• १३ असोज २०८२, सोमबार

काठमाडौंको भीमसेन स्थानमा भीषण आगलागी

blog

भीमसेन स्थानमा भएको आगलागी ।

काठमाडौं, असोज १३ गते । काठमाडौं महानगरपालिका भीमसेनस्थानमा भीषण आगलागी भएको छ । सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चारवटा घर जलेको जानकारी प्रहरीले दिएको छ । 

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणका अनुसार, आगलागी भएको स्थानमा नेपाल प्रहरीको समन्वयमा आठ-नौवटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ । 

प्रहरीका अनुसार, घटनामा मानवीय क्षति भएको जानकारी आएको छैन र के कति घरमा कति नोक्सान भयो भन्ने विवरण पनि प्राप्त भएको छैन । आगलागीको क्षेउमा मन्दिर पनि रहेको छ । अहिले सबैको ध्यान आगो नियन्त्रणमै केन्द्रित छ ।