निःस्वार्थ समाजसेवीको सम्झना
‘सत्कर्म गर्नु, ढाँटछल नगर्नु, इमानदार बन्नु, कोही अन्यायमा परेको छ भने टुलुटुलु हेरेर नबसी त्यस्ताको उद्धार गर्नु, न्यायको पक्षमा बोल्नु, अरू कुरा त आफैँ राम्रो भइहाल्छ नि ।’ कुनै पनि मानिसले उल्लिखित कुरा पालन गर्छ भने त्यो व्यक्ति समाजका लागि पक्कै पनि उदाहरणीय व्यक्तित्व बन्दछ । सच्चा समाजसेवीमा हुने गुण नै यिनै हुन् तर अचेल समाजसेवा पनि आर्थिक उपार्जन गर्ने पेसा बनेको छ । तपाईंको व्यवसाय के हो भनेर सोधिँदा गर्वका साथ ‘समाजसेवा’ भन्नेहरू धेरै छन् । वास्तविक समाजसेवा त निःस्वार्थ भावले गरिने कर्म
बेमिसाल नैनीताल
नैनीताल, नैनीताल भनेर धेरै समय अघिदेखि सुनेको हो । लाग्थ्यो, शब्द सुन्दै यति आत्मीय र प्रिय छ भने त्यसलाई नजिकबाट प्रत्यक्ष रूपमा छोएर, छामेर आँखाभरि अजमाउन पाए झन् कस्तो होला ? देशभित्रको माटो हो कि मुलुक बाहिर हो ? घाम झुल्के पारा कसरी पुगिएला ? मनमनै कुरा फत्काएर मगजभरि बगे्रल्ती जिज्ञासा उब्जिएको थियो ।
रमणीय गन्तव्य कोन्ज्योसोम
ललितपुरको लगनखेल, सातदोबाटो, चापागाउँ हुँदै २५ किलोमिटरमा पुगिने कोन्ज्योसोमले ‘सङ्घीय राजधानीको दुर्गम’ नामको पीडा वर्षौं खेप्यो तर यतिखेर कन्ज्योसोम ‘सङ्घीय राजधानीको दुर्गम’ हैन, घुमघाम गर्ने नजिकको रमाइलो गन्तव्यका रूपमा स्थापित हुन पाएको छ । तामाङ समुदायको स्वागत र सत्कारले कोन्ज्योसोम आउने पर्यटकलाई मोहित बनाउँछ । करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार छ । यो आफैँमा अनौठो चलन हो ।
धरानका चारधाम
धरानस्थित विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिक स्थल हो । धार्मिक ग्रन्थमा विजयपुरको पुरानो नाम ‘वेदीपुर’ उल्लेख भएको पाइन्छ । विजयपुर सुन्दर र प्रकृतिले धनी छ । विजयपुर नेपालको चारधामको नामले चिनिन्छ; जहा“ एकै स्थलमा पैदल यात्रा गरेर दर्शन गर्न सकिन्छ । चार शक्तिपीठ पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या हुन् । विजयपुरको दक्षिण भेगमा पिण्डेश्वर महादेवको मन्दिर, बिच भागमा दन्तकाली मन्दिर र उत्तर पूर्वतर्फ बुढासुब्बा मन्दिर र उत्तर पश्चिमतर्फ अलिक उच्च स्थानमा पञ्चकन्या मन्दिर रहेको छ । पञ्चकन्या मन्दिरको उत्तरपूर्वी भागको उच्च स्थानमा विजयपुरे अन्तिम राजा बुद्धिकर्ण सेन अर्थात् भताभुङ्ग दरबारको अवशेष देख्न सकिन्छ । उक्त सानो स्थान तारले घेरिएको छ, भित्र केही इँटा तथा ढुङ्गा देखिन्छ
सम्झनामा उर्मिलाकुमारी
नेपाली गीत/सङ्गीत र कोलकाताको साइनो ऐतिहासिक छ । विसं १९६५ (सन् १९०८) मा सेतुरामले कोलकातामा गएर पहिलो पटक नेपाली गीत रेकर्ड गराउनुभन्दा छ वर्षअघि (सन् १९०२) नै कोलकातामा विश्वप्रसिद्ध बेलायती रेकर्डिङ कम्पनी द ग्रामोफोन एन्ड टाइपराइटर लिमिटेडले आफ्नो शाखा (सन् १९०७ मा कम्पनीको टाइपराइटर व्यवसाय सोचे अनुसारको नभएपछि व्यवसाय बन्द गरेर कम्पनीको नाम परिवर्तन गरी द ग्रामोफोन कम्पनी लिमिटेड राखियो) खोलिसकेको थियो ।
कठ्याङ्ग्रिएका समुदाय
समय शीतलहरको छ । बाक्लो हुस्सुले बस्ती ढपक्क ढाकेको छ । शीतको थोपाले जस्ताको छानो भिजेको छ । घरको छानोबाट शीतका थोपाहरू तपतप चुहिरहेको छ । घरभित्र चिसो प्लास्टरमा पराल ओछ्याएर बनाइएका सुत्ने ठाउँसमेत ओसिएको छ । ओछ्यानमा डस्ना र भोटियाभित्र आफ्ना ससाना नानीबाबुहरू च्यापेर गुटुमुटु परेका छन् बस्तीका मान्छेहरू । घरबाहिर आँगनमा घुर सल्काएर बसेका छ
हिसाब
शनिबार । उसकी श्रीमती र केटाकेटी बजार जान भनेर हिँडे । फर्किन कम्तीमा तीन चार घण्टा लाग्छ । ट्राफिक जामले गर्दा उसको घरदेखि बजार पुग्नै एक घण्टा लाग्छ । फर्किन अर्को एक घण्टा । बजारमा
इतिहास र आख्यानको समन्वय : पुरुष–परीक्षा
पन्धौँ शताब्दीको प्रारम्भमै लेखिएको मैथिली कविकोकिल महाकवि विद्यापतिकृत पुरुष–परीक्षा संस्कृत भाषाको कथासङ्ग्रह मात्र नभई इतिहासको सङ्गालोसमेत हो । उक्त कथासङ्ग्रहको नेपाली संस्करण हालै पाठकसामु आएको छ ।
वीरताको गाथा नालापानी
नेपालीको वीरताको कुरा गर्दा नालापानी किल्लाको लडाइँ र त्यो लडाइँमा बलभद्र कुँवरको साहसिक युद्ध कलाको कुरा नेपाली इतिहासको अध्ययनमा धेरै पटक आउने गर्दछ तर त्यो वीरताको इतिहास बोकेको स्थान अ