• १७ वैशाख २०८३, बिहिबार

चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न आईजीपी अर्यालको निर्देशन

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल । फाइल तस्बिर

काठमाडौँ, असोज १० गते। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ। 

हिन्दुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उहाँले सो निर्देशन दिनुभएको हो।

प्रहरी महानिरीक्षक अर्यालले  जेन–जी आन्दोनलमा ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धान्जली अर्पण गर्नुभयो। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै उहाँले आगामी फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत एकाईलाई निर्देशन दिनुभयो। 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिनुभएको हो। 

भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकोले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने हुनाले राजश्व चुहावट नियन्त्रणको लागि थप सक्रियता बढाउन समेत उहाँले निर्देशन दिननुभएको सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिनुभयो।