• १० मंसिर २०८१, सोमबार

मैथिली रङ्गमञ्च

blog

नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ । 

कवि शेखराचार्य ज्योतिरीश्वर ठाकुर (सन् १२९०–१३५०) द्वारा सन् १३२० मा ‘धूत्र्तसमागम’ तथा सन् १३२४ मा ‘वर्णरत्नकार’ को रचना गरिएको पाइन्छ । डा. प्रफुल्लकुमार मौन लिखित ‘नेपालको मैथिली साहित्यको इतिहास–२०७०’ का अनुसार ज्योतिरीश्वरका ‘धूत्र्तसमागम’ नाटक मैथिलीको सर्वप्राचीन नाटक हो । यस कालमा तिरहुत कर्णाटवंशी, काठमाडौँ उपत्यकाका मल्लवंशी, मकवानपुरका सेनवंशी, चौदण्डी, विजयपुर र मोरङका राजाहरूले नाटकलाई प्रश्रय दिएको पाइन्छ । मल्लकाललाई नाटकका निम्ति स्वर्णकाल मानिन्छ । यस समयमा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर तीन वटै राज्यमा नाटक लेखन र प्रदर्शन प्रशस्त रूपमा भएको देखिन्छ । यस कालमा धेरै राजाले स्वयम् नाटक लेखेका छन् । यसमा जगज्योतिर्मल्ल, श्रीनिवास मल्ल, प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल, रणदीप मल्ल आदि प्रमुख हुन् । भक्तपुरका राजा जगज्योतिर्मल्लले लेखेका ‘कुञ्जबिहारी नाटकम्’, ‘मुदित कुवलयाश्व नाटकम्’, ‘हरगौरी विवाह नाटकम्’ जस्ता नाटक मैथिली नाटकका अमूल्य निधि हुन्; जो इतिहासमा अङ्कित छन् । 

भक्तपुरमा त्रैलोक्य मल्लका भाइ त्रिभुवन मल्लद्वारा रचित ‘काशी विजय’ (सन् १५३४) लाई मल्लकालमा मैथिलीको सर्वप्राचीन नाटक मानिन्छ । १७ औँ शताब्दीका प्रारम्भमा जगज्योतिर्मल्ल (सन् १६१३–१६३७) मैथिली नाटक र रागनिबद्ध गीतका निम्ति अमर रचनाकार मानिनुहुन्छ । उहाँले लेख्नुभएका ‘कुञ्जविहार’, ‘मुदित कुवलयाश्व’ र ‘हरगौरी विवाह’ नाटक महìवपूर्ण कृति हुन् । १७ औँ शताब्दीको उत्तरार्धमा जगज्योतिर्मल्लका छोरा जगतप्रकाश मल्ल             (सन् १६४४–१६७३) ले उहाँको बिँडो थामेको देखिन्छ । उहाँले लेख्नुभएका सात वटा नाट्यकृति– ‘उपाहरण’, ‘नलीयनाटकम्’, ‘पारिजातहरणम्’, ‘प्रभावतीहरणम्’, ‘मलयगन्धिनी’, ‘मूलशशिदेवोपाख्यानम्’ र ‘माधवमालती’ राष्ट्रिय अभिलेखालयमा छन् । 

सन् १९५७ मा भारतबाट अध्ययनका सिलसिलामा नेपाल आएका डा. जयकान्त मिश्रले ‘रामायण’ र ‘मदनचरित’ नामक दुई वटा नाटकको नाम पनि चर्चामा ल्याउनुभयो । यस्तै डा. रामावतार यादवले उहाँको एउटा अर्काे नाटक ‘प्रद्युम्नविजय’ को उल्लेख आफ्ना कृतिहरूमा गर्नुभएको छ । भक्तपुरका अर्का राजा जितमान मल्ल (सन् १६७३–१६९६) का ‘सतीवियोग’, ‘कलीयमथनोपाख्यान’, ‘जेमिनीभारत’, ‘बरुथीनीहरण’, ‘मदालसाहरण’, ‘महाभारत’ र ‘रामायण’ नाटक छन् । डा. मिश्रले उहाँको ‘गोपीचन्द्र’, ‘उषाहरण’, ‘नवदूर्गा’, 

‘भाषा’ र उमारमण झाले ‘मङ्गलमहोत्सव’ नाटकबारे चर्चा गर्नुभएको छ । यस्तै पण्डित सुन्दर झा ‘शास्त्री’ द्वारा सम्पादित ‘फूलपात’ मासिक पत्रिकामा ‘बरुथिनीहरण’ को कथावस्तु प्रकाशित गरिएको पाइन्छ । 

यसै गरी भूपतिन्द्र मल्ल (शासनकाल सन् १६९६–१७२२) को विद्याविलाप नाटक छापिएको थियो । राष्ट्रिय अभिलेखालयमा ‘उपाहरण’, ‘कंसवद्य’ (कृष्णचरित्), 

‘गौरीविवाह’, ‘गोपीचन्द्रोपाख्यान’, ‘जालन्धरोपाख्यान’, ‘श्रीखण्डचरित्’, ‘मयूरध्वजोपाख्यान’ आदि छन् । मैथिलीका प्रकाण्ड विद्वान् एवं भाषाविद् डा. रामावतार यादवले ‘परशुरामोपाख्यान’ नाटकबारे अध्ययन गर्नुभएको छ । उहाँका अनुसार भूपतिन्द्र मल्लले मैथिलीमा २६ वटा नाटक लेख्नुभएको थियो । 

रणजित मल्लले लेख्नुभएका ‘रामायण नाटकम्’, 

‘उषाहरण’, ‘अन्धासुरवधोपाख्यान’ र ‘इन्द्रविजय’ उल्लेखनीय छन् । पार्थिवेन्द्र मल्ल (सन् १६८०–१६८७) लिखित ‘पञ्चराक्ष’ नाटक र भूपालेन्द्र मल्ल (सन् १६८७–१७००) रचित ‘नरचरित्’ नाटकबारे पनि विद्वान्हरू विमर्श गर्छन् । 

१७ औँ शताब्दीमा मकवानपुरका राजा हरिहर सेन (शासनकाल सन् १६६१–१६८४) आश्रित उमापतिले ‘पारिजातहरण’ नाटक रचना गरे । यस कालमा ‘आनन्द विजय’, ‘कृष्णकेलिमाला’, ‘गौरीपरिणय’ आदि नाटकको पाण्डुलिपि राष्ट्रिय सङ्ग्रहालयमा छन् । त्यस बखत मल्ल राजाहरूले आफैँ नाटक लेख्ने र खेल्ने गरेको पाइन्छ । नेपाल मण्डलमा जगज्योतिर्मल्लले लेखेको ‘हरगौरी विवाह’ (सन् १६२९), सिद्धिनरसिंह मल्लले लेखेको ‘हरिश्चन्द्र नृत्यम्’ (१६५१), जगतप्रकाश मल्लले लेखेको ‘प्रभावती हरण’ (१६६५) र ‘प्रद्युम्न विजय’ (१६६६), भूपतिन्द्र मल्लले लेखेको ‘परशुरामोपाख्यान’ (१७१३), ‘विद्याविलाप’ (१७२०) आदि ऐतिहासिक कृति हुन् ।

डा. चन्देश्वर शाह लिखित मल्लकालीन मैथिली नाटकसम्बन्धी कृतिका अनुसार लोक जनजीवनबाट आएको मैथिली नाट्य परम्परा किर्तनियालाई निकै प्रसिद्ध शैली मानिन्छ । मैथिली लोकनृत्य र लोकसंस्कृति पनि आधुनिक मैथिली रङ्गमञ्चका अभिन्न पाटा हुन् । यसैको आधारशिलामा मैथिली आधुनिक रङ्गमञ्च बाँचेको छ । यसरी मल्लकालमा सयौँ नाटक लेखिए र प्रदर्शन पनि गरिए तर शाहवंशको सत्तारोहणपश्चात् मैथिली नाटक मौलाउन थाले ।

जनकपुरधाममा नाट्य प्रस्तुति 

मैथिली नाटकको इतिहास पुरानो रहे पनि यसलाई आधुनिकता प्रदान गर्ने कार्य जनकपुरधामबाटै भएको मानिन्छ । साहित्यकार डा. रेवतीरमण लालका अनुसार विसं २०१३ मा वासुदेव ठाकुरको ‘सत्यनारायण भगवान्’ नाटक धनुषाको लोहनामा मञ्चन गरिएको बताइन्छ । विसं २०१६ मा पण्डित जीवनाथ झाको ‘दुर्गाविजय’ नाटक आएको पाइन्छ । सन् १९६० तिर डा. धीरेश्वर झा धीरेन्द्रद्वारा ‘परम्परा’ र ‘चेतनाक मन्दिर’ नाटक लेखिएको पाइन्छ । यसपछि मैथिली नाटक संसारका शीर्षस्थ नाटककार मलङ्गियाको लेखन तथा निर्देशन कार्य हुन्छ, जुन अहिले पनि जारी छ । 

मलङ्गियाका नाटकहरू ‘ओकरा आँगनक बारहमासा’, ‘जुआयल कनकन्नी’, ‘गाम नञि सुतैय’, ‘काठक लोक’, 

‘ओरिजनल काम’, ‘राजा सलहेस’, ‘कमला कातक राम’, 

‘लक्ष्मण आ सीता’, ‘लक्ष्मण रेखाखण्डित’, ‘एक कमलनोरमे’, ‘पुस जाड़ कि माघ जाडड़’, ‘खिच्चडी’, ‘छुतहा घैल’, ‘ओ खाली मुँह देखैछै को’ साथै एकाङ्कीहरू ‘टूटलतागक एकटा ओर’, ‘लेवराह आन्हरमे एकटा इजोत’, ‘गोनूक गबाह’, 

‘हमरो जे साम्ब भैया’, ‘बिरजू’, बिलटू आओर बाबू’, ‘मामा सावधान’, ‘देहपर कोठी खसा दिअ’, ‘नसबन्दी’, ‘आलूक बोरी’, ‘भूतहा घर’, ‘प्रेत चाहे असौच’, ‘फोनक  करामात’, 

‘एकटा बताहि आयल छलय’, ‘मालिक सभ चल गेलाह’, 

‘भाषणक दोकान’, ‘फगुआ आयोजन आ भाषण’, ‘भूत’, 

‘एक टुकड़ा पाप’, ‘मुँहक कात’, ‘प्राण बचाबह सीताराम’ आदि चर्चित छन् ।

आधुनिक मैथिली नाट्य लेखनमा विसं २०४५ देखि नै सव्रिmय रामभरोस कापडी भ्रमरका ‘रानी चन्द्रावती’, ‘एकटा आओर वसन्त’, ‘महिषासुर मूर्दावाद’, ‘सूलीपर इजोत’, ‘बौधु बाजि उठल’, ‘पेटक खातीर’, ‘सुरुज उगवासँ पहिने’, ‘नेताजी आवि रहल छथि’, ‘भैया अएलै अपन सोराज’ आदि बेस ख्याति कमाएका नाटकहरू छन् । डा. रेवतीरमण लालका ‘फूलवती’, ‘समाधिक नगरमे’, ‘निदान’, ‘सपनाक महल’, ‘असमञ्जस, प्रश्नचिन्ह’, ‘उनटा गोनैर’, ‘बेगर्ता’, ‘दाग भेल देखार’, ‘नव घर उठए’, ‘आतंकवादी’, ‘तोरे खातीर’, ‘जेनरेसन ग्याप’ आदि छन् । त्यतिबेला उहाँ नाट्य निर्देशनमा पनि सक्रिय हुनुहुन्थ्यो ।  डा. राजेन्द्र विमलका ‘नौटङ्की चलिरहल अछि’, ‘सीता’, ‘दोहाइ बाबा भूँइया’, ‘खाली हाथ’ आदि नाटक थोरै नै स्थानमा मञ्चन भए पनि व्यापकता पाएका छन् । डा. सुरेन्द्र लाभका ‘चौबटिआ नाटक बताह जनता’, ‘परीक्षाफल’ ले पनि कम्ती चर्चा पाएका छैनन् । रमेश रञ्जनका ‘मुर्दा’, ‘डोमकच्छ’, ‘सखी’, ‘बगिया’, ‘नइँ आब नइँ’, ‘बुधियार छौँडा आ राक्षस’, ‘सामा चकेबा’ तथा अवधेश पोखरेलका ‘नै यौ हजुर भैय्या हमरा मारत’, ‘हेबै करतै भोर’, ‘कम्मो डार्लिङ्ग’, ‘पृथ्वी’, ‘मरजीवा’, ‘अष्टावव्रm’, ‘आधा आकाश’, ‘उधार जुत्ता’ आदि पनि दर्शकको मन जित्न सफल भएको देखिन्छ । 

उपेन्द्र भगत नागवंशीका ‘मूकआत्मा’, ‘अरहुलक फुल’, ‘सिसकैत जीनगी’, ‘नहि आब नहि’, रामविनय मण्डलका ‘कनेक विचार करु’, ‘वाटर झा’, ‘धोछियाही’ आदि नाटकले पनि निकै प्रशंसा बटुलेका छन् । ४० को दशकमा महेन्द्र मलङ्गिया, रामभरोस कापडी ‘भ्रमर’, डा. राजेन्द्र विमल, डा. रेवतीरमण लाल, सुदर्शन लाल कर्ण नाट्य लेखन साहित्याकाशका उज्ज्वल नक्षत्र हुनुहुन्छ । यस्तै ५० को दशकपछि डा. सुरेन्द्र लाभ, रमेश रञ्जन, श्यामसुन्दर शशि, अवधेश पोखरेल, उपेन्द्र भगत नागवंशी, रोशन जनकपुरी, रामविनय मण्डल आदि चर्चित नाटककार हुन् । यसै गरी निर्देशनतर्फ महेन्द्र मलङ्गिया, बलरामप्रसाद राय, रमेश रञ्जन, अमितेश शाह, रीतेश पाटली, पी. चन्द्रशेखर, अनिलचन्द्र झा, परमेश झा, उपेन्द्र भगत नागवंशी, ओमप्रकाश कर्ण, राजेश सक्सेना, प्रियङ्का झा, सरिता साह आदि बहुचर्चित अनुहार हुन् । 

नाट्य सङ्घसंस्था

जनकपुरधाममा चित्रगुप्त सेवा समितिद्वारा सञ्चालित चित्रगुप्त सांस्कृतिक केन्द्र, मिथिला नाट्यकला परिषद् (मिनाप), युवा नाट्य कलापरिषद् (युनाप), परवाहा, अभियान, आकृति, रामानन्द युवा क्लब, रङ्गदर्पण नेपाल, रङ्गभूमि, सोच नेपाल, एक्ट, प्रतिविम्ब, प्याक नेपाल र सोच नेपाल आदि नाट्य संस्था आफ्ना स्थापनाकालमा निकै सक्रिय छन् तर यिनको सक्रियतामा ह्वात्तै कमी आएको पाइन्छ । यीमध्ये कतिपय निष्व्रिmय तथा प्रायः बन्द भइसकेको अवस्था पनि पुगिसकेका छन् । भनिन्छ, यी संस्थाको टिक्ने आधार नै सडक नाटक र सांस्कृतिक कार्यक्रम हुन् ।

विसं २०३० तिर जनकपुरमा चित्रगुप्त सेवा समितिले डा. रेवतीरमण लालको निर्देशनमा ‘चिनिक लड्डु तथा एकराति’, ‘उगना रे मोर कतय गेलैए’, ‘हथटुट्टाकुरसी’, ‘बसात’, ‘लक्ष्मण रेखा खण्डित’, ‘आगि धधकि रहल छै’, 

‘ताल मुठ्ठी’, निर्भयशङ्कर लालको निर्देशनमा ‘लल्ला भेलाह बेल्लाह’, ‘लाली भेलीह बेलल्लीह’ आदि नाटक प्रदर्शन गरेका भेटिन्छ । २०३६ सालमा स्थापित मिथिला नाट्यकला परिषद्ले महेन्द्र मलङ्गियाका लगभग सबै नाटक, ‘रोशन जनकपुरी’, रमेश रञ्जनका नाटकहरू प्रदर्शन गरिसकेका छन् । यस्तै २०४२ सालमा स्थापित युवा नाट्यकला परिषद्, परवाहाले पनि मलङ्गियाका लगभग सबै नाटक, भारतीय मिथिला क्षेत्रका नाटककारका नाटकहरू रामरेखा पण्डितको निर्देशनमा गरिसकेका छन् । 

विसं २०४७ मा डा. राजेन्द्र विमल, सरस्वती चौधरी, डा. सुरेन्द्र लाभ, उपेन्द्र भगत नागवंशीको सक्रियतामा अभियान नाट्य समूह गठन भएको थियो । २०४९ सालमा स्थापित आकृति नाट्य संस्थाले रामभरोस कापडी तथा उपेन्द्र भगत नागवंशीका लगभग सबै नाटक मञ्चन गरिसकेका छन् । यो समूहले परम्परागत नाट्य प्रस्तुति र शैलीलाई ब्रेक गर्दै आफ्नो छुट्टै विशिष्ट पहिचान छोटो समयमै बनाएको थियो । अब यो नाट्य समूह नरहे पनि मैथिली रङ्गमञ्चमा पु-याएको योगदानलाई बिर्सन सकिँदैन । कुनै बेला मिनापबाट अलग्गिएर रमेश रञ्जनले सङ्कल्प नाटय संस्था गठन गर्नुभएको थियो । यसले महोत्तरीको मठिहानीमा उहाँद्वारा लिखित नाटक ‘मुर्दा’ मञ्चन गरेको थियो । 

नाट्य महोत्सव तथा सम्मान 

मैथिली नाटकलाई स्तरोन्नति गर्न तथा अन्तर्राष्ट्रिय नाट्य जगत्मा पहिचान स्थापित गर्नका लागि रामानन्द युवा क्लब, युवा नाट्यकला परिषद्, परवाहा, मैथिली विकास कोष आदिले बेला बेलामा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्दै आएका छन् भने नेपाल र भारतमा आयोजना हुने महोत्सवहरूमा यहाँका सङ्घसंस्थाले आफ्नो प्रस्तुतिले प्रसिद्धि मात्रै होइन, पुरस्कार तथा सम्मान पनि पाइरहेका छन् । 

सन् १९९४ मा भारतको पटनामा अरिपनद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा चित्रगुप्त सांस्कृतिक केन्द्रले डा. रेवतीरमण लालको निर्देशन तथा डा. अरविन्दकुमार अक्कुका लेखनमा ‘आगि धधकि रहल छै’ नाटक मञ्चन गरेको पाइन्छ । यस्तै मिनापका कलाकारहरू २०४८ सालमा विराटनगरमा चतुर्भुज आशावादीद्वारा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सर्वश्रेष्ठ अभिनेता मदन ठाकुर, सर्वश्रेष्ठ अभिनेत्री रेखा कर्ण र सर्वश्रेष्ठ चरित्र अभिनेता रमेश रञ्जन पुरस्कृत हुनुभएको थियो । केही वर्षदेखि मिनापले प्रत्येक वर्ष भारतको अयोध्यामा आयोजना हुने गरेको दीपोत्सवमा ‘जानकी लीला’ प्रस्तुत गर्दै आएको छ । 

विसं २०४२ मा स्थापना भएका रामानन्द युवा क्लबले २०५८ र २०६० मा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरेको थियो । अवधेश पोखरेल र रमेश रञ्जनका नाटकहरू मञ्चन भएको थियो । क्लबले मञ्चन गर्ने नाटकहरूको निर्देशन भारतीय कलाकार पी. चन्द्र शेखरले गर्नुभएको थियो । युनाप परवाहाले जनकपुरमा २०७१ सालमा नेपाल–भारत अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने गरेको राष्ट्रिय नाट्य महोत्सवमा मिनाप प्रत्येक वर्ष सहभागी हुँदै आएको थियो । मिनापका कलाकार सुनिल मिश्रले नाट्य महोत्सवमा सर्वाेत्कृष्ट अभिनेताको पुरस्कार पाउनुभएको थियो भने २०५७ सालको नाट्य महोत्सवमा पुनिता ढकालले सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार पाउनुभएको थियो । अभियान नाट्य समूहले कापडी लिखित तथा बलराम रायद्वारा निर्देशित ‘एकटा आओर वसन्त’ नामक नाटक २०४९ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरेको थियो । यसै गरी प्रतिष्ठानले झापामा आयोजना गरेका क्षेत्रीय नाट्योत्सवमा आकृति नाट्य संस्थाका उपेन्द्र भगत नागवंशीले सर्वाेत्कृष्ट अभिनेताका सम्मान पाएका थिए । रामभरोस कापडी लिखित र अमितेश शाह निर्देशित नाटक ‘महिषासुर मुर्दावाद’ ले २०५७ सालमा क्षेत्रीय सर्वाेत्कृष्ट अभिनेता र त्यसलगत्तै २०५८ मा काठमाडौँमा आयोजित महोत्सवमा राष्ट्रिय सर्वाेत्कृष्ट अभिनेताको सम्मान पायो । यसै गरी नागवंशीकै लेखन र निर्देशनमा मञ्चित नाटक ‘मूकआत्मा’ का लागि ओमप्रकाश कर्णलाई २०६० सालमा सर्वाेत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरिएको थियो । 

यसरी नै भारतको कोलकातामा आयोजित फोरम थिएटर फेस्टिभलमा ओमप्रकाश कर्णको नेतृत्वमा जनकपुर रङ्गभूमिको प्रस्तुति भएको थियो । महोत्सवहरूमा नेपाल र भारतका रङ्गकर्मीको जमघटले एकअर्काको सिर्जनात्मक पक्षलाई अवलोकन गर्ने, समीक्षा गर्ने अवसर पाउने गरेका छन्; जुन सराहनीय छ । यसैबिच मधेश प्रज्ञा–प्रतिष्ठानले मधेश प्रदेशका नाट्यकर्मी सम्मिलित गोष्ठी आयोजना गरी भावी कार्य रणनीति तथा योजनाहरू निर्माणमा जुटेको बताइन्छ । 

गाउँमा नाट्य प्रस्तुतिको संस्कृति र अभ्यास 

धनुषाको बभनगामा, परवाहा, बघचौडा, गङ्गुली, नगराइन, खजुरी, कुम्हरौडा, बहुअर्वा, नौवाखोर प्रसाही र महोत्तरीको सुगा आदि स्थानमा बर्सेनि नाटक मञ्चन हुँदै आए पनि केही वर्षदेखि यसमा ह्रास आएको पाइन्छ । 


दसँैदेखि छठ पर्वसम्म कम्तीमा दुई वा तीन पटक नाटक मञ्चन हुने गथ्र्याे यहाँ । नाटक प्रदर्शनका नजिकै रहेका जनकपुरधाम सहर र सीमावर्ती भारतीय बजार जयनगरको भर पर्नु पथ्र्याे । नाट्य प्रदर्शनका लागि नाटकका किताब, स्व्रिmप्ट प्रमुख तŒव थिए अनि निर्देशन तथा दुनियाँका कुरा । किताब खोज्न कि जनकपुरधामको रेलवे स्टेसनस्थित राजेन्द्र बुकस्टाँल कि त योगेन्द्र साह नेपालीका जानकी पुस्तक भण्डार वा उहाँ नै अध्यक्ष रहेको जनकचोकस्थित मिथिला नाट्यकला परिषद्को कार्यालयमा पुग्नु पथ्र्याे । सीमापारिका मैथिली नाटककारहरूको किताब खोज्न भने जयनगर जानु पथ्र्याे ।  धेरैभन्दा धेरै नाटकका किताब छापिएका हुँदैनथ्यो । त्यसैले लेखकले लेखैकै पाण्डुलिपिका आधारमा कलाकारहरूको भूमिका अनुसार कापीमा संवाद लेखिन्थ्यो । प्रिन्टर, फोटोकापी मेसिन थिएन । टाइपराइटर थियो तर टाइप गराउने पैसा चाहिँ हुँदैनथ्यो । फोटा खिच्न पनि ३६ वटा रिल भएका ‘आशिका एमएफ २’ मात्र एक सहारा हुन्थ्यो । कलाकारहरूमा आफ्ना फोटा हेर्न लुछाचुँड हुन्थ्यो । 

मैथिली नाटक त्यो पनि गाउँमै गर्नुपर्ने परम्परा । यसका लागि पहिले लालटिन टुकी बालेर सबैलाई फुर्सद भएका बेला अबेर साँझसम्म पूर्वाभ्यास (रिहर्सल) । प्रदर्शनको दिन नजिकिँदै गएपछि घर घर पुगेर कलाकारलाई पूर्वाभ्यासका लागि बोलाउनु पथ्र्यो । गाउँका ठुलाबडादेखि सर्वसाधारणसम्म पनि चन्दाको जोहो गर्नु पथ्र्यो । प्रदर्शनका दिन स्टेजका लागि खुट्टाखम्हनी गाड्ने कडा परिश्रम गर्नु पथ्र्यो । दर्शक बोलाउन साँझैदेखि अहुजा कम्पनीको लाउडस्पिकर घन्किने, पेट्रोम्यास बालेर, स्टेज कभर हुने गरी एउटै माइकले नाटक मञ्चन, त्यो पनि खुला आकाशमुनि हुन्थ्यो । 

मञ्चको मुखमा दुइटा सिँढी, बाँस गाड्नुपर्ने, घर घरबाट काँधमा बोकेर सुत्ने खाट (चौकी) स्टेजका लागि ल्याउनु, चनमा टाँग्नु, फेरि पर्दा टाँग्नु, मेकअपका लागि मुर्दाशङ्ख नभए घरकै लिपस्टिक, स्नो पाउडर, पुरुषले नै महिलाको भूमिका गर्दा पोसाकमा ब्लाउज र ब्रा खोज्न पनि झन्झट थियो । घरको दृश्य देखाउन पिँढी, खरबाँस, बत्ती अनि बारीमा भएका घिरौँला, लौका र फर्सीका लत्तीफत्ती, टुकी (डिबिया), गुन्द्री (चटाई) आदिको व्यवस्थापन गुर्न पथ्र्यो । यसरी ‘स्टेजक्राफ्ट’ गर्न पनि कम्ती जोखिम हुँदैनथ्यो । 

स्टेज तयार भएमा एउटा कुनामा हारमुनियम, ढोलक, झ्याल, बाँसुरी बजाउने बजनियाँहरूले आआफ्ना सुर कस्थे । दर्शक पनि कम्ती होइनन्, कसैको हातमा गुन्द्री त कसैको हातमा पराल, यिनीहरूमै बसेर खुला अकाशमुनि मध्यरातसम्म नाटकको आनन्द लिने गर्थे । त्यसैले नाटक गर्ने उत्तिकै झन्झटिलो । दर्शकहरूले बस्नका लागि पराललाई लिएर झिनाझपटी, परालधनीसँग विवाद, त्यसलाई साम्य गर्नुपर्ने आयोजकको चुनौती कम्ती हुँदैनथ्यो । 

यसरी नै हुने गथ्र्याे जनकपुरवरिपरिका गाउँमा नाटक । अहिले भने समय बदलिएको छ । रङ्गमञ्चमा दैनिक नौलो प्रयोग तथा अभ्यास भइरहेका बेला परिवर्तन देखिनु अस्वाभाविक होइन । जिम्मेवारी पनि थपिएको छ, रङ्गकर्मीमा । गाउँ गाउँमा हुने नाटक मञ्चन बन्दप्रायः भइसके । सहरमै पनि नाटक प्रदर्शनको अवस्था सुस्त देखिन्छ । नाटक हुने भनेकै उत्सव र महोत्सवहरूमा हो भन्दै मैथिली नाटकका लागि दर्शकको अभाव नरहेको ठोकुवा गर्नुहुन्छ, रङ्गकर्मी रामनारायण ठाकुर । “कलाकारकै सहयोगमा खुला मञ्च र बिनापूर्वाधार नाटक मञ्चन गर्दा पनि दर्शकको ओइरो लाग्ने गथ्र्याे । मैथिली नाटकमा दर्शक बटुल्न गाह्रो छैन,” उहाँ भन्नुहुन्छ ।  दर्शकको रुचि, समकालीन विषयवस्तु, आधारभूत भौतिक संरचना, व्यवस्थापकीय कुशलतासहित नाट्य समूह तयार पार्न सके मैथिली नाटकले मध्यकालीन उचाइ पाउन सक्ने उहाँ बताउनुहुन्छ ।

नाटक मञ्चन भइरहँदा भिड समाल्न आयोजकलाई हम्मे हम्मे पथ्र्याे । नाटकका एक से एक पारखी थिए, जो आफ्नै लगानीमा नाटक प्रदर्शन गर्न लगाउँथे । रातभर जाग्राम बसेर हेर्नेहरूको उत्सुकता उत्तिकै हुन्थ्यो । कुनै बेला मिथिला क्षेत्रमा मञ्चित मैथिली नाटकको रस यसरी बसेको थियो । 

अन्त्यमा 

मैथिली रङ्गमञ्चको सबभन्दा कान्छो पुस्ता अलि फरक छ । त्यो पुस्ताले फरक बुझ्छ, फरक सोच्छ र फरक अभिव्यक्त गर्छ । सरिता साहका ‘काशीदेवी’, ‘ढकियामे नागरिकता’, प्रियङ्का झाको ‘सखी’, ओमप्रकाश कर्णको ‘गोत्र’ ले यसलाई पुष्टि गर्छ । काठमाडौँमा जमेकी सरिता साह र ओमप्रकाश कर्णले देशविदेशमा पनि आफ्ना प्रस्तुति साझा गरिसक्नुभएको छ । दर्शकको विश्वास जित्न सजिलो नभएको बताउँदै दुई दशक लामो अनुभव बटुलेका विष्णुकान्त मिश्र भन्नुहुन्छ, “प्रविधिले सिनेमाको बजार कति ठुलो बनाइदियो भने त्यसका अगाडि नाटकका दर्शक ज्यादै कम भएका छन् । जति ठुलो बजार, उति धेरै चल्यो । खाँटी इलेक्ट्रोनिक्स मिडिया, युट्युबलगायतका सामाजिक सञ्जालका दिनानुदिन बढ्दो प्रयोग तथा द्रुत विकासले नाटक नै धरापमा प-यो ।” 

वास्तविक अभिनयको स्वाद, सन्तुष्टि र आनन्द चाहिँ नाटकमै छ, प्रियङ्का झा थप्नुहु्न्छ, “दर्शकसँग प्रत्यक्ष सम्बन्ध र संवाद हुन्छ । प्रतिक्रिया पनि तत्कालै पाइन्छ ।” नाटकमा समुद्र मन्थन जस्तै जटिल प्रक्रिया पार गर्नु पर्छ, अनि मात्रै मोती पाउन सकिन्छ वा अन्य श्रेष्ठतम् वस्तु । कहिलेकाहीँ विषको घैँटो पनि स्वीकार गर्नुपर्ने हुन्छ । कतिपयले नीलकण्ठ भएर विषपान पनि गरेका छन् । यस क्षेत्रका रङ्गकर्मी भनेका ती नीलकण्ठहरूको समूह हो; जो आफ्नो जीवनलाई विषमा डुबाएर नाटकका लागि अमृत छाड्ने गर्छ ।

यद्यपि, जनकपुरका रङ्गमञ्च परिपक्व भएर कहिल्यै अघि बढ्न सकेन । यसमा जोश र चञ्चलता थियो, गम्भीरता थिएन । सोख, देखासिकी र अभिलाषाले मानिस कला क्षेत्रमा आए । त्यसले गर्दा रङ्ग गतिविधिमा तीव्रता आयो । यसले नाटकको मात्रै वृद्धि भयो, स्तरीयताले चरमोत्कर्ष चुम्न सकेन । नाट्यलेखनमा मात्रै होइन, प्रस्तुति र अभिनयसमेतमा नयाँ प्रयोग भइरहेका बेला पुरातन अवधारणालाई त्याग्दै आधुनिक नाट्यचेत, अवयवले विश्व समकालीन रङ्गमञ्चसमक्ष मैथिली नाट्यजगत्लाई उभ्याउनु आजको आवश्यकता हो ।