म्वःनि नखः नितान्त नेवार संस्कृतिको एक विशेष चाड हो । मूलतः नेवार कृषि तथा व्यापारमा संलग्न रहन रुचाउने समुदाय हो । तसर्थ नेवार समुदायमा कृषि सम्बन्धित चाडपर्वको बाहुल्य पाइन्छन् । क्वातिःपुन्ही, यमह्रीपुन्ही, स्वन्ति, ध्यचाकुसँल्हु, खायुसँल्हु आदि कृषि सम्बन्धित चाडपर्व हुन् । चाडपर्वलाई नेवार समुदाय नखःचख भन्ने गर्छन् । त्यसैमध्येको म्वःनि नखः पनि एउटा हो ।
म्वःनि नखः लाई नेपालको कृषि सम्बन्धित चाड (दी हार्भेस्ट फेस्टिभल अफ नेपाल) भनेर नेवार–नेपाली अङ्ग्रेजी शब्दकोशमा अथ्र्याइएको पनि छ । कृषि उत्पादनका नयाँ फसल प्रयोग गरी चाडपर्व मनाउनु नेवारको विशेषता रहँदै आएको छ । म्वःनि नखः मा पनि यस्तै नयाँ उत्पादन प्रयोग गरी शक्तिको चाडका रूपमा मनाउने गरिन्छ ।
म्वःनि नखः मूलतः प्रत्येक असोज महिनामा मनाइन्छ । असोज कात्तिकको ऋतु साह्रै रमाइलो समय पनि हो । खेत बारीमा लहलह धान झुलिरहेको हुन्छ । मास, केराउ, भटमास आदि गेडागुडी र मकैबाली भिœयाइसकिएका हुन्छन् । म्वःनि नखः कै लागि रोपिएका धान काटेर चिउरा कुट्नु पनि म्वःनिको विशेषता नै हो ।
बडादसैँ र म्वःनि नखः असोज शुक्ल प्रतिपदा (कौलाथ्वं पारु) देखि कोजाग्रत पूर्णिमा (कति पुन्ही) सम्म मनाइन्छ । त्यसमध्ये प्रतिपदाको दिन तथा अष्टमीदेखि दशमीसम्मका दिन म्वःनि नखः का विशेष दिन हुन् ।
म्वःनि नखः वास्तवमा शक्तिको आराधना गर्न मनाइने चाड हो । नेवार शक्तिका उपासक हुन् । उनीहरू बल र शक्तिका प्रतीक अजिमा (देवी) को पूजाआराधना गर्न अग्रसर हुन्छन् । म्वःनिको बेलामा आगं (पूजाकोठा) मा नै अजिमा स्थापना गरी तान्त्रिक विधि अनुसार पूजाआराधना गरिन्छ । अजिमा देवीको प्रतीक कलश, खड्ग, खुँडा आदि स्थापना गरिन्छन् । तान्त्रिक विधि अनुरूप अजिमाको आह्वान गरी म्वःनि सिन्ह (कालो टीका) लगाउँदै आपूmमा सिद्धि प्राप्तिको कामना राखिन्छ ।
म्वःनि नखः को मूल पहिचान नै म्वःनि सिन्हः हो । म्वःनिको शाब्दिक अर्थ हो हाकुसिन्हः (कालो टीका) । म्वःनि सिन्हकै आधारमा यस चाडको नाम ‘म्वःनि’ रहन गएको छ । नेवार समुदायमा तान्त्रिक विधि अनुसार मनाइने कुनै पनि धार्मिक अनुष्ठानमा म्वःनि सिन्ह अनिवार्य मानिन्छ । म्वःनि नखः मा पनि दशमीको दिनमा म्वःनि सिन्हः लगाउनै पर्ने प्रावधान छ ।
हुन त, म्वःनि नखः मा १५ दिन नै महìवपूर्ण छन् । तीमध्ये अति विशेष हुन्– नःला स्वनेगुः (जमरा राख्नु) दिन, कुछिभ्वय्को दिन, स्याक्वत्याक्वको दिन, चालं (चारण) को दिन र नखत्याका दिनहरू ।
नःला स्वनेगुः (जमरा राख्नु) ः कौलाथ्वंः पारु अर्थात् असोज शुक्ल प्रतिपदाको दिनमा नःला स्वनेगुः वा जमरा राख्ने गरिन्छ । माटोको वा तामाको एउटा घडा (कलश) सिँगारेर तान्त्रिक विधिले अजिमा (शक्तिदेवी दुर्गाभवानी) स्थापना गरिने हुँदा घटस्थापना पनि भनिन्छ । नुहाइधुवाइ गरी नदी वा जलाशयबाट पवित्र माटो वा बालुवा घरमा ल्याइन्छ र पूजाकोठामा नयाँ भेगुटमा राखिन्छ । साथै अजिमाको पूजा गरी भिजाएको जौ, मकैका गेडाहरू भेगुटमा रहेको माटोमा छरिन्छ र त्यसमाथि नयाँ भेगुटले नै छोपिन्छ । यस व्रिmयालाई नःला स्वनेगु (जमरा राख्ने) भनिन्छ ।
तान्त्रिक विधि अनुरूप पूजामा सुकुन्दा बालेर धूपदीप गरिन्छ । समयबजी तयार गरेर चढाइन्छ । अजिमाका रूपमा नवदुर्गाको स्त्रोत्रपाठ गरी पूजा गर्ने प्रचलन छ । तान्त्रिक विधि अनुरूप अजिमाको आह्वान गरिने हुँदा म्वःनि आगंंछेँ प्रायः गोप्य राख्ने प्रचलन पनि छ ।
त्यसै दिनदेखि दशमीसम्म हरबिहान विभिन्न नदी, धारा, तालतलैयामा समूह समूहमा मिलेर बाजागाजासहित स्नान गर्न र विभिन्न अजिमाका पीठमा जाने प्रचलन छ । यसलाई नवरथ वा नवरात्रि जाने भनिन्छ । त्यस अवसरमा काठमाडौँमा चामुन्डादेवी (शङ्खमूल), लुतिअजिमा (शोभाभगवती), रुद्रायणी (गोकर्ण), द्वला अजिमा (कालमोचन), पचली भैरव (पचली), इन्द्रायणी (तोखादुवा), बछलादेवी (देउपाटन), वरुणदेवी (टेकुदोभान), तलेजुभवानी (मखन, दोकाधः) र गुह्येश्वरीदेवी (गुह्येश्वरी) आदि शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।
कुछिभ्वय् ः म्वःनिको आठौँ दिन अर्थात् कौलाथ्व अष्टमी एउटा महìवपूर्ण दिन हो । नेवारहरू बिहान आगं छेँ (पूजाकोठा) मा उखुको बोट, अदुवाको बोट आदि नवपत्रिका स्थापना गर्ने गर्छन् अथवा फूलपाती भिœयाइन्छ । म्वःनि नखः मा सप्तमीको दिनमा फूलपाती भिœयाउने प्रचलन देखिन्न तर अचेल कसै कसैले सप्तमीमा पनि फूलपाती भिœयाउँछन् ।
फूलपाती भिœयाएपछि आगंछेँमा भुइफसी (कुभिन्डो) स्थापना गरिन्छ । शक्तिको प्रतीक रक्सीले भरिएको अन्ती वा थ्वँ (जाँड) को घडा पनि स्थापना गर्ने प्रचलन छ । अजिमारूपी कलश (घडा) मा कोखा (रातो सेतो कपडा), समयबजी, हाँस वा कुखुराको अन्डासमेत चढाएर पूजा गरिन्छ । यसैबेला म्वःनि सिन्ह (कालो टीका) बनाउने प्रव्रिmया सुरु हुन्छ, जुन यस चाडको पहिचान हो । यो कालो टीका कुनै रङ वा मोसोबाट त्यत्तिकै बनाइएको हुँदैन । यसको तान्त्रिक विधि र तरिका छन् ।
प्रारम्भमा एउटा माकःचा (माटोबाट निर्मित उत्तानो परी कुव्रmुक्क भएको पेट भागमा खाल्डो परेको बाँदरको आकृतिको भाँडो) मा तेल हालेर कपासको बत्ती बालिन्छ । माकःचा (बाँदर) को अग्लिएका कुम र घुँडामा पाला घोप्ट्याएर अडाइन्छ, जसले गर्दा माकःचामा बत्ती बल्न र ध्वाँसोे जम्न सजिलो हुन्छ । बलेको बत्तीको ध्वाँसोे घोप्ट्याइएको पालामा मजाले जम्न थाल्छ । त्यसरी ध्वाँसो थाप्नुभन्दा अगि माकःचा र पालामा पनि तान्त्रिक विधिले पूजा गरिन्छ ।
बेलुका आगँछेँमा पूजा सकेपछि परिवारका सबै सदस्य मिली भोजको आयोजना हुन्छ । यस भोजलाई ‘कुछिभ्वय’् भनिन्छ । नेपाल भाषाको कुछी भनेको दुई माना हो । पहिले पहिले अन्न आदि वस्तु मानापाथीमा भरेर कारोबार गरिन्थ्यो । दुई मानाको परिमाणलाई एक कुरुवा भनिन्छ । नेवारहरू
कुछी भन्छन् ।
भोजमा प्रत्येक भोजनार्थीकोे अगाडि केराको पात राखिन्छ । पातमा एक कुछी चिउरा, थरी थरीका मासुका परिकार, बुब (केराउ, बोडी), तरकारी, अचार आदि पस्किनु पर्छ । यस भोजमा एक कुछी (कुरुवा) को दरले चिउरा राख्नैपर्ने भएकाले ‘कुछिभ्वय्’ भनिएको मानिन्छ । पहिले यस भोजलाई कुछिभ्वय् भन्नुका कारण अर्कै थियो कि ? सायद आफ्ना कुलका परिवार मात्र बसेर खाइने भोज भएकोले कुलछिभ्वय् भनियो, कालान्तरमा अपभ्रंश भई कुछिभ्वय् हुन गयो र एक कुरुवा (कुछी) चिउरा राख्नैपर्ने परम्परा बस्न गयो ।
स्याक्वत्याक्व ः अर्को महìवपूर्ण दिन स्याक्वत्याक्व हो । नवमीको दिन बिहान आगंछेँमा हाँस, कुखुरा वा बोकाको बलि दिने गरिन्छ । नभए हाँस वा कुखुराको अन्डाको भए पनि बलि दिइन्छ । बौद्धमार्गी नेवारले प्रत्यक्ष बलि दिने गर्दैनन् तर प्रतीकका रूपमा कुनै निर्जीवको बलि चढाउँछन् । नेवार समुदायको धारणा अनुसार म्वःनिको बेला प्रत्येक देवदेवीको मूर्तिमा साक्षात् देवदेवी विराजमान हुने हुँदा यस दिन पशु बलि दिनु शुभकर्म मानिन्छ । बलि चढाइएको पशुपन्छीले मुक्ति पाउँछन् भन्ने धारणा पाइन्छ ।
यस दिन अजिमा (भवानी), गणेश, भीमसेन, भैैरव, विश्वकर्मा आदि देवदेवीका साथै ज्यावल, औजार,
सवारीसाधनमा समेत पशुपन्छी बलि दिएर पूजा गर्ने प्रचलन छ । शक्तिपीठमा पनि बलि पूजा हुन्छ । यस दिन अत्यधिक बलि पूजा हुने हुँदा स्याक्वत्याक्व भनिन्छ ।
बिहान आगंछेँमा र शक्तिपीठमा बलि दिइएका पशुपन्छीको मासुसमेतको समयबजी तयार गरेर प्रसादी ग्रहण गरिन्छ । बेलुकी स्याक्वत्याक्वको भव्य भोजमा बलि दिइएको पशुपन्छीको टाउकोको सिकाभू गरिन्छ । त्यस अवसरमा सी (बलि दिइएको पशुको टाउकोको सगुन) लिने गरिन्छ । हाँस, कुखुरा जस्ता पन्छीको बलि भए थकालीलाई टाउकोको ‘सी’ प्रदान गर्नु पर्छ । सिकाभूका लागि पशु अर्थात् बोका, भेडा, राँगो बलि दिइएमा टाउकोको मासु पकाएर आठ भागमा विभाजन गरिन्छ । बलिको दाहिने आँखा सबभन्दा ठुलो सी मानिन्छ, जुन घरमुली वा थकालीलाई प्रदान गरिन्छ । त्यसपछि बायाँ आँखा, दाहिने कान, बायाँ कान, जिब्रो, नाक आदि ‘सी’ जेष्ठताका आधारमा व्रmमशः दिने परम्परा छ ।
चालं (चारण)ः विजयादशमीको दिनलाई नेवारहरू ‘चालं’ भन्छन् । यो म्वःनिको अति महìवपूर्ण दिन हो । यस दिन आगंछेँमा तान्त्रिक पद्धति अनुसार पूजा गरिन्छ । घरपरिवारको मात्र सहभागी रहने यस पूजामा परिवारको ज्येष्ठ सदस्य अर्थात् थकालीको विशेष भूमिका रहन्छ ।
त्यस दिन थकालीले आगंंछेँमा म्वःनि द्य (दुर्गाभवानी) को पूजा गरी त्यहाँ स्थापित कलश र अन्ती झिकेर नकीं (घरकी माउ) को हातमा थमाइन्छ । त्यसपछि कुछिभ्वय्को दिनमा स्थापित भुइफसस् (कुभिन्डो) लाई सर्वप्रथम थकालीले खड्ग वा खुकुरीले मार हानेर काट्नु पर्छ । अनि जेष्ठताका आधारमा पुरुष सदस्यले पालैपालो त्यही कुभिन्डो काट्छन् । यसरी काट्नु भनेको नराम्रो स्वभाव, असत्य, अन्याय, अत्याचारको नाश गरिएको भन्ने बुझिन्छ । अतः यस व्रिmयालाई असत्यमाथि सत्यको विजय मान्दै चालं (चारण) भनिएको हो ।
त्यसपछि म्वःनि थापिएको पाला झिकेर कति र कस्तो भयो हेरिन्छ । नःला स्वाँ (जमरा) आवश्यकता अनुसार काटिन्छ । कोखा (रातो सेतो कपडा), फलपूmल, पूmल तथा समयबजी, अन्डा, मासु आदि झिकेर प्रसादी तयार गरिन्छ । परिवारका सबै सदस्यलाई व्रmमानुसार थकाली (मुली) ले म्वःनि सिन्हः (कालो टीका), रातो टीका (दहीमा मुछिएको अबिर, लाभा र चामलको टीका), कोखा र पहेँलो नःला स्वाँ (जमरा) लगाइदिँदै सुख, शान्ति र दीर्घायुको आशिष् दिने गरिन्छ ।
सोही साँझ विभिन्न शक्तिपीठमा चालं वा पायाः (खड्ग जात्रा) निकाल्ने परम्परा छ । चालंले सत्यको विजय र असत्यको पराजयको प्रतीकका रूपमा लिइन्छ ।
त्यसै दिनदेखि नखत्याः बोलाउने व्रmम सुरु हुन्छ । घरपरिवारले म्वःनिको टीका ग्रहण गरेपछि छोरीबेटी नातागोता, आफन्तलाई नखत्या (भोज बोलाउने) को परम्परा छ । यो व्रmम कतिपुन्ही (कोजाग्रत पूर्णिमा) सम्म चल्छ । सो दिन म्वःनिको समाप्तिका लागि आगंछेँमा पूजा गरी जमरा आदि पन्छ्याएर सरसफाइ गर्दा निस्किएका अवशेष बटुलेर पिखालुखामा बिसर्जन गरिएपछि म्वःनि नखः सम्पन्न हुन्छ ।
परापूर्वकालदेखि मनाउँदै आएको नेवार संस्कृति म्वःनि नखः लाई हाल बडादसैँको पर्यायवाची मान्न थालेका छौँ । बडादसैँलाई हामी राष्ट्रिय चाड मान्दछौँ । म्वःनि नखः पनि यसैमा समाहित छ । तैपनि बडादसैँको आफ्नै मान्यता, परम्परा र औचित्य छ भने म्वःनि नखःको पनि आफ्नै मौलिक मान्यता छ । दुवैले असत्यमाथि सत्यको विजय, मानव कल्याण, सद्भावना, विश्वबन्धुत्व र परिवार मिलन जस्ता समान उद्देश्य अङ्गीकार गर्दै आएका छन् । यसैले बडादसैँ र म्वःनि नखःलाई सोही अनुरूप बुझ्नु आवश्यक देखिन्छ ।