• ११ असोज २०८२, शनिबार

दसैँका चिल

blog

खुसीका रङ्गीन चङ्गा उड्ने आकाशमा 

हिजोआज चिल मात्र उडिरहेका छन्

ए चिल ! बादलपारि

बाध्यताको लिङ्गेपिङ मच्चाइरहेका

बसन्तेहरूलाई पु¥याइदे है यो सन्देश !

दसैँँको आकाश शून्य छन् । 

आकाश मात्र होइन,

धरती पनि मलिन छ

जमरा उम्रन अन्कनाउँछ ।

आमाले हातका रेखा मेटिने गरी

लिपेको लिउन,

उनकै मनका घाउमा पाप्रा बनेको छ ।

ए, चिल झट्टै पु¥याइदे है यो सन्देश !

कमेरोले घर उज्यालो पार्न छाडेको छ । 

भौँतारिएका छन्, अक्षता पनि 

निधारको खोजीमा ।

आशीर्वादको पोको

गुम्सिएका छन् पोल्टोमा ।

लङ्गुरबुर्जाको गट्टी जस्तै 

कोल्टिएको छ ।

आजकाल दसैँँ

एक्लिएको छ ।

ए, चिल तँ यो सन्देश लिएर जा ।

फर्कंदा बसन्तेहरू लिएर आ ।