अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठूलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षण अवधारणाका नाममा मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठूलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको छ । ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । बरु अवैध बाटो हुँदै त्यहाँ पुगेका महिला असुरक्षित हुने क्रम बढेको छ ।
फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेबु्रअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।
स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक औसत दुई हजार दुई सय युवा रोजगारीको खोजीमा श्रमस्वीकृति लिएरै विदेशिन्छन् । अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत जानेको सङ्ख्या श्रमस्वीकृति लिएर जानेकै हारहारीमा छ । तर देशभित्रको विकास निर्माणका लागि भने जनशक्ति अभाव हुँदा विदेशी कामदारले भरथेग गर्नुपर्ने अवस्था बढ्दै गएको देखिएको छ ।
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।
सरकारले आउँदो चैत १ गतेदेखि वैदेशिक रोजगारीमा जाने वा गएका युवालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकलाई योजनामा आबद्ध गराउने तयारी गरेको हो ।
बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो ।
प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै पर्नुपर्ने अवस्था आएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)का लागि हरेक वर्ष साढे दुई लाखभन्दा बढी गुलाफ फूलको कारोबार हुने गरेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने गरी संशोधित निर्देशिकाको मस्यौदा तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको चौतर्फी आलोचनापछि श्रम मन्त्रालयले आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्ने गरी निर्देशिका संशोधनका लागि मस्यौदा बनाएर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो ।
भारतबाट आयात भएको तरकारीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । पछिल्ला केही दिनयता भारतबाट तरकारी आयात हुने क्रम बढेपछि नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार र मूल्य पाउन नसकेको हो । भारतबाट आयातित तरकारीले गर्दा नेपालमा उत्पादित तरकारीले मूल्य नपाएको भन्दै शुक्रबार चितवनका किसानले सडकमा तरकारी फ्याँकेर साङ्केतिक विरोध गरे । नेपालमा उत्पादन भएको तरकारीको तुलनामा भारतबाट भित्रिएको तरकारी सस्तो छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले बजारमा भारतीय आलुको मूल्य थोकमा प्रतिकेजी १९ देखि २३ रुपियाँ छ भने नेपाली आलुको मूल्य २५ देखि ३० रुपियाँसम्म छ ।
नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुग्ने भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुख स्रोत देश भएकाले नयाँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ ।
पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपियाँ र मैदा प्रतिकेजी २० रुपियाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपियाँसम्म बढेको छ ।
कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश जानुभएकाले उहाँको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपियाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपियाँ प्राप्त ग-यो ।
चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्नुहुन्छ । उहाँका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ
पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको जनाइएको छ। दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोस्टर (योग्य श्रमिक सूची)मा रहेका नेपालीको माग तीन गुणाले बढेको हो। दक्षिण कोरियाले नेपालसहितका विभिन्न १६ देशबाट ईपीएसमार्फत श्रमिक आपूर्ति गर्दै आएको छ।