• ११ असोज २०८२, शनिबार

झुला टुट्दा यात्रु अड्किए, सेनाद्वारा उद्धार

blog

राजदेवी मन्दिर परिसरमा रहेको टुटेको झुला । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, असोज १० गते । जनकपुरधामस्थित राजदेवी मन्दिरमा राखिएको झुला टुटेपछि यात्रुहरू अड्किएका छन्। विजया दशमीको अवसरमा मन्दिर परिसरमा मनोरञ्जनका लागि राखिएको झुला शुक्रबार राति करिब साढे ८ बजे अचानक बिग्रँदा झुलामा सवार यात्रुहरू झुलामाथि नै फसेका थिए।

घटनापछि उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सेनाले तत्काल घटनास्थल पुगेर यात्रुहरूलाई सुरक्षित रूपमा तल झारेर उद्धार गरेको जनाइएको छ।

घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन। मेला आयोजक समिति पदाधिकारीहरूसँग सम्पर्क हुन नसकेको कारण थप जानकारी आउन बाँकी रहेको छ। उक्त झुलामा एक पटकमा ६० जना बढी सवार हुन सक्छन् । मेलाका कारण झुला भरिभराउ थियो ।