• १३ पुस २०८१, शनिबार

महान् वैज्ञानिक अल्फ्रेड नोबेल

blog

संसारमा विलक्षण प्रतिभा दुर्लभ हुन्छ, जसले जस्तो धन, सम्पत्ति र वैभव मानवताका लागि समर्पित गर्दछन् । वैज्ञानिक कुनै एक देशको  हुँदैन । वैज्ञानिकले आफ्नो जीवन सत्यको खोजीमा अर्पण गरेर सम्पूर्ण मानवताको कल्याणको लागि मार्गप्रशस्त गर्दछन् । सत्यको खोजीमा आफ्नो जीवन र त्याग अर्पण गर्ने वैज्ञानिक थिए अल्फ्रेड नोबेल । उहाँले आफ्नो अपार सम्पत्ति आफ्नो वारेसनामामार्फत विश्वका वैज्ञानिकहरूलाई शान्ति स्थापना गर्नका लागि शान्तिदूतलाई समर्पित गर्नुभयो ।

अल्फ्रेड नोबेलको सबै धनसम्पत्ति नोबेल फाउन्डेसन ट्रस्टमा सुरक्षित छ । यसबाट प्राप्त ब्याज संसारको सर्वाधिक सम्मानित ‘नोबेल पुरस्कार’ हरेक वर्ष विश्वको लब्धप्रतिष्ठित वैज्ञानिकहरूलाई उल्लेखनीय योगदानका लागि प्रतिवर्ष डिसेम्बर १० का दिन प्रदान गरिन्छ । यो पुरस्कार रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्सा विज्ञानका अतिरिक्त साहित्य र शान्तिका लागि विशेष योगदान दिने वैज्ञानिकलाई प्रदान गरिन्छ । सन् १९६९ देखि अर्थशास्त्र विषयमा पनि यो पुरस्कार सम्मिलित गरियो ।

सन् १९०१ मा पहिलो पटक अल्फ्रेड नोबेलको सम्झनामा नोबेल पुरस्कारको प्रारम्भ भएको हो । यसलाई प्राप्त गर्ने प्रथम भाग्यशाली व्यक्तिहरू थिए, भौतिकशास्त्रमा एकस किरणको खोज गर्ने वैज्ञानिक डब्लु के रोन्टजन, रसायनशास्त्रको क्षेत्रमा जेएच वान्टहाफ, चिकित्सा विज्ञानको क्षेत्रमा इए वान वहरिङ, शान्तिको क्षेत्रमा जिनएच डुनेन्ट र फ्रेडरिक पासी, साहित्यमा सुली प्रधोय, पहिलो महिला वैज्ञानिक फ्रान्सकी मेरो क्युरी । यसै व्रmममा यो सम्मान सन् १९१३ मा साहित्य क्षेत्रमा भारतीय नागरिक रवीन्द्रनाथ टैगोर, भौतिकशास्त्रमा सन् १९३० मा सिबी रमन, शान्तिको क्षेत्रमा सन् १९७९ मा मदर टेरेसाले प्राप्त गरिसक्नुभएको छ । 

वैज्ञानिक इमेन्युल नोबेलको सेन्ट पिटसवर्गमा ‘नाइट्रोग्लिसरिन’ को उद्योग थियो । यस रसायनको उपयोग विस्फोटकका रूपमा गरिन्छ । यो रसायन त्यसबेला ब्लास्टिग आयलको नामले प्रसिद्ध थियो । नोबेलको बुवाको यस उद्योगको प्रारम्भकालमा दुःखदायी दुर्घटनाको सिकार बन्नु परेको थियो । सन् १८५९ मा अति कठिन अवस्थामा सङ्घर्ष गर्नु परेकाले वैज्ञानिक नोबेल स्विडेन जानुभयो र त्यहाँ नाइट्रोग्लिसरिनको उत्पादनमा एक दिन भीषण विस्फोट भयो । जसले गर्दा कार्यरत धेरै कामदार मजदुर र नोबेलको कान्छो भाइ एमिलको मृत्यु भयो । सम्पूर्ण कारखाना ध्वस्त भयो । स्विडेन सरकारबाट कारखाना पुनर्निर्माणको अनुमति नपाएपछि नोबेलले मालरिन सरोवरमा बाँध निर्माण गरेर उत्पादन जारी राख्नुभयो । यसको शोधकार्य नाइट्रोग्लिसरिनको सुरक्षित परिवहनमा केन्द्रित थियो । एक दिन एक्कासि उहाँलाई आफ्नो उद्देश्यमा आकस्मिक सफलता प्राप्त भयो । 

एक दिन बेलुकापख अल्फ्रेड नोबेलले प्रयोगशालामा देख्नुभयो कि एउटा विशेष काबर्निक पेकेजमा नाइट्रोग्लिसरिन अवशोषित भएको थियो । यस किसिमले थाहा पाइयो कि यो विस्फोटकलाई प्याकेजिङ गर्न सजिलो हुने भयो र एक ठाउँबाट अर्काे ठाउँमा लग्न सहज हुन गयो । नोबेल आफ्नो यस खोजबाट निकै उत्साहित हुनुभयो । पछि गएर ‘डायनामाइट’ को निर्माण गर्नमा उहाँ सफल हुनुभयो । साथै डायनामाइटको परिवहन कार्य सुरक्षित र सरल हुन गयो । सन् १८६७ मा डायनामाइटलाई बेलायती सरकारबाट र सन् १८६८ मा अमेरिकी सरकारबाट पेटेन्ट प्राप्त भयो । सन १८८९ मा उहाँले ‘बेलिस्टाइट’ नामको धुवाँ नआउने विस्फोटकको निर्माण गर्नुभयो ।

नोबेलले कुल ३३५ पेटेन्ट बनाउनुभयो, जसमा कृत्रिम रबर र कृत्रिम रेसम पेटेन्ट पनि थियो । वाफोर्स भन्ने स्थानमा विस्फोटक पदार्थको विशाल कारखाना बनाउनुभयो । यस किसिमले उहाँले अपार धन आर्जन गर्नुभयो । नोबेलको उद्योगको प्रतिष्ठा निकै बढ्न गयो । किनभने डायनामाइटबाट सुरक्षित विस्फोट गराउन सजिलो हुन गयो र संसारका विभिन्न देशले सडक, पुल इत्यादि बनाउन दुर्घटनारहित अवस्थामा तीव्र गतिले निर्माण कार्य सम्पन्न हुन थाल्यो । वर्तमान अवस्थामा यस प्रव्रिmयाबाट सडक निर्माण कार्य सुगम तरिकाले हुँदा मानिसको जीवनशैलीमा निकै परिवर्तन आयो । सन् १८७५ मा प्रयोग गर्दा नोबेलको एउटा औँला काटिन पुग्यो, उहाँले काटिएको ठाउँमा कोलाडियन गम लगाउनुभयो । उहाँले नाइट्रोग्लिसरिनलाई कोलाडियनसँग प्रव्रिmया गराउँदा एउटा आश्चर्यलाग्दो झिल्ली जस्तो पदार्थ बन्न गयो र यो डायनामाइटभन्दा बढी विस्फोटक शक्ति थियो । नोबेलले यसको नाम ‘डानामाइट गम’ राख्नुभयो ।

विस्फोटक पदार्थको व्यापारमा प्राप्त सफलताबाट वैज्ञानिक नोबेल निकै उत्साहित हुनुभयो । अन्य किसिमका मेसिन र रासायनिक पदार्थको परीक्षणमा उहाँ तल्लीन हुनुभयो । जीवनभरि उहाँ अविवाहित रहनुभयो । अल्फ्रेड नोबेलको १० डिसम्बर सन् १८९४ मा विस्फोटक पदार्थको परीक्षण गर्दा दुःखद निधन भयो । नोबेल सम्पत्तिको उपयोग गरी नोबेल फाउन्डेसन ट्रस्टको स्थापना गरियो र यसका अध्यक्ष स्टिग रोमेल हुनुभयो । सन् १९०१ देखि नोबेल पुरस्कारको प्रारम्भ गरिनुका साथै पुरस्कार प्राप्तकर्तालाई एउटा प्रशस्तिपत्र पनि दिने निर्णय गरियो ।

यो पुरस्कार हरेक वर्ष डिसम्बर १० का दिन शान्तिका लागि नर्वेको ओस्लो नामको सहरबाट प्रदान गरिन्छ भने बाँकी अन्य विषयका लागि स्टाकरोभबाट प्रदान गरिन्छ । इन्टरनेसनल रेडव्रmस कमिटीलाई शान्तिका लागि तीन पटक यो पुरस्कार दिइएको छ । साथै जान बर्डिन, मेरी क्युरी, फेडरिक सेङ्गर र लिनस पालिङलाई दुई/दुई पटक यो पुरस्कार दिइएको छ । शरणार्थीको उद्धारको क्षेत्रमा कार्य गरेबापत संयुक्त राष्ट्रसङ्घ उच्चायुक्त कार्यालयलाई शान्तिका लागि दुई पटक नोबेल पुरस्कार प्रदान गरिएको छ । सर्वाधिक नोबेल पुरस्कार पाउनेमा अमेरकाका बासिन्दा रहेका छन् भने त्यसपछि बेलायतका नागरिक पर्छन् । मानवताको कल्याण गर्नमा नोबेलले महान् योगदान दिनुभयो किनभने सडक बनाउन, सुरुङ बनाउन, बाँध र तटबन्ध बनाउनका लागि डाइनामाइटको प्रयोग गरिन्छ ।