• १० कात्तिक २०८१, शनिबार

गजल

blog

रहेर सँगै घोचिरहने खिल जस्तो,

देब्रेतिर छैन क्याहो दिल जस्तो । 


निमुखा छट्पटिएको हेरी मात्र बस्छ, 

यो कस्तो सरकार हो हुचिल जस्तो ।


कारिन्दाहरूले खाइदिए हाम्रो पसिना,

यसो पेस गरे पुगिहाल्छ बिल जस्तो । 


भुट, पेल वा बटार सजिलैसँग, 

म छँदै छु हरदम तिल जस्तो । 


खेत झन् झन् कुरूप भएको छ, 

छैनन् बा छैन डिल डिल जस्तो ।