• २३ चैत २०८१, शनिबार

चौतारीमा शताब्दी वृक्ष

blog

वृक्षले ऐतहासिक र सांस्कृतिक मूल्यमान्यता राख्छ । वृक्षले सौन्दर्यको वृद्धि, हरियाली प्रवर्धन, पानीको स्रोत संरक्षण र प्रदूषण रोकथाममा पनि सघाउँछ । आर्थिक दृष्टिकोणले पनि वृक्षको महìव उत्तिकै छ । मानव जीवनकै लागि वृक्षको भूमिका महìवपूर्ण छ । 

वृक्षले इतिहासका अनेकन पाटा खोतल्न सहयोग पु-याउने गरेको छ । शताब्दी वृक्ष र इतिहासकै विषयमा भन्नु पर्दा सैँबु मगरगाउँको मगर स्तम्भतिर पुग्नु पर्छ । ललितपुर महानगरपालिका–१८ स्थित मगरगाउँको पिपलबोटनजिकै खडा गरिएको मगर स्तम्भमा उल्लिखित कुरा मननयोग्य छ– 

नेपाल एकीकरणको सिलसिलामा इस्वी संवत् १७६९ मा स्वर्गीय श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाण्डू उपत्यका विजय गरेपश्चात् रणनीतिक दृष्टिकोणले काठमाण्डू उपत्यकालाई अन्य राज्यको आव्रmमणबाट जोगाउन एकीकरण अभियानमा उनलाई महìवपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न उपत्यकाका विभिन्न स्थानमा जग्गा दिई बसोबास गराउने व्रmममा तत्कालीन सरकारले गोरखा जिल्ला पिपलथोक थातथलोका जगजित थापामगरको नाउँमा पाँच सय रोपनी जग्गा लालमोहर लगाइ सैँबु मगरगाउँ हालको ललितपुर महानगरपालिका–१८ मा बसाइसराइँ गराइ उनीहरूले नै उक्त स्थानमा पिपलको बिरुवा सारेको र त्यही समयदेखि नै यो स्थान सैँबु मगरगाउँ पिपलबोटका नामले परिचित रहँदै आएको छ ।

उपरोक्त कुरा मनन गर्दा यो पिपलको बोट लगाएको करिब तीन सय वर्ष नाघेको देखिन्छ । तसर्थ यस पिपलको वृक्ष शताब्दी वृक्ष अन्तर्गत पर्दछ । त्यसो त बाटो वा सडक किनारामा चौतारा निर्माण गरी बिरुवा लगाउने शताब्दी पुरानो चलन हो । खास गरी चौतारामा वर र पिपलका बिरुवा लगाउने प्रचलन छ । पैदलैयात्रा र ढुवानी गर्नुपर्ने पुरानो समयमा भरिया र बटुवाका लागि थकाइ मार्ने र भारी बिसाउने ठाउँका रूपमा चौतारी प्रयोग गरिन्थ्यो । पहिले पहिले सवारीसाधन नभएको समयमा भारी बोकेर टाढा टाढा हिँड्न पथ्र्यो । थकाइ लागेमा चौतारामा बिसाउने गरिन्थ्यो । यस्ता स्थानमा चौतारा निर्माण गरी शीतलका लागि बिरुवा लगाउने प्रचलन थियो । यो धार्मिक दृष्टिकोणले उत्तम मानिन्थ्यो । त्यसैले यस्ता चौतारीमा पिपल र वरका बिरुवा लगाइन्थ्यो किनकि हिन्दु परम्परामा पिपललाई नारायण भगवान्का रूपमा र वरलाई लक्ष्मीका रूप मान्निछ र पूजा पनि गरिन्छ । त्यसैले यी दुवै प्रजाति चौतारीमा लगाएर विवाह गर्ने प्रचलन पनि छ । कसैले आफ्ना स्वर्गीय पितामाताको सम्झनामा चौतारीमा वर र पिपल लगाउने पनि गरेको पाइन्छ । कसैले आफ्नो जन्मदिनका अवसरमा चौतारामा वृक्ष लगाउँछन तर मगरगाउँको पिपलबोटको जस्तो उमेर ज्ञात हुने कुनै लिखित दस्ताबेज धेरै जसो चौतारी वृक्षमा पाइँदैन । कहीँ कहीँ यस्ता चौतारीको नाम पनि राख्ने गरिएको पाइन्छ । यस्ता नाममध्ये लाँकुरी भन्ज्याङ, पिपलनेटा जस्ता नाम सुन्न सकिन्छ ।  

चौतारीमा सजिँदै वरपिपल

चैतारीमा प्रायः वरपिपल नै लगाएको पाइन्छ । तथापि चौतारीकै लागि भनेर हावापानी अनुसार विभिन्न प्रजातिका बिरुवा लगाउने गरिन्छ । चौतारी प्रयोजनका लागि मुख्य रूपमा वर र पिपलका बिरुवा लगाइन्छ । यसको धार्मिक महìव र अर्थसमेत छ । त्यसबाहेक समी, कपुर, खरी, लाँकुरी, सिरिस, काभ्रो, सिरिङ्गे जस्ता बिरुवासमेत लगाउने गरिन्छ । कतै कतै कदम, गुलमोहर, चाँपका चौतारी पनि देखिन्छ ।  खासगरी ठुला वृक्ष हुने, लामो अवधिसम्म बाँच्ने र सियाँल दिने बिरुवा नै चौतारीका लागि छनोट गरिन्छ । भन्ज्याङ, देउराली, थुम्की र उकालीका चौतारीमा रहेका वृक्षको उमेर अध्ययन गर्दा सय वर्ष नाघेकै देखिन्छ । 

देवदह जसलाई हामी गौतम बुद्धको मावलीका रूपमा चिन्दछौँ । त्यहाँ रहेको काभ्रोकोे वृक्ष निकै लोकप्रिय छ । यसलाई स्थानीयले पाकरी वृक्षको नामले सम्बोधन गर्दछन् । यसको फेदको गोलाइ ८२ फिटको छ । 

पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा नागकेशरको रुख छ । आजकल पोखराको केही चौतारामा पनि यो रुख लगाइएको देख्न सकिन्छ । ललितपुरको जावलाखेलनजिकै एकान्तकुनामा एउटा कपुरको वृक्ष छ । यसको फेदको गोलाइ ६० फिटको छ । तसर्थ यो रुख पनि सय वर्षभन्दा बढीको हुनु पर्छ । 

सिंहदरबारको निर्माण सन् १९२० तिर भएको इतिहासले जनाउँछ । त्यसबेला सिंहदरबार परिसरभित्र लगाइएका रुख कमल, देवदार, काँगियो, मन्की पजल, भालुकाठ प्रजातिका वृक्ष आजसम्म त्यहाँ देख्न पाइन्छ । यी वृक्षहरूको उमेर पनि सय वर्षभन्दा बढी नै हुनु पर्छ । त्यसबेला भालु काठको बिरुवा कहाँबाट ल्याइयो भन्ने कुनै प्रमाण छैन । यो बिरुवा नेपालको पूर्वी भागमा पाइन्छ । यो वृक्ष गाईवस्तुका लागि घाँसका रूपमा प्रयोग गरिने भएको हुँदा फुल्न नपाउँदै काटिने भएकाले बिउ लाग्ने कमै सम्भावना रहेकाले हाल यो वृक्ष लोपोन्मुख खतराको सूचीमा परेको छ । 

शताब्दी वृक्षको कुरा गर्दा सय वर्षभन्दा बढी उमेर भएका, तिनीहरूको उचाइ, तिनीहरूको हाँगाको फैलावटले ओगटेको क्षेत्र र ऐतिहासिक मान्यताका आधारमा अमेरिका, बेलायत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र क्यानडालगायत देशमा शताब्दी वृक्षका रूपमा राष्ट्रिय अभिलेख राख्ने गरिन्छ । ती देशहरूमा यस्ता वृक्षलाई 

‘च्याम्पियन ट्री’ भन्ने गरिन्छ । ‘च्याम्पियन ट्री’ पहिचान गर्ने कार्यको सुरुवात अमेरिकाले सन् १९४० बाट गरेको थियो । त्यसपछि अन्य मुलुकले पनि ‘च्याम्पियन ट्री’ पहिचान गर्ने कार्यको थालनी गरे । हाल बेलायत, न्युिजल्यान्ड, अमेरिका, आयरल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा आदि देश ‘च्याम्पियन ट्री’ दर्ता गर्ने अग्रणी राष्ट्रमध्ये पर्दछन । 

नेपालमा शताब्दी वृक्ष पहिचान

नेपालका विभिन्न स्थानमा रहेका चौतारा र मठमन्दिरमा सयौँ वर्ष पुराना वृक्ष छन् । तथापि ती वृक्षको कुनै तथ्याङ्क भेटिँदैन । ललितपुर महानगरपालिकाले सन् २०२१ बाट २९ वडाका विभिन्न स्थानमा रहेका ‘च्याम्पियन ट्री’ को पहिचान गर्ने कार्यको सुरुवात गरेको देखिन्छ । ललितपुर महानगरपालिकाका वनस्पतिसम्बन्धी सल्लाहकार डा. पुष्पमान अमात्य र हरिकृष्ण सैँजुले ललितपुर महानगरपालिकाका २९ वटै वडामा रहेका यस्ता वृक्षको सर्वेक्षण गरी प्रतिवेदनसमेत तयार गर्नुभएको छ । यसमा ३० वटा वृक्ष समावेश गरिएका छन् । यस सूचीमा माथि उल्लेख गरिएका मगरगाउँको पिपलको बोट र जावलाखेलनजिकैको एकान्तकुनाको खरी बोट पनि समावेश गरिएको छ । 

शताब्दी वृक्षको संरक्षण

शताब्दी वृक्ष धार्मिक र ऐतिहासिक हिसाबले देशका महìवपूर्ण सम्पदा हुन् । यस्ता सम्पदाको संरक्षण हुन आवश्यक छ । पोखराका चौतारीका पिपल वृक्ष केही हप्ताअघि काटेको समाचारले सबैको ध्यान आकृष्ट गराएको थियो । चौतारीका बर्सौं पुराना वृक्ष ढाल्ने कार्यको सबैले विरोध गर्नु पर्छ । त्यसो त पिपलको वृक्ष सबैभन्दा बढी अक्सिजन उत्सर्जन गर्ने वृक्षका रूपमा रहेको छ । त्यसैले पनि पिपलको वृक्षको उपादेयता झन् बढी छ । त्यस कारण चौतारीमा हुन् वा बगैँचामा वा पार्कमा वा प्राकृतिक जङ्गलमा यस्ता शताब्दी वृक्षको पहिचान गरी यिनीहरूको संरक्षण भएमा देशका धार्मिक, ऐतिहासिक र प्राकृतिक हरियाली सम्पदाको संरक्षण कार्यमा नयाँ आयाम थपिने छ ।