बेल्ट [कथा]
एक बिहेपार्टीमा सशरीर उपस्थित हुनु छ । सोही उपक्रमका लागि चल्दै थियो तीव्र तयारीसमेत । मलाई मात्र १० मिनेट र पत्नीका निम्ति करिब एक घण्टा । मैले आफ्नो पोसाकलाई पूरै पार्टीअनुकूल तुल्याइसकेको छु– सफा र चिरिच्याट्ट । अचेल पार्टीहरूमा देशीविदेशी पोसाकादिका धाकधम्की जम्न थालेका छन् । मानुष निर्जीव र पोसाक सजीव ! अचम्म छैन त ? जे होस् !
अन्तर्मनले ‘देशविदेश’ नियाल्दा
जीवनको आनन्दित र रमणीय क्षण हो– यात्रा । मानिसलाई भिन्न भिन्न ठाउँको भूगोल, वातावरण र परिवेशको पहिचान त यात्राले गराउँछ नै; विशेष गरी यसलाई अन्वेषण, अनुसन्धान र खोजका निमित्त पनि निकै लाभदायक मानिन्छ । एकै ठाउँमा जड भएर बसिरहन नसक्ने मानवीय स्वभाव शाश्वत सत्य पनि हो ।
मेरो एकान्त (कविता)
मेरो एकान्तको साथी प्रिय कोठा ! म कोठासँग वार्ता गर्छु हरेक बिहान, हरेक साँझ
सहिद म (कविता)
म देशको सच्चा सपुत मेरा पुर्खाहरूको साहस देशको ममता खचाखच छ । कायर होइन म
किंवदन्तीमा सूर्यविनायक
लोकोक्तिहरूले हाम्रो सांस्कृतिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेकै छ । यस्ता लोकोक्तिकै आधारमा भक्तपुरको सूर्यविनायक र वरपरका सम्पदालाई प्रसिद्ध ऐतिहासिक धार्मिक धरोहरका रूपमा लिन सकिन्छ । प्रसिद्ध गणेशमध्ये उपत्यकाका चार गणेश सूर्यविनायक, चन्द्रविनायक, अशोकविनायक र जलविनायकलाई लिइँदै आएको पाइन्छ । यी गणेशमध्ये भक्तपुरको दक्षिणतर्फ पर्ने सूर्यविनायक पनि हो । यी गणेशलाई सिद्धिविनायकका रूपमा पुजिन्छ ।
छेकारो काटेर छिम्केश्वरी
आफ्नै विश्वासको सुस्केरालाई समाउँदै बल्ल पुगेको थिएँ प्रकृतिको काखमा । आहा ! कति सुन्दर ! जैविक विविधताले भरिपूर्ण त्यो स्थल । मन शान्त एवं आन्नदित थियो पहिलो चोटि छिम्केश्वरी मन्दिर पुग्दा । हातखुट्टा गलेर लखतरान थिए तर मन प्रकृतिमै झुलुक्क झुल्कियो लामै अन्तरालपछि । निधारबाट तरतरी पसिना बग्दा पनि मन हर्षित छ, आकाश झैँ हृदय फक्रिएको छ ।
पिएसबीसम्मको टेलिभिजनको त्यो यात्रा
२०४२ पुस १४ गतेदेखि नेपाल टेलिभिजनको नियमित प्रसारण सुरु गरिनुअघि नै काठमाडौँका सीमित सम्भ्रान्त परिवारमा टेलिभिजनका सेट भित्रिसकेको थियो । छतमा अग्ला अग्ला डिस एन्टिना राखेर भारतीय दूरदर्शन टेलिभिजन हेर्ने बानी केही सहरिया नेपालीमा प
निर्वाचन हिजो–आज
लिगलिगकोटमा दौडेर राजा हुने राजनीतिक परम्परा रहेको नेपालमा संसदीय निर्वाचनको इतिहास चाहिँ त्यति लामो छैन । २००७ सालको राजनीतिक परिवर्तनपछि २०१५ सालमा भएको आमनिर्वाचन नै संसदीय राजनीतिक प्रणाली अन्तर्गतको पहिलो संसदीय निर्वाचन हो । त्यस हिसाबले निर्वाचनका माध्यमबाट जनप्रतिनिधि चुनिन थालिएको इतिहास नेपालमा जम्माजम्मी ६७
प्रेमिका सप्रेमको देवत्व (कविता)
ऊ केवल प्रेमिका होइन, जीवनको शान्त कुनामा निरन्तर जलिरहेको दीपक हो– जो अँध्यारोलाई हटाउँदैन मात्र,
मनोरम कर्णाली (कविता)
हुम्ला जुम्ला मुगु डोल्पा, तल कालीकोट । सुर्खेत दैलेख रुकुम सल्यान, भित्र जाजरकोट ।।
गजल
खुसी हुँदै हृदयको पाना सजाउँदै छु भरेर शब्दमाला आभा चढाउँदै छु
मन बदलिएपछि [कथा]
हर मुटुलाई छुने, मायाको लहर हुन्छ तैपनि मनले पन्छाए, रित्तो रित्तो बगर हुन्छ ल्यापटपमा अरुण थापाको गीतको अन्तिम हरफ बज्यो ।
नारीकेन्द्रित उपन्यास ‘कुन्ती’
शिक्षक तथा पत्रकार हरिविनोद अधिकारीको नवीनतम औपन्यासिक कृति प्रकाशनमा आएको छ, ‘कुन्ती’ । नेपाली आख्यान विधामा पौराणिक पात्रको नाममा सार्वजनिक ‘कुन्ती’ आत्मालाप शैलीमा लेखिएको छ ।
ॐ भुँडीपुजाय नमः
नेपालमा धेरै खाले आन्दोलन भए लोकतन्त्रका लागि, गणतन्त्रका लागि, सङ्घीयताका लागि, समावेशीकरणका लागि अनि अरू थुप्रै तर भुँडी आन्दोलन अहिलेसम्म भएन किनभने जसले आन्दोलन गर्नु पथ्र्यो, तिनैको भुँडी रित्तो छ, जसले भुँडी भरिसकेको छ, तिनलाई किन आन्दोलन चाहियो ? यहाँ भुँडीको चिन्ता गर्नेलाई भाषण गर्न दिइँदैन अनि भाषण गर्नेलाई भुँडीको चिन्ता हुँदैन । यहाँ भुँडी ठुला हुने
मौसमसँगै फेरिने शैलुङ
शैलुङको यात्रा रोचक र अविस्मरणीय यस कारण पनि हुन्छ कि मौसम अनुसारको वातावरण यहाँ पाइन्छ । हिउँदमा हिउँ अनि हिमालको अनुभव र दृश्यावलोकन गर्ने अवसर शैलुङ यात्रामा प्राप्त हुन्छ । बर्खाको समयमा हरियाली, भुइँकुहिरोको लुकामारी, चौँरीसँगको सामीप्य, चौरमा विभिन्न प्रजातिका फूल तथा अन्य वनस्पतिले शोभायमान बनाएको हुन्छ । गुराँस, चिमाल र चाँप
मध्यपहाडको बिचैबिच साइकलको पछि पछि
सन् २०२५ को अन्तिम दिन अलि रातितिर च्याङथापु पुग्यौँ । भोलिपल्ट (पुस १७) देखि थालिने एकमहिने साइकल यात्राको उत्सुकतासँगै रात बिताइयो । एकमहिने साइकल यात्राका लागि धुलिखेलबाट पुस १४ ग
हराउँदै हरखरा र पराती
पहराती हो राम, जागल रहु रातिभरि गामके रखबाली तोंहे, जिम्मे अछि सारि मिथिला क्षेत्रमा गाइने प्रचलित यो लोकभाकाको धार्मिक तथा सांस्कृतिक महìव छ । खासगरी मङ्सिर महिनामा सुरु भई माघ मसान्तसम्म पहराती भाका गाइन्छ, जसलाई बोलीचालीको भाषामा पराती पनि भनि
माघपर्व थारू बस्तीमा गुन्जिँदै सखिया
माघ लहैली सुरिक सिकार खैली रे हा सखिय हो माघक पिली गुरिगुरी जार ।
प्रेमको आयु
सधैँ झैँ त्यो दिन पनि ५ बजे निद्राबाट आँखा खुले । गृहिणीको जीवनशैली– घरभित्रको पूजापाठ सकेर मर्निङवाकमा गौशालाको ओरालो हुँदै पशुपति मन्दिर पुगेँ । बिहानको समय अन्य दि
आञ्चलिक सुवास–मित्त्यारी
समाजका ‘अग्र्यानिक’ विषयवस्तुहरू विलीन हुँदै छन्, मासिँदै छन् । त्यसलाई देखाउने, प्रकटीकरण गर्ने जिम्मेवारी सर्जकहरूको पनि हो । आजभन्दा एकदुई दशकअघिका रचनामा आ
प्रशासनको खुट्टा हुँदैन !
महोदय, साँच्चै ! प्रशासनको खुट्टा हुँदैन नि !
गजल
सत्ता शक्तिमा हुँदा जो कोही महान् हुन्छ भाग्यमा भए बगरको पत्थर भगवान् हुन्छ
त्यत्तिकै नजाओस् एउटा जुनी
मानव जीवन, जसलाई हामी एउटा जुनी पनि भन्छौँ, वास्तवमा एउटा सीमित समयावधिमा खेलिने चेतनाको नाटक हो । जन्मदेखि मृत्युसम्मको यो यात्रा यति द्रुत गतिमा बित्छ कि हामी
झिल्टुङमा महाकविको खाट खोज्दै झिल्टुङ !
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्धमा चर्चा गर्नुभएको गाउँ हो, झिल्टुङ । त्यसपछि नै नेपाली साहित्यका पाठकले झिल्टुङ सुने, बुझे र जाने ।