दसैँको बेला नेपालीका घर घरमा नयाँ खरिदको माहोल बन्ने गर्छ । यस बेला नयाँ सवारी, खाद्यान्न, कपडा, सजावटका सामानलगायत नयाँ सामग्री खरिदको चलन जस्तै छ । व्यवसायीले पनि चाडपर्वमा नयाँ नयाँ अफर ल्याउने भएकाले बजारमा दसैँ किनमेल अन्य समयभन्दा बढी नै हुन्छ ।
सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलक्षित खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान छुुटमा बिव्रmीका लागि राखिएका हुन्छन् । विशेष गरी देशका प्रमुख सहरमा दसैँ किनमेलको चलहलपहल देखिन्छ । काठमाडौँको नयाँ सडक, ललितपुरको मङ्गलबजार, बालाजु, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायत स्थानमा त दसैँको रौनक अझै व्यापक छ । बसपार्कतिर दसैँमा घर जानेको भिडभाड छ । त्यता पनि घुमुवा व्यापारीको चहलपहल देखिन्छ । दसैँ हुनेखानेको मात्रै नभएर हुँदाखानेको पनि पर्व भएकाले सबै वर्गका उपभोक्ता बजारमा किनमेल गर्न आउँछन् । त्यसैले पनि बढी भिडभाड हुन्छ । सोमबारदेखि सुरु भएको दसैँका लागि नुनदेखि सुनसम्मका सामान किनमेल गर्न बजारमा चहलपहल अझै बढेको छ । वर्षभरिको आम्दानी हुने मुख्य समय दसैँ, तिहार जस्ता चाडपर्व भएकाले व्यापारीले पनि उपभोक्ता आकर्षित गर्ने खालका सामान ल्याउँछन् ।
स्याङ्जाका कमल अधिकारीले दसैँमा बिव्रmी गर्ने गरी १५ लाखको सामान ल्याउनुभएको छ । अधिकारीको अनुभवमा यस पटक दसैँमा पहिले जस्तो व्यापार छैन । व्यापार कम हुनुमा एकातिर उपभोक्ताको व्रmयशक्ति घटेको छ भने अर्कातिर व्यापारीको सङ्ख्या र अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।
न्युरोड, मखनगल्लीका व्यापारी सन्तोष कार्कीका अनुसार व्यापारीले कमाउने भनेको नै दसैँतिहारको बेलामा हो । अन्य बेलाको व्यापारले भाडा तिर्न पनि हम्मे हम्मे पर्छ । यो बेलामा त नयाँ नयाँ आइडिया लगाएर जतिसक्दो धेरै सामान बिव्रmी गर्नु पर्छ । अचेल व्यापार गर्न पहिले जस्तो सहज नभएको अनुभव उहाँको छ । उहाँ भन्नुहुन्छ, “पहिले सीमित व्यापारी थियौँ, प्रतिस्पर्धा असाध्यै थोरै थियो । अहिले त उपभोक्ता पनि धेरै बाठा छन्, कम्तीमा चार÷पाँच ठाउँमा नबुझीकन सामान किन्दैनन्, प्रतिस्पर्धा पनि बढी छ । त्यसैले व्यापार गर्न गाह्रो भइसक्यो ।”
महँगो बजार
उपभोक्ताले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरेका छन् । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ताचप्पल, कपडालगायतका सामानको मूल्यवृद्धि हुँदा उपभोक्ता महँगीको मारमा परेका छन् । असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका मुख्य बजारमा दसैँका लागि किनमेल गर्न आएका सर्वसाधारणले सोचेभन्दा बजार महँगो रहेको प्रतिव्रिmया दिए । काठमाडौँ इन्द्रचोकको कपडा पसलमा भेटिएकी रीता सिग्देल भन्नुहुन्छ, “कपडाको मूल्य सुनेपछि किन्ने आँट नभएर रित्तै फर्किन लागेको । नराम्रोमा आँखा जाँदैन, अलि हेर्न हुने जस्तो किन्न खोजेको मूल्य छोइनसक्नु छ ।”
यता व्यापारीका पनि आफ्नै गुनासा छन् । हरेक पटक नयाँ सामान आउँदा भाउ बढेर आउने गरेको दाबी उनीहरूको छ । गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेको दाबी व्यापारीको छ । रञ्जनागल्लीका मधुसूदन बस्नेतको अनुभवमा हरेक पटक नयाँ सामान ल्याउँदा बढेकै हुन्छ । घटेको अनुभव छैन । पटकैपिच्छे सामानको मूल्य बढेर आउँदा आफूहरूलाई व्यापारमा टिक्न गाह्रो भएको पीडा उहाँको छ ।
छुटमा ओइरो
ती पसलमा दिइने छुट र उपहारका अनेकौँ ‘अफर’ ले सामान खरिद गर्नेमा अझै उत्साह थपेको छ । उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जनागल्ली, असन, भृकुटीमण्डप, भोटाहिटी, वल्र्ड टे«ड सेन्टर, विशालबजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेको भिड देखिन्छ । सिभिल मल, युनाइटेड वल्र्ड टे«ेड र सिटी सेन्टरले विविध उपहारले ग्राहक आफूतिर तानिरहेका छन् । यो समयमा यी बजारमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी बताउँछन् ।
चाडपर्वमा दिइने छुटले ग्राहक झन् ठगीमा पर्ने गरेको व्यापारिक मलमा कार्यरत कर्मचारी बताउँछन् । उनीहरू सकेसम्म छुट भनेका ठाउँमा सामान खरिद नगर्नसमेत सल्लाह दिन्छन् । असन चोकको कुर्था, टप्स, साडी पसलमा काम गर्ने एक कर्मचारीका अनुसार दसैँअगाडि दुई÷तीन हजारमा बिव्रmी गर्दै आएको साडी हाल प्रतिपिस थप एक हजार मूल्य बढाएर तीन हजार तीन सय रुपियाँ पुु¥याई प्रतिपिस २० प्रतिशत छुट भनिएको छ । यो मात्रै होइन; अन्य साडी, कुर्था सेट, टप्स र वानपिसको मूल्य पनि यसै गरी बढाएर अहिले केही छुट गरिएको छ । कालीमाटी रोडमा जुत्ताचप्पल पसलमा काम गर्ने विनोद न्यौपाने सकेसम्म सेल भनेर बिव्रmीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “सेल भनेका ठाउँमा धेरै ठुलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनुु पर्छ, कि गुुणस्तरमा समस्या हुन्छ कि त मूल्यमा गडबड ।” भृकुुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुुट मेलामा छोराछोरीसहित जुत्ता किन्न आएका दिनेश थापा जुत्तै नकिनीकन निराश भएर निस्कनुुभएको भेटियो । उहाँ भन्नुहुन्छ, “जुत्ता मेलामा केको छु्ुट हुनुु, छुटका नाममा लुुट रहेछ । न राम्रा छन्, न त सस्तो । बजारमा सजिलै एक हजार रुपियाँमा पाइने जुुत्ता यहाँ दुुई हजार रुपियाँ तोकेर ३० प्रतिशत छुुट भनेर झुुक्याइएको छ ।”
उपभोक्ता अधिकारकर्मीले चाडपर्वका बेलामा बजारमा छुुट र सेलका नाममा लुुट मच्चाउँदासमेत सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाएका छन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना चाडपर्वका बेलामा यो पटक मात्रै होइन, हरेक वर्ष सेल र छुुटका नाममा साना पसलदेखि ठुला महलसम्मका व्यापारीले उपभोक्तामा भ्रम उत्पन्न गरी ठुलो परिमाणमा ठगी गर्ने गरेको बताउनुहुन्छ ।
सरकारका नियमनकारी निकायले मूल्य र गुुणस्तरको अनुुगमन गर्न नसक्दाको परिणाम यस्तो भएको तिमिल्सेनाको भनाइ छ । अनुुगमनका नाममा सानो लगानीका पसल अनुुगमन गरेर उपभोक्तालाई झुक्याउने काम मात्रै भएको आरोप उहाँको छ । नियमनकारी निकायको अकर्मण्यता र कमजोरीको फाइदा व्यापारीले उठाउँदै आएको आरोप उहाँको छ । तिमिल्सेना भन्नुुहुन्छ, “सेलका नाममा उपभोक्ता तीन किसिमबाट ठगिएका हुन सक्छन् । पहिलो, स्टक क्लियरेन्स भन्नेबित्तिकै गुुणस्तरमा समस्या हुन्छ । दोस्रो, मूल्यमा मनपरी र तेस्रोमा उपभोक्ता नयाँ ब्रान्ड खोज्ने अधिकारबाट वञ्चित हुन्छन् ।”
सेल र छुटका नाममा नेपाली उपभोक्ता ठुलो ठगीमा परेका छन् तर सरकारको चाडपर्वलक्षित अनुुगमनको त्यस क्षेत्रतर्फ ध्यान जान सकेको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवाली विभागको नेतृत्वमा दैनिक छ वटा टोलीले औसत ३०÷३२ वटा व्यवसायी फर्मको अनुगमन गरिरहेको तर सेल र छुट गरेका पसलमा अहिलेसम्म अनुुगमन नभएको स्वीकार गर्नुहुन्छ ।
उहाँका अनुसार चाडपर्वका बजारमा उपभोक्तालाई आकर्षण गर्न खाद्यवस्तुुदेखि लत्ताकपडा, जुत्तासम्मका सामान छुट र सेल भनेर बिव्रmी गर्ने गरिएको छ तर यस विषयमा अहिलेसम्म विभागको अनुगमन टोलीले मूल्य र गुुणस्तरबारे बुझ्ने काम गरेको छैन । महानिर्देशक ज्ञवालीले ती पसलमा व्यापारीले के आधारमा छुट दिएका भन्ने विषयमा मूल्य र गुणस्तर दुवैको अनुगमन गर्न सकिने बताउनुुहुन्छ । सेल र छुुटका नाममा कसैले बिलबीजक दिन आनाकानी गर्ने, फिक्स भनेर साटफेर नगरिदिएमा सिधै विभागको टोल फ्री नम्बर ११३७ मा फोन गरेर गुुनासो टिपाउन सकिने महानिर्देशक ज्ञवाली बताउनुहुन्छ ।
उपभोक्तालाई सरकारी छुट
सरकारले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत देशका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । ती पसलबाट खाद्यवस्तु (दाल, चामल, चिनी नुन, आँटा, चिउरा, तेललगायत) मा प्रतिकेजी÷प्रतिलिटर दुई रुपियाँदेखि १० रुपियाँसम्म छुटको व्यवस्था गरिएको छ । त्यसैले ती पसलमा उपभोक्ताको राम्रै आकर्षण देखिन्छ । खाद्य कम्पनीले कर्णालीका रैथाने बाली तितेफापर, सिमी, कागुनो, चिनोलगायत खाद्य पनि प्रतिकेजी १० रुपियाँ छुटमा बिव्रmी गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश आचार्यले नेपालका ठुला चाडपर्व नजिकिएसँगै खाद्य कम्पनीका बिव्रmीस्थलमा खाद्यान्न किन्नेको भिड बढेको र दैनिक एक करोड रुपियाँभन्दा बढीको कारोबार भइरहेको बताउनुहुन्छ । सार्वजनिक बिदामा समेत खुला गरिएको हुँदा अझै धेरै कारोबार हुने गरेको उहाँको भनाइ छ ।
साल्ट टे«डिङ कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीका अनुसार कर्पोरेसनको बिव्रmी स्थलमा नुन र चिनी किन्नेको भिड हुने गरेको र दैनिक औसतमा झन्डै ५० लाख रुपियाँ बराबरको कारोबार भएको छ । ती कम्पनीबाट सहुलियत मूल्यमा खाद्यवस्तु बिव्रmी गरे बराबरको रकम सरकारले शोधभर्ना गर्दै आएको छ ।