आत्महत्या गरेको

त्यो

कोठाभित्र 

एउटा पुरानो खाट थियोे

त्यही पुरानो खाटसँगै 

जोडिएको

पुरानो दराज थियोे

त्यही

दराजभित्र

सेतो कागजमा

आफैँलाई सिध्याउने

विषको ढिको थियो

बस्

त्यति नै

मबाट मृत्युको दुरी

त्यही

पुरानो खाट

खाटसँगै जोडिएको

पुरानो दराज थियोे ।