• २८ असोज २०८२, मङ्गलबार

हिमालको काखमा झिँ गाउँ

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,असोज २८ गते। धौलागिरी हिमालको काखमा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँ। जनजातीको बसोबास रहेको यो गाउँ पर्यटकीय स्थल टोड्केको फेदीमा र धौलागिरी सेञ्चुरी पदमार्गको प्रवेशद्धारका रुपमा रहेको छ। 

यहाँका प्रयाजसो घरहरु ढुङ्गाले बनेका छन्। हिमालको काख,न्यायो स्वागत,अर्गानिक खाना, र मौलिकताले  पर्यटक लोभ्याउने गर्दछ। 

यहाँ आउने पर्यटकका लागि स्थानीयहरुले होमस्टे(घरबास) सञ्चालन गरेका छन्। झिँ गाउँमा मगर समुदायको मौलिक कला र संस्कृति अझै जिवित छ।