• २२ पुस २०८१, सोमबार

गजल

blog

थोरै कथा लेखिएका हुन्छन् ।

धेरै कथा मेटिएका हुन्छन् । 

भित्रभित्रै घाउको खात हुन्छ 

केही मात्र देखिएका हुन्छन् ।

चियाउन खोज्छु जूनको बस्ती 

चाँदनीले छेकिएका हुन्छन् ।

जीवनका सयौँ रहरहरू 

पाइलैपिच्छे टेकिएका हुन्छन् ।