गन्तव्य दोलखा
गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भन्दा अत्युक्ति नहोला । जताततै डाँडाहरूमा वर्षापछि उम्रेका विभिन्न प्रजातिका वनस्पति तथा रुखबिरुवाहरू, पाखाभरि लहलहाउँदो कोदाका बालाहरू, तल बेँसीमा पहेँलपुर भएको धानका बालाहरू अनि अविरल तामाकोशीमा बगिरहेको कञ्चन निलो पानी र त्यसमाथि विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजहरूले चित्त प्रसन्न हुन्छ ।
लोकसाहित्यको सङ्ग्रहणीय कृति
काली–कर्णाली परिवेशको सिङ्गो लोकसंस्कृति र लोकसाहित्यको प्रतिविम्ब ग्रन्थभित्र पाइन्छ । तत्तत् क्षेत्रको लोकसंस्कृतिको र साहित्यको अद्यावधिक अभिलेखन पनि हो भन्ने कुरा यस ग्रन्थमा सङ्कलित, वर्णित र विवेचित विषयवस्तुबाट नै स्पष्ट हुन्छ ।
ओलाङचुङगोला उहिले र अहिले
ओलाङचुङगोलामा एउटा पुरातात्त्विक महत्वको दिकिछयोलिङ बौद्ध गुम्बा छ । यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि ताप्लेजुङको केन्द्रबिन्दु मानिँदै आएको छ । यस क्षेत्रको चर्चित सेनजेम्बा तालले ताप्लेजुङ जिल्लाको मात्र नभई पूरै देशको ध्यान खिचेको छ ।
विश्वसम्पदा बौद्धनाथ स्तूप
काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको व्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वकाे प्रतीक मानिन्छ ।
बुझेको मधेश देखेको मधेश
म र मेरो मित्र ऋतिक यादवले सर्लाही जाने कार्यक्रम बनायौँ । मित्र यादवलाई एक कार्यक्रममा सहजीकरण गर्न प्रस्ताव आएको हुँदा उहाँले मलाई पनि फुर्सद भएसम्म जाउँ हिँड्नु मधेश पनि देख्नुहुन्छ भनेर भन्नुभयो । यसो सोच्दै गर्दा म पनि घुम्न ननिस्केको र काठमाडौँबाहिर जान मन लागिरहेको थियो ।
सागर फडेराको अवसान
दिल्लीको उत्तरपट्टिको ग्रामीण भेग वजिरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको थियो । ऊ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्थ्यो, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्थ्यो र सहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता सामग्री बेची साँझमा थाकेर आफ्नो कोठा वजिरपुर फर्कन्थ्यो ।
लगानीको महामेला
अर्थतन्त्रबारे उत्साहप्रद खबर सुनिन छाडेको लामो समयको अन्तरालपछि मुलुककै लागि आशा जगाउन सक्ने एउटा महत्वपूर्ण कार्यक्रम सन्निकट छ । त्यसैले पनि हुन सक्छ, लगानीका लागि तत्पर लगानीकर्ताहरूलाई भेला गराउने उद्देश्यसहित भोलि (आइतबार) देखि दुई दिन(सोमबार) सम्म आयोजना हुने ‘तेस्रो लगानी सम्मेलन’ तर्फ धेरैको चासो र भरोसासहितको नजर सोझिएको छ । अर्थतन्त्रले सहज दिशा पहिल्याउन नसकेको पृष्ठभूमिमा आयोजना हुन लागेको सम्मेलनले मूच्र्छित आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा त छ नै, सँगै लगानीको उपयुक्त गन्तव्यको रूपमा मुलुकलाई चिनाउने अवसर प्राप्त हुने सरकारको विश्वास छ । विदेशी तथा स्वदेशी लगानीकर्तासहित नीति निर्माता, दातृ निकाय, कूटनीतिक नियोग र विभिन्न देशका
मासु भोज (कथा)
महेश आफ्नो दाजुको अन्तिम संस्कार गरेर घाटबाट भर्खरै फर्केका थिए । उनी अत्यन्त शोकमा थिए । उनले प्यारो अभिभावक मात्र नगुमाएर आफ्नो पुर्खौली सम्पत्तिको रेखदेख गरिरहेका दाजु गुमाएको थिए । उनलाई सरसहयोग र सरसल्लाह दिन फुकिंज भनिने १३ दिने दाजुभाइ भेला भइरहेका थिए । उनी आफ्नो मूल घर करिब १० वर्षपछि आएका थिए, केवल दाजुको छोरा नभएकाले आफैँले दागबत्ती दिनुपर्ने बाध्यताले गर्दा । यसअघि उनी धेरै वर्षअघि मुमाको अन्तिम संस्कार ग
खबर हराएको चिठी (कविता)
खबर हराएको चिठी जस्तै प्रत्येक रात अनिँदो सिरानी जस्तै उदास र उदास समयको कठघरामा
लौरो (कविता)
विश्वासहरू सङ्कुचित छन् मान्छेहरू विश्वास गर्दैनन् लौरोका आदिम लौराहरू ज्ञानेन्द्रीयहरू भौतिकतामा बाँधिएका छन् भौतिक ज्ञानेन्द्रीयहरूले थाहा पाउदैनन्
लडाकु प्रबल राना
इतिहासका पानाहरू पल्टाएर हेर्दा कैयौँ नेपाली सपुतले रगत पसिना बगाएर देशको सेवा गरेको पाइन्छ । उनीहरूको योगदानको जति गाथा गाए पनि पुग्दैन । यस्तै वीरहरूमध्ये एक हुन्, सरदार प्रबल राना मगर । उनी एकबहादुर सैन्य व्यक्तित्व थिए । उनी बहादुर शाहको नायबी र गीर्वाणयुद्धविक्रम शाहको समयमा एक महत्वपूर्ण योद्धाका रूपमा विभिन्न मोर्चामा सक्रिय पाएको इतिहास पाइन्छ । नेपाल राज्य विस्तारका क्रममा जुम्ला कब्जा गर्न जाँदा सरदार प्रबल राना शिवनारायण खत्रीका साथ सक्रिय थिए । यो अभियानमा पहाडको बाटोबाट जाँदा जाजरकोट, विलासपुर, दुल्लुका रियासतले छेक्ने सम्भावना थियो । त्यसैले उनीहरूले हिमाली क्षेत्रको विकट बाटो पक्रेर दुई कम्पनी सैनिक जुम्ला उतारेका थिए । तिव्रीकोटमा यिनीहरू केही दिन अडिँदा जु
धार्मिक स्थल इच्छाकामना
एक पटक पुग्नैपर्ने धार्मिक एवं प्राकृतिक पर्यटनस्थल हो– इच्छाकामना मन्दिर । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–२, चिसोपानीस्थित इच्छाकामना मन्दिर एकदम आकर्षक एवं सुन्दर देखिन्छ । यहाँ धार्मिक पर्यटनका साथै प्राकृतिक सौन्दर्य अवलोकनका लागि पनि निकै राम्रो स्थल रहेको छ । धेरै अग्लो स्थानमा र
फेरियो डाँडापारि
बत्तीमुनिको अँध्यारो भने जस्तै सङ्घीय राजधानीबाट १३० किलोमिटर र प्रदेश राजधानीबाट ५० किलोमिटरको दुरीमा रहेको डाँडापारि विकटभित्रको विकट गाउँबाट क्रमशः सुगम गाउँमा रूपान्तरण हुँदै छ । त्यहाँ सञ्चालित सडक आयोजना समयमै सम्पन्न भए भने अबको केही वर्षपछि दुर्गममा गनिएका गाउँबस्ती सुगम बन्दै जाने छन् ।
सहरी सभ्यता र विकास
विश्वको सर्वशक्तिमान मुलुक संयुक्त राज्य अमेरिकाको आर्थिक राजधानी न्युयोर्क विकास, समृद्धि, खुलापन र आर्थिक उपार्जनका हिसाबले संसारभरका मानिसका लागि आकर्षक मानिन्छ । यहाँको विकास, वैभव, नियम कानुनको पालना तथा मानव मात्रका लागि आवश्यक पूर्वाधारहरूको निर्माणले विकासको परिभाषालाई राम्ररी उजागर गरेको छ । आफूलाई ‘सम्राट् राज्य’ (दी इम्पायर स्टेट) मान्ने न्युयोर्कका अनेक सहरको आआफ्नै विशेषता छ । न्युयोर्क सिटी, म्यानहटन, क्विन्स जस्ता सहरहरू यहाँको प्रमुख आर्थिक–व्यापारिक थलो मानिन्छ । भौतिक सुविधाले चरम चुलीमा पुगेको न्युयोर्कले प्राकृतिक सुविधालाई पनि उत्तिकै प्राथमिकता दिएको छ । यसको उदाहरणका रूपमा सहरका विभिन्न भागमा बनेका विशाल पार्कलाई लिन सकिन्छ । सहरी सभ्यता र विकास भनेको ठुला ठुला महल र सडक मात्र होइन भन्ने यहाँ प्रमाणित गरिएको छ ।
गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु
प्राकृतिक, सांस्कृतिक, पर्यटकीय तथा साहसिक पर्यटनका हिसाबले महत्त्वपूर्ण गण्डकी प्रदेश हो । प्रदेशभित्रका ११ जिल्ला आआफ्नै विशेषता र फरक फरक पहिचान बोकेका छन् । मौलिक कला, संस्कृतिले भरिपूर्ण प्रदेशका ऐतिहासिक सम्पदाहरू यहाँका अमूल्य गहना हुन् । नेपालमा घुमफिरको संस्कृतिले व्यापकता पाउँदै गएको छ । यसरी घुम्नेहरूको समूहको ठुलो सङ्ख्या गण्डकी प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकनका लागि पुग्ने गरेका छन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा गत महिना मात्र नेपालको पर्यटकीय राजधानी घोषणा गरियो । गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र
पिरतीको रङ (कविता)
सोहोरेर सारा फूलका रङहरू झारेर सारा ताराका आभाहरू र ओरालेर आकाशबाट इन्द्रेणी तिम्रै मुहारमा राखिदिउँ कि !
सुत्केरी भएकी छिन् तन्नेरी घाम (कविता)
कछुवाहरू पिठ्यूँमा घर बोकेर घिस्रीपिस्री लम्किरहेका छन् भूगोलभरि रातले आफ्नै गर्भबाट ढिकी, जाँतो र ख्याकहरू जन्माइरहेका छन् सही र गलतको लेखाजोखा राख्न नसकेर
भिक्षु र प्रेम (कथा)
तथागत बुद्धको जीवनकालको कुरा हो । एकदिन भिक्षु आनन्द भिक्षाटन गर्दै जाँदा तिर्खा लागेर पानी खान पाउने आसले यताउता हेर्दै थिए । उनले एउटी युवती इनारमा पानी तानिरहेकी देखेछन् । भिक्षु आनन्द त्यही गएर युवतीलाई आफू तिर्खाएको बताउँदै पानी दिन आग्रह गर्छन् । युवतीले फर्केर हेर्दा एक जना सुन्दर, शान्त भिक्षु आफ्नो अगाडि उभिरहेको देखेर लजालु आँखाले मुस्कुराउँदै पानी खुवाउने सङ्केत गर्दै टाउको हल्लाउँछिन् । त्यो बेला भिक्षु अन्जुली थापेर पानी खान तयार हुन्छन् भने युवती घैँटो उचालेर पानी खुवाउन ठिक्क पर्छिन् तर एक्कासि युवती झस्किएर भन्न थाल्छिन्, “म पानी खुवाउन सक्दिनँ ।” भिक्षु सोध्छन्, “किन ?” युवती भन्छिन्, “म तल्लो जातको मान्छे, मैले छोएको पानी तपार्इंहरू खानु हुँदैन ।” भिक्षु भन्छन्, “मैले पानी मागेको हो, जात सोधेको होइन ।
सङ्घर्ष र सफलताको कथा
बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका अन्तर्राष्ट्रिय कानुनविद् सूर्य सुवेदीको सङ्घर्ष र सफलताका बारेमा लेखिएको पुस्तक महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म सार्वजनिक भएको छ । लमजुङको विकट गाउँ खुदीदेखि अक्सफोर्डसम्मको सङ्घर्ष यात्रालाई पुस्तकमा सविस्तार उल्लेख गरिएको छ ।
प्रवासमा नेपाली साहित्य
साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अहिले लाखौँ नेपाली नेपालबाहिर फैलिएर नेपाली भाषा, संस्कृति र साहित्यमार्फत नेपाली मौलिकता विस्तार गरिरहेका छन् । कर्मभूमि बदलिए पनि मन र राष्ट्रियता बदलिँदैन । नेपाली डायस्पोराबाट सामान्य वा डायस्पोरिक चेतनासहितको साहित्य विस्तार हुँदै आएको छ । त्यसैले प्रवासी कला साहित्यलाई उपयोग गर्ने विषयले राष्ट्रिय कार्यसूची पाएको छ । प्रवासमा नेपालीको जनसङ्ख्या वृद्धिसँगै साहित्यिक गतिविधि व्यापक रूपमा बढेका छन् । यससम्बन्धी संस्थाहरू जन्मने क्रम पनि अकासिएको छ ।
स्मरणीय पञ्चकोट यात्रा
प्राकृतिक, धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र रहेको बागलुङ जिल्लाको पञ्चकोटमा ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ भइरहेको थियो र महायज्ञकै विशेष अनुष्ठानका रूपमा हुन लागेको थियो– ‘भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन ।’ उक्त सम्मेलनमा सहभागी हुन काठमाडौँबाट साहित्यकारको एक टोली प्रस्थान गर्दै थियो । साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली संयोजक रहेको उक्त भ्रमण टोलीको सदस्यका रूपमा सौभाग्यवश म पनि सामेल थिएँ ।
दोलखाको बुग्देउ जात्रा
दोलखामा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई स्थानीय बासिन्दाले बुग्देउ जात्रा भन्छन् । ललितपुरमा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई काठमाडौँ उपत्यकाका बासिन्दा (नेवार समुदाय) ले बुगंद्यो जात्रा भन्ने गर्छन् । नेपालमा सबभन्दा लामो समयसम्म चल्ने जात्रामध्ये रातो मत्स्येन्द्रनाथको जात्रा पनि एक हो । रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुर र दोलखामा मात्र मनाइन्छ । यो जात्रा कसरी नेपालमा चल्यो भन्ने सन्दर्भमा एउटा पुरानो जनश्रुति प्रचलनमा सुन्न पाइन्छ । जनश्रुति अनुसार करिब १४०० वर्षअघि नेपालका लिच्छवि राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर खडेरी परी हाहाकार भएको थियो । किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको हुनाले गोरखनाथ रिसाएर यहाँका सम्पूर्ण नागलाई आफ्नो वशमा पारी आफ्नो आसन बनाएर ध्यानमा बसेका रहेछन् ।
रैथाने सङ्गीतका सारथि
मौलिक गीत/सङ्गीतमा छुट्टै मिठास छ । घण्टौँ घोत्लिएर सबैलाई मन्त्रमुग्ध बनाउन खपिस हुनुहुन्छ नारदमणि हार्तम्छाली । भित्री मनमा मौलिक बाजा संरक्षणको हुटहुटी छ । कलाका सबैजसो विधामा उत्तिकै रमाएका भेटिनुहुन्छ हार्तम्छाली । सङ्गीतले भूगोल चिनाउनु पर्छ भन्नेमा उहाँ विश्वास गर्नुहुन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छाली विभिन्न प्रतिभाका धनी हुनुहुन्छ । मूर्तिकारका रूपमा पहिचान बनाउनुभएका उहाँले ललितकला क्याम्पसबाट कलामा स्नातक र त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
सलहेस गाथा
लहान नगरपालिकास्थित सलहेस फूलबारीमा वैशाख १ गते आजको दिन भव्य मेला लाग्छ । मेला भर्न नेपालबाहेक छिमेकी भारतका विहार, उत्तरप्रदेश र पश्चिम बङ्गाल राज्यका विभिन्न स्थानबाट धार्मिक पर्यटक परापूर्वकालदेखि आउने गरेका छन् । मधेश प्रदेशको प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलबारी हाल सिराहा नगरपालिकाको महिसोथा, लहान नगरपालिका–१८ मा रहेको पकडियागढ र लहान नपा–२४ मा रहेको मानिक दह सलहे