• १३ असोज २०८२, सोमबार

छ घण्टापछि तुइनखोलाको पहिरो खुल्यो

blog

सोमबार मध्यान्ह खसेको पहिरो हटाएपछि खुलेको सडक । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज १३ गते । छ घण्टापछि तुइनखोलाको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे खुलाइएको थियो । 

सार्वजनिक विदा भएको दिन सोमबार यात्रुको चाप धेरै भएको थियो । मध्यान्हबाटै मुख्य राजमार्गअवरुद्ध भएपछि सडकमा थामनिसक्नुको भिड भएको थियो । पहिरो पन्छाएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।