मगमगाउँदा फुलैफूलको बहार बनोस् बडादसैँ
दुर्भावमाथि सदाचारको सवार बनोस् बडादसैँ
माता दुर्गाको आशीर्वचन सबैको शिरमा परोस्
सद्भाव, मिलन र एकताको उद्गार बनोस् बडादसैँ
अक्षता र जमराले उल्लास छरोस् गाउँटोलमा
चचहुइ र चङ्गा चेटले गुलजार बनोस् बडादसैँ
च्यातिएका गुन्युचोली खुइलिएको इस्टकोटमा
एक आङ नयाँ न्यानो फेरफार बनोस् बडादसैँ
बुद्धको यो आँगनीमा रक्तनदी बग्न छाडोस्
‘हिंसारहित सादा शान्त’ प्रचार बनोस् बडादसैँ ।