‘पुंसवन’ को फरक आयाम
भनिन्छ, साहित्य समाजको ऐना हो । समकालीन समाजमा भइरहेको यावत् चर्यालाई सिर्जनाले फुलाउँछ, फलाउँछ तर साहित्य त्यति मात्र होइन रहेछ । साहित्यमा प्राच्यदेखि सुदूर भवि
तिमी कसरी प्रजातन्त्रवादी ? (कविता)
तानाशाहीको बिउ मलिलो माटोमा रोप्छौ, चाकरीको मल र दासताको जल दिँदै हुर्काउँछौ विषवृक्षलाई
ठालु (निबन्ध)
ठालु भन्नेबित्तिकै भारवाहकको परिकल्पना हुन्छ । शिवले शिरमा गङ्गा धारण गरेर गङ्गाधारी, घाँटीमा कालकुट विष धारण गरेर नीलकण्ठ नाम पाएको पौराणिक कथा हामीले पढे सुनेकै हो । कठिन एवं गम्भीर भार जसले वहन गर्न सक्छ त्यही नै ठालुको गणनामा आउने हो । सबैको हितमा लाग्ने असल नै ठालु हो । ठालुले एउटा विम्बको प्रतिनिधित्व गर्दछ भन्ने मेरो बुझाइ हो ।
महान् वैज्ञानिक अल्फ्रेड नोबेल
संसारमा विलक्षण प्रतिभा दुर्लभ हुन्छ, जसले जस्तो धन, सम्पत्ति र वैभव मानवताका लागि समर्पित गर्दछन् । वैज्ञानिक कुनै एक देशको हँुदैन । वैज्ञानिकले आफ्नो जीवन सत्यको खोजीमा
ज्ञानदाता गुरु
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नम : ।। गुरु ब्रह्मा हुन्, गुरु वि
दोलखाको भजन संस्कृति
दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है”
लुप्त मनले उघाएको तृष्णा
मनको शून्य र मनोरम भाव कसैले जान्दैन । कहिलेकाहीँ नसोचेको कुरा मनमा आएर अनायास डेरा जमाएर बस्छ । एउटा आकाशमा निलो, रातो, पहेँलो, सेतो र कहिले इन्द्रेणी जस्तै सप्तरङ्गी भएर । यस्तै विचार
नभेटिएको वस्तु
आज उसलाई केही खोज्नु थियो तर के ? यो निक्र्योल भएको थिएन । यसैले त्यही केही कुराको खोजीमा बाहिर निस्कियो ऊ । घरको गेटबाट बाहिर निस्क्यो र एक पटक टक्क अडिएर सोच्यो–
चितुवासँग जम्काभेट
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १२ वर्षदेखि मानव र चितुवाबिच द्वन्द्व चलिरहेको छ । यस द्वन्द्वमा बैतडीको तल्लो स्वराड क्षेत्रमा तीन वटा पालिका मेलौली नगरपालिका, शि
पहिचानका पक्षमा उभिएका कथा
पत्रकारिता तथा सञ्चारकर्मीका रूपमा आफ्नो परिचय बनाएका भक्त स्याङतानले कथामार्फत साहित्यिक पुस्तक प्रकाशनको द्वार खोल्नुभएको छ । हुन त साहित्यमा उहाँको परिचय नयाँ होइन, दुई दशकदेखि निरन्त
माली कहाँ बिर्सन सक्छ वाग ? (कविता)
निकै बितेछन् दिन, मास, वर्ष, चल्दैगयो यो मनमा विमर्श
चुम उपत्यकाको चमक
काठमाडौँको ठमेलमा चढेको जिपले सात घण्टामा गोरखाको माछाखोला पु-याइदियो । पैदल यात्रा यहीँबाट सुरु भयो । गन्तव्य हो चुम उपत्यका । बिहानको सिरसिरे बतासको आनन्द लिँदै हान्निँदै छौँ हामी । खोर्ला
आदिकविको कुलपूजा स्थल
आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ
लेखक, पाठक र पुस्तक
विद्वान्हरूले साहित्यलाई विभिन्न रूपले व्याख्या एवं परिभाषित गरेका छन् । ग्रिक दार्शनिक प्लेटोले उनको पुस्तक ‘दी रिपब्लिक’ मा बताए अनुसार साहित्यमा वर्णित संसार सत्यबाट टाढा हुन्छ भनेका छन् र उनी साहित्यलाई स
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कसरी ?
अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । रोगको निदान, स्वास्थ्य समस्याको रोकथाम तथा स्वास्थ्यसम्बन्धी सङ्क्रमण न्यूनीकरणमा आधुनिक स्वास्थ्य विज्ञानले ठुलै योगदान पु¥याए पनि चिकित्सासम्बन्धी क्रियाकलापबाट उत्सर्जन हुने फोहोरले स्वास्थ्यसम्बन्धी जोखिम पनि ठुलै मात्रामा बढाएको हुन्छ । त्यही भएर सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई सुरक्षित र भरपर्दो विधिबाट व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको महìवपूर्ण जिम्मेवारी हो ।
भावनाको नाता (कथा)
‘कोठा पाइन्छ कि भनेर आमा ?’ एउटा हँसिलो अनुहार भएको युवकले सोध्यो । खगेश्वरीलाई किन हो किन त्यो ठिटोको आगमन, सोधाइ र मुस्कान चिरपरिचित युवकको जस्तो लाग्छ । उनले ‘कोठा छ’ भनेर सहजै जवाफ दिन्छिन् । सायद ग्रह मिल्यो भने सबै कुरा ट्याक्क मिल्छ भनेको यस्तै होला । नवयुवकले पनि खुसीभाव प्रकट गर्दै कोठा हेर्न खोज्छ । कोठा ठिक लागेपछि त्यही दिनदेखि बस्ने भाव प्रक
पर्खालभित्र (कविता)
मलाई थाहा छ यो घरभित्र को छ ? म प्रवेश चाहन्छु ढोका खोल होइन ! घरको पुरानो पर्खाल भत्काउँछु त्यसपछि भेटमा के हुन्छ
मानव अधिकार संरक्षणका सारथि
मानव अधिकार संरक्षण र संवर्धनका क्षेत्रमा क्रियाशील नाम हो, वेद भट्टराई । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसचिव हुनुहुन्छ, भट्टराई । आयोगमा १६ वर्ष क्रियाशील रहँदा उहाँले विधिको शासन र मानव अधिकार संरक्षणको क्षेत्रमा भएगरेका कार्यानुभवलाई पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । ‘मानव अधिकारको गहिराइ केही घटना र चुनौतीहरू’ नामक पुस्तकमा उहाँले आयोगमा रहँदा मानव अधिकार संरक्षणकर्ताका रूपमा आफूले गरेका कार्य र त्यस क्रममा उत्पन्न भएका चुनौती सामना गर्दाका क्षणलाई समेट्नुभएको छ । पुस्तकमा समावेश सशस्त्र द्वन्द्वकालीन विभिन्न घटनाको सविस्तार वर्णनले आङ सिरिङ्ग गराउँछ । चाहे त्यो पत्रकार डेकेन्द्र थापाको हत्या र शव उत्खननको घटना होस् चाहे धनुषाको गोदारमा चार जनाको शव उत्खनन
हरित काठमाडौँ
हरियाली सहरको जीवन हो । बढ्दो सहरीकरणको प्रभावले प्रदूषण बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रदूषणलाई न्यूनीकरण गरी वातावरण स्वच्छ र सफा राख्नुका साथै हरियालीले सहरलाई सुन्दर बनाउँछ । यसले सहरवासीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । खुला र स्वच्छ वातावरणको आवश्यकता पूर्ति गर्न हरियाली सौन्दर्यीकरण आजको आवश्यकता हो । हरियालीयुक्त वातावरणको व्यवस्थापनले सहरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भने यसले सहरको सुन्दरतामा समेत योगदान पु¥याउँछ । सहरका सडकमा दायाँबायाँ वृक्षरोपण गरी, अन्य खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरेर हरियाली प्रवर्धन गर्न सकिन्छ । यसले प्रदूषणको मात्रा कम गर्नमा सहयोग पु¥याउँछ ।
मन अनुपम जीवन धन !
मानिस हामी मनका धनी । धनधान्य धनसारका धनी ! कृषिप्रधान देश नेपाल वर्चस्वशाली । धान नेपाली परिधान । परिधान सुन्दर सौन्दर्यका लवाइखवाइ अनि नभनूँ नै किन हवाई । उच्च उडान ! सम्पूूर्ण प्रहरका उडान ! कम्पास–राडर–यावत् दिक साधन यन्त्र छन्– हवाई उडान यन्त्रमा । अचेलका अत्याधुनिक परिधान ! मनभरि उडान यन्त्र जडी भरिरहेथेँ गोरखापत्र राष्ट्रिय दैनिक २०८१ असार ३ सोमबार । ‘प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन’ मा आँखा गड्यो । पढ्दै गएँ, हेर्दै, रमाउँदै । गोठेमलमाथि अनुसन्धान अन्वेषण गर्दै आएका कृषि प्रसार
विश्व क्रिकेट भारतको धाक
विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन ।
गोसाइँकुण्ड साहसिक पदमार्ग
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र ? हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र ? ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छ; जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ । यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन थालिहाल्यो । पहिलो यात्राको बखत भोगेको अनुभवले अलि कठिन यात्रा हो भन्ने लागिरहेको हुँदा बेला बेला दोमन भने भई नै रह्यो तर पनि त्यो यात्रामा देखेका कुनै कुनै यात्रीको अवस्था कुनै अलि बुढा, कोही अशक्त तर प
टक्सिला अर्थात् त्यो तक्षशिला
प्राच्यविद्या अध्ययनको विद्यार्थीका नाताले ‘नेपाल विद्या’ को विधा निर्माण सिद्धान्त तय गर्दा मेरो मनमा प्राचीनतम शिक्षा र सभ्यता अध्ययनको हुटहुटी जागेको थियो । सामग्री खोजीकै क्रममा नाम चलेका केही आधुनिक विश्वविद्यालय र अध्ययन केन्द्रका सामग्री त अध्ययन गर्ने अवसर जुरेको थियो तर प्राच्य अध्ययन परम्पराको केन्द्र रहेका तक्षशिला र नालन्दाको शिक्षा र सभ्यता परम्परा भने नेपाल विद्याको विधा निर्माणको सिद्धान्त खण्डमा समेट्न सकेको थिइनँ ।
आमाको हाँसो (कथा)
डुब्न लागेको घामको प्रकाशमा रङ्गिएको छाललाई हेर्छ प्रभात । कता कता उसले त्यहाँ आमाको प्रतिविम्ब देख्छ । उही बाटुलो मुहार, निधारमा बिन्दुली टीका लगाएको, बुट्टेचोली, गहुनको फरिया पहिरिएको, हातमा चाँदीको बाला लगाएको.... । ‘आमा’ अनायास उसको मुखबाट निस्किन्छ । केही महिनाअघि आमालाई यही नदीको किनारमा विसर्जन गरिएको थियो । नदी जस्ती आमा यही नदीमा प्रवाहित भएकी थिइन् । केही क्षणमा आकृति बिलाउन थाल्छ । ‘उप्m दृष्टिभ्रम !’ ऊ पसिना पुछ्न थाल्छ । यो नदी र आमाको गहिरो र सार्वभौमिक सम्बन्ध छ । ऊ किनारैकिनारको बाटो हिँड्दै अतीततर्फ फर्किन्छ ।अक्सर उनी यही नदी किनारको बाटोबाट हाटबजा