• १० कात्तिक २०८१, शनिबार

वर्तमान सुदूर गल्पयात्री (कविता)

blog

दुनियाँको रङ्गी विरङ्गी महाभोजमा 

वर्तमान नामधारी निवर्तमानको कुनै निराकृत तस्बिर 

लीला गर्छ, कथं प्रस्टिँदैन, 

खतरनाक छ भेष 

सायद प्रस्तुति, 


सलल बग्यो भने भन्नू 

पारि पु¥याउँछ 

आफूले बेरेको कात्रोलाई, 


कस्तो रूप हो यो 

गति कति भिन्न 

चाल चलन, लक्षणा–आकृति 

आत्मगत संस्कृति 

चाहे जेसुकै भने पनि, 


आखिर, जस्तोसुकै विज्ञान 

अध्यात्म 

भौतिक ऊर्जा 

शक्ति महाशक्ति, 


र मौद्रिक क्रय विस्तारसित

साउती कतै नमारी, 

अहिले यहाँ छ 

भोलि त्यहाँ छ

पर्सि निपर्सि, 

एवं रितले, एक गतिशील गल्पयात्री ।