• २९ चैत २०८१, शुक्रबार

गीत

blog

निर्मम प्रश्नहरूले घेरिएको छ जिन्दगी

निरुत्तर बनाउने षड्यन्त्रमा फसेको छ जिन्दगी

जिन्दगीको अनिश्चित यात्रामा छु, 

म त्यसको भारी हो कि भरिया हुँ बुझ्न खोज्दै छु

जिन्दगी हल नभएको प्रश्न हो कि 

नटुङ्गिने परीक्षा हो, जान्न खोज्दै छु 

जिन्दगी मेरो जाँच हो कि जाँचकी हो ? 

छुट्याउन सकेको छैन 

जिन्दगी भुलहरूको प्रयोगशाला हो कि 

तिनले दिने यातना हो 

सम्झाउन सकेको छैन

घरी घरी जिन्दगीले औँला ठड्याउँछ मलाई

जिन्दगी कतै अतृप्त इच्छाहरूको वधशाला हो कि 

बुझ्न सकेको छैन

यो जिन्दगीलाई के भनुँ

जति हिँड्यो त्यति टाढा 

नपुगिने गन्तव्य हो कि जिन्दगी

जहाँ टेक्यो त्यहीँ भासिने 

भास रहेछ कि जिन्दगी