प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका लागि तोकेका नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहल गर्न श्रम सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त विषयको समाधानका लागि पहल गर्न निर्देशन दिनुभएको हो ।
मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ १० सर्त अगाडि सारेको छ । मलेसियाले नेपालसहित श्रमिक स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि त्यस्तो सर्त ल्याएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआइडी प्रणालीमा जोडिएको हो ।
दैनिक उपभोग्य तरकारीको पछिल्लो दुई सातामा न्यूनतम ११ देखि बढीमा १२४ प्रतिशतसम्म बढेको छ । तरकारीको सर्वसाधारण उपभोक्ता यसको प्रत्यक्ष मारमा परेका छन् ।
कुलेश्वर मन्दिरछेउमा तरकारी बिव्रmी गर्ने बिनु थापालाई दसैँ आउँदा निराशा थपेको छ । बिहानबेलुकी तरकारी बेचेर हुने कमाइले आफू र दुई साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा, को
दसैँको बेला नेपालीका घर घरमा नयाँ खरिदको माहोल बन्ने गर्छ । यस बेला नयाँ सवारी, खाद्यान्न, कपडा, सजावटका सामानलगायत नयाँ सामग्री खरिदको चलन जस्तै छ । व्यवसायीले पनि चाडपर्वमा नयाँ नयाँ
गत भदौको तेस्रो साता चलेको जेनजी आन्दोलनपछि कतिपय देशले नेपालीलाई भिसा दिन रोकेको भन्ने विषयमा सरकारले कूटनीतिक माध्यमबाट बुझ्न थालेको छ । केही मध्यपूर्वी देशले नेपालीलाई भिसामा कडाइ गरे वा नगरेको विषयमा परराष्ट्र मन्त्रालयले बुझ्न थालेको हो ।
कीर्तिपुरको मच्छेगाउँ घर भएकी सबिता खड्का श्रीमान्सहित दसैँलाई चाहिने खाद्यान्न किनमेलका लागि थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत मूल्य पसलमा पुग्नुभयो । ग्राहकको निकै भिड भएकाले सामान लिन र पैसा तिर्न लाइन बस्नु परेको अनुभव उहाँको छ ।
चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो ।
जेनजीको आन्दोलन र निषेधाज्ञा र कफ्र्युका कारण काम र दाम दुवै गुमाएका सर्वसाधारण उपभोक्ता दसैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु तेल र दाललगायतको मूल्य बढेर उपभोक्ता झनै महँगीको मारमा परेका हुन् ।
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । आर्थिक वर्ष २०८१/८२ मा युरोपमा ७६ हजारभन्दा बढी युवा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा त्यो सङ्ख्याले युरोपका लागि श्रम स्वीकृति लिएर गएका छन् ।
गोरखापत्र प्रकाशनको ग्राहक योजनाको इतिहास हेर्दा त्यति सुखद देखिँदैन ।
सरकारले साउदी अरबमा कार्यरत नेपालीको २४ घन्टे बिमा हुने गरी श्रम समझदारीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच श्रम समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने जनाइएको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने महिला बर्सेनि बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ देखि वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दै गएको हो । विभागका अनुसार आव २०८०/८१ मा ८० हजार १७२ र आव २०८१/८२ मा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर ४० रुपियाँसम्म वृद्धि भएको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर २५ देखि ४० रुपियाँसम्म बढेको छ । गत फागुनमा प्रतिलिटर ३७० रुपियाँमा बिक्री भएको भुटेको तोरीको तेलको मूल्य अहिले प्रतिलिटर ४१० रुपियाँ पुगेको छ ।