• १३ असोज २०८२, सोमबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

शेरबहादुर राई 

काठमाडौं, असोज १३ गते । ओखलढुंगामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको बा ५ ख ८२२९ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मानेभन्ज्याङ गाउँपालिका–४ केतुकेमा दुर्घटना भएको हो । 

दुर्घटनामा चालक सिद्धिचरण नगरपालिका ११ रमाइडाँडाका २१ वर्षीय विनोद कटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिद्धिचरण–१० का २१ वर्षीय कुमार बिश्वकर्मा घाइते भएका थिए । दुवैजनाको उद्धार गरी ओखलढुंगा सामुदायिक अस्पतालमा लगिएकोमा कटवाललाई अस्पतालले मृत घोषणा गरेको हो । 

बस र बस चालक सिद्विचरण न.पा.–१० का २९ वर्षीयको रमेश धमलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अर्का घाइते विकको उपचार भइरहेको छ ।