• २२ पुस २०८१, सोमबार

फर्की आऊ (कविता)

blog

मधुर कण्ठ कोइलीले, तिम्रै गीत गाए । 

कति सुन्दर हुन्थ्यो होला, तिमी फर्की आए ।।


शब्द खोज्न भयो गाह्रो, हराएछन् कताकता ।

भेटिन्छन् कि भनी हेरेँ, खोजी रहेँ यताउता ।।


ठेगाना नै नचिनेर, भुलचुक भयो कि त । 

सोधी हाल्छु सरासर, काका मामासित ।।


मिल्ने भए मिलाएर, बिन्ती आउनु एकफेर । 

रोकतोक हुने छैन, फिरौला नि उतिन्खेर ।।


सबै कुरा परिपूर्ण, आफैँले नै बनाउँदा । 

एउटै कुरा कमी छ, तिमीलाई नपाउँदा ।।