प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”
मुलुकका बेरोजगार युवालाई रोजगारी प्रदान गर्न भन्दै सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुुने बेरोजगार युुवाको सङ्ख्या बढ्दै जाने तर रोजगारी सिर्जना गर्ने बजे
सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो ।
सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ। २०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध गराउन थालिएकोमा हालसम्म कोषमा आबद्ध हुनेको झन्डै आधा सङ्ख्या पुग्न लागेको छ। सरकारले २०७५ मङ्सिर ११ गते सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आबद्धता थालेको हो।
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म तीन लाख बढी श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । चार महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ गतेदेखि भदौ ५ गतेसम्मको हो ।
भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।
सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्या हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने धेरै रहेका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई आबद्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार औपचारिक रूपमा शुभारम्भ गरेसँगै अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषमा आबद्ध हुन बाटो खुलेको हो।
सरकारले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिने आर्थिक सहायताबापतको रकम १० लाख रुपियाँ पु-याउने विषयमा टुङ्गो लागेको छैन । वैदेशिक रोजगार बोर्डको पछिल्लो बैठकले हाल वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायताबापत पाउँदै आएको रकम कम भएकाले बढाउने विषय छलफलकै चरणमा छ, अहिलेसम्म टुङ्गिएको छैन ।
श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको धेरै पटकको बैठकमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबिच सहमति हुन नसकेपछि मध्यमार्गीको भूमिकामा रहेको सरकारले अन्तिम निर्णय लिने तयारी गरेको हो ।
सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो । सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।
सरकारले बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने नीति लिएको करिब पाँच वर्ष भयो । तत्कालीन श्रम, रोजागार सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वदेशमा काम नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्दै वैदेशिक रोजगारीलाई स्वैच्छिक बनाइने घोषणा गर्नुभएको थियो तर पछिल्ला वर्षमा स्वदेशमा बाँच्ने आधार नभएर बिदेसिनेको सङ्ख्या ठुलो छ । यस्तैमध्येका हुुनुहुन्छ– पर्वत लुुङ्खुुदेउरालीका मनोज अधिकारी । उहाँ गत भदौमा रोजगारीका लागि मलेसिया हानिनुभयो । काठमाडौँको बा
डेढ महिनाअगाडि असार ३ गते गोलभेँडा उत्पादन किसानले गोलभेँडा प्रतिकेजीको सात/आठ रुपियाँ पनि नपाएर कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरे । हुन पनि गोलभेँडा प्रतिकेजी उत्पादन गर्दाको लागत ३५ रुपियाँ भन्दा बढी पर्छ । उपत्यकाका उत्पादक किसानले सबैभन्दा ठुलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि सडकमा फ्याँकेर विरोध गरेका थिए तर अहिले भने गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ । त्यस समय कालीमाटी बजारमा गोलभेँडाको मूल्य सात/आठ रुपियाँ मात्रै थियो । अहिले त्यही बजारमा गोलभेँडाको न्यूनतम मूल्य ११५ रुपियाँ र अधिकतम मूल्य १८० रुपियाँ पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।
पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् ।