गौरवशाली इतिहास सिन्धुलीगढी
ऐतिहासिक सिन्धुलीगढीका बारेमा चर्चा गर्दा नेपाल–अङ्ग्रेज युद्ध साथमा जोडिएर आउँछ । क्याप्टेन किनलकको नेतृत्वमा आएका दु्ई हजार चार सय अङ्ग्रेज फौजलाई गोरखाली सेनाले लखेटेको घटनाले सिन्धुलीगढीको इतिहासलाई थप रोमाञ्चक बनाइदिएको छ । सिन्धुलीगढीमा ऐतिहासिक महत्वका साथै यस आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाको सभ्यता जोडिएको छ । गोरखाका राजा नरभूपाल शाह वृद्ध भइसकेका थिए ।
रातो मत्स्येन्द्रनाथ केही रोचक प्रसङ्ग
रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक वन्धुदत्तले कामरुकामाक्षबाट ल्याएका थिए । प्रथम पटक मत्स्येन्द्रनाथको हंसलाई कलशमा राखी ल्याउँदा कामरुकामाक्षका तान्त्रिकले त्यहाँका जनतालाई साथमा लिई आएर बिच बाटोमै हमला गरी कलश लुटेर लगे । त्यसपछि दोस्रो पटक तान्त्रिक वन्धुदत्तले कटुवाल दहको छेउमा बसी अष्टमातृकाको साधना गरी पाँच भैरव ह्यग्रिव भैरव, श्वेत भैरव, संहार भैरव, क्रोध भैरव र चन्द्र भैरवलाई आह्वान गरी साथमा लिई यक्ष राजा र यक्ष रानीलाई वशमा पारेर राक्षसहरूसँग युद्ध गरी दलबलसहित भैरवहरूले बोकेर ल्याएका थिए ।
पानी सङ्कट दोषी रुख कि मानव ?
काठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात/आठ वर्षमै आ
दुष्ट बकुल्लो चलाख गँगटो
एकादेशमा वनको बिचमा अनेकानेक जलचरले युक्त एउटा ठुलो जलाशय थियो । त्यसै जलाशयको किनारमा वृद्धावस्थाका कारण माछा मारेर खान असमर्थ एउटा बकुल्लो पनि बस्थ्यो । एक दिन भो
अमेरिका सपना लुकेको पीडा
जब अमेरिकाले प्रवेश अनुमति दियो एक एक दिन गर्दागर्दै अमेरिका उड्ने दिन सँघारमै आएर उभियो । मेरो साथीको भने सधैँ जसो तौलको अनुमति पाएको दुई वटा ठुला झोला थिए । यात्रामा भेटिएका यात्री कहिले ग
मधेश अन्तर्सङ्घर्षको कथा
विसं २०४६ पछिको नेपाली राजनीतिमा मधेश र मधेश आन्दोलनसँग गाँसिएर आउने नाम हो, राजेन्द्र महतो । काठमाडौँमा वर्णभेदको टिठलाग्दो मनोविज्ञान छ । क्षेत्रलाई हेर्ने केन्द्रको मिचाहा संरचना र स्वभाव छ
गजल
स्वाभिमानी गालाभरि अनुदानको डाम थियोे मागी हिँड्नेको सूचीमा तिम्रो पनि नाम थियोे !
यो देश कहाँ पाऊँला (कविता)
घामको चुल्ठो बाटेर चन्द्रमा शिरफूल लाऊँला
कुुलुङ संस्कार र अल्लो
एक हजार दुई सय मिटरदेखि तीन हजार मिटरको उचाइमा पाइने अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिन्छ भने कुलुङ जातिले चाहिँ आफ्नो मातृभाषामा ‘जा–खिल्ल/जाखिल्मा’ भन्ने गर्छ
प्रसिद्ध स्थल त्रिपुरासुन्दरी
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । छ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा
याज्ञवल्क्यप्रति मैत्रेयीको त्याग
विदेह नगरी जनकपुरको पवित्र भूमिमा महर्षि याज्ञवल्क्य थिए । उनी प्रकाण्ड विद्वान् थिए । उनको विद्वता र तेजस्वी प्रभाव राजा जनकका सभाका सबै पण्डितजनभन्दा बढी थियो । त्यस राज सभाका गर्वोन्मत वि
मैथिली रङ्गमञ्च
नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ ।
निर्णय (निबन्ध)
म र मेरा श्रीमान् अभयबिच दाम्पत्य सम्बन्ध स्थापित भएको ठ्याक्कै १० वर्ष भयो । हाम्री छोरी नूतन सात र छोरो नरेन्द्र पाँच वर्षमा हिँड्दै छन् । दिदीभाइ घरनजिकैको एक अङ्ग्र्रेजी स्कु
‘पुंसवन’ को फरक आयाम
भनिन्छ, साहित्य समाजको ऐना हो । समकालीन समाजमा भइरहेको यावत् चर्यालाई सिर्जनाले फुलाउँछ, फलाउँछ तर साहित्य त्यति मात्र होइन रहेछ । साहित्यमा प्राच्यदेखि सुदूर भवि
तिमी कसरी प्रजातन्त्रवादी ? (कविता)
तानाशाहीको बिउ मलिलो माटोमा रोप्छौ, चाकरीको मल र दासताको जल दिँदै हुर्काउँछौ विषवृक्षलाई
ठालु (निबन्ध)
ठालु भन्नेबित्तिकै भारवाहकको परिकल्पना हुन्छ । शिवले शिरमा गङ्गा धारण गरेर गङ्गाधारी, घाँटीमा कालकुट विष धारण गरेर नीलकण्ठ नाम पाएको पौराणिक कथा हामीले पढे सुनेकै हो । कठिन एवं गम्भीर भार जसले वहन गर्न सक्छ त्यही नै ठालुको गणनामा आउने हो । सबैको हितमा लाग्ने असल नै ठालु हो । ठालुले एउटा विम्बको प्रतिनिधित्व गर्दछ भन्ने मेरो बुझाइ हो ।
महान् वैज्ञानिक अल्फ्रेड नोबेल
संसारमा विलक्षण प्रतिभा दुर्लभ हुन्छ, जसले जस्तो धन, सम्पत्ति र वैभव मानवताका लागि समर्पित गर्दछन् । वैज्ञानिक कुनै एक देशको हँुदैन । वैज्ञानिकले आफ्नो जीवन सत्यको खोजीमा
ज्ञानदाता गुरु
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नम : ।। गुरु ब्रह्मा हुन्, गुरु वि
दोलखाको भजन संस्कृति
दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है”
लुप्त मनले उघाएको तृष्णा
मनको शून्य र मनोरम भाव कसैले जान्दैन । कहिलेकाहीँ नसोचेको कुरा मनमा आएर अनायास डेरा जमाएर बस्छ । एउटा आकाशमा निलो, रातो, पहेँलो, सेतो र कहिले इन्द्रेणी जस्तै सप्तरङ्गी भएर । यस्तै विचार
नभेटिएको वस्तु
आज उसलाई केही खोज्नु थियो तर के ? यो निक्र्योल भएको थिएन । यसैले त्यही केही कुराको खोजीमा बाहिर निस्कियो ऊ । घरको गेटबाट बाहिर निस्क्यो र एक पटक टक्क अडिएर सोच्यो–
चितुवासँग जम्काभेट
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १२ वर्षदेखि मानव र चितुवाबिच द्वन्द्व चलिरहेको छ । यस द्वन्द्वमा बैतडीको तल्लो स्वराड क्षेत्रमा तीन वटा पालिका मेलौली नगरपालिका, शि
पहिचानका पक्षमा उभिएका कथा
पत्रकारिता तथा सञ्चारकर्मीका रूपमा आफ्नो परिचय बनाएका भक्त स्याङतानले कथामार्फत साहित्यिक पुस्तक प्रकाशनको द्वार खोल्नुभएको छ । हुन त साहित्यमा उहाँको परिचय नयाँ होइन, दुई दशकदेखि निरन्त
माली कहाँ बिर्सन सक्छ वाग ? (कविता)
निकै बितेछन् दिन, मास, वर्ष, चल्दैगयो यो मनमा विमर्श