दुई बिराला (कथा)
मलाइ बिरालो प्रिय लाग्दैनथ्यो । मेरो बाल्यावस्थामा मेरो अग्रज लगायत गाउँलेले समेत बिरालोलाई बोक्सीको सूचना वाहकको रुपमा चित्रित गर्ने गर्थे । बिरालो अपशकुन हुने कुरा उनीहरु बताउँथे । यसकारणले पनि होला बिरालो मेरो मनमा एउटा त्रासदीपूर्ण राक्षसको रुपमा अङ्कित भएको थियो र म्याउ शब्दले द्वेष र घृणा सिर्जना गथ्र्यो र हरेक चोटि म्याउ सुन्ना साथ म झसङ्ग हुन्थें । एक दिन मेरो घरपरिसरमा दुईटा साना बिराला देखियो । ती बिरालाहरु घाइते जस्ता देखिन्थे । रगतको टाटाहरु स्पष्ट देखिन्थ्यो । मलाइ याचनाको भावमा एकटकसँग दुवै बिरालाले हेरेको जस्तो लाग्यो । तिनी
मृत्यु सन्त्रास (कविता)
साँझ पर्छ रात छिप्पिन्छ मिर्मिरे हुन्छ बिहान झुल्किन्छ मध्याह्न हुन्छ
अनुभूतिको सजलतामा उनिएका कविता
विसं २०८० को मध्यतिर कलम प्रकाशन प्रालि काठमाडौँले सार्वजनिक गरेको नवीन शैली र प्रयोगात्मक प्रस्तुतिको काव्य व्यञ्जना हो, ‘त्यसरी त कहिल्यै सोचिएन’ । एक दशकको काव्य यात्रामा कविवर निर्भीकजङ्ग रायमाझीका ५० वटा फुटकर कविताको सङ्ग्रहका रूपमा आएको यो पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड अन्तर्गत मनको ‘आँखीझ्यालमा’ १० वटा बेग्लाबेग्लै लेखाजोखा भएका जीवन चेतनाका आलापहरू छन् । कुनै ती परस्पर खण्डित छन्, कुनै ती सिलसिलेवार गतिले निसृत पनि । अनुभूतिको सजलतामा उनिएका कला गाथा हुन् यी ।
नियात्राको यात्रा
नियात्रा–ना.(सं).१. यात्रानिबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप । २. यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध । (नेपाली बृहत् शब्दकोश, पृष्ठ ६९१, दसौं संस्करण/२०७५ कदाचिन्नारदो योगी परानुग्रहवाञ्छया ।
नेपालको प्रसिद्ध राममन्दिर
मानिसहरू अक्सर राममन्दिर भन्नेबित्तिकै जनकपुरको रामजानकी मन्दिर र भारतको अयोध्यास्थित राममन्दिर बुझ्ने गर्छन् । धेरैलाई थाहा नहोला; नेपालको प्रसिद्ध राममन्दिर काठमाडौँ, बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर हो । विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीको परम पावन एवं आस्थाको पवित्र स्थलका रूपमा सनातनकालदेखि प्रसिद्ध रहेको पशुपति क्षेत्रको दक्षिणपश्चिम दिशामा श्रीरामचन्द्र मन्दिर रहेको छ । मन्दिरमा शालिग्रामशिलाबाट निर्मित रामसहित सीता, लक्ष्मण, भरत एवं शत्रुघ्नको पूर्ण कदका मूर्तिहरू रहेका छन् ।
दर्शन कामाख्या
हामी एकै ठाउँका भाइबन्धुहरूबिच कामाख्या भगवतीको दर्शन गर्न गुवाहाटी जाने सल्लाह भए अनुसार २६ जना यात्री गत चैत २० का दिन बसबाट प्रस्थान गर्यौँ । यात्रुहरू गोरखा, हर्मीका घिमिरे बन्धुहरू परिवारसहित तथा घिमिरेकै चेलीहरू थिए । यात्रालाई रोमाञ्चक बनाउन हामीले भोगिआएका घटना, बाल्यकालका गतिविधिदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय यात्राका क्रममा अनुभव गरिएका तथा पेसा व्यवसायको सिलसिलामा सँगालिएका अनुभवरूपी पुस्तकका पानाहरू केलाउने काम भइरहन्थे । सुरुको दिन भिमानसम्म बिपी राजमार्ग र त्यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै इटहरीमा बास भयो । २१ गते बिहानै हाम्रो बस इटहरीबाट पूर्व हानियो । बिहानको खाना राज
बौद्ध तीर्थस्थल लुम्बिनी
नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउने दुई प्रमुख स्थलमध्ये पहिलो स्थल विश्वको सर्वोच्च शिखर सगरमाथा हो भने दोस्रो हो, विश्वशान्तिका महान् अग्रदूत भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र । भगवान् बुद्ध लुम्बिनीमा जन्मेकाले पनि नेपाल विश्व परिचित छ । हिन्दु धर्मावलम्बीका लागि काशी, मुसलमानका लागि मक्का मदिना र ख्रिस्टहरूका लागि जेरुसेलमले जुन स्थान ओगटेको छ, त्यस्तै बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी क्षेत्र महत्त्वपूर्ण रहेको छ । बुद्धको जन्मस्थान लुम्बिनी भएकाले लुम्बिनी बौद्ध तीर्थस्थलका रूपमा विश्वमा चिरपरिचित छ । लुम्बिनी भगवान् बुद्ध सिद्धार्थ राजकुमारको जन्म भएको पवित्र स्थल हो । लुम्बिनी एउटा रमणीय, सुन्दर, राम्रो उपवनको नामले प्रसिद्ध छ । बुद्धत्व प्राप्त भएपछि बुद्ध स्वयंको धर्मदेशनाका सिलसिलामा लुम्बिनी
दाफा खलः
देशको परिस्थिति र आवश्यकताका आधारमा परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, परम्परागत बाजाको ताल र शब्दहरूको संयोजन नै दाफा हो । परम्परागत खिं (मृदङ्ग) बाजा बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भ
बाबाको स्मृति
घडीमा करिब रातको ११ बजिसकेको थियो । मधुरको मोबाइलमा घन्टी बज्यो । मधुर आफ्नो मोबाइल उठाउँदै स्नेहासँग कुरा गर्न थाल्यो । मधुर : के छ स्नेहा ?
साहित्यको सैद्धान्तिक व्याख्या
वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन् । वैचारिक रूपमा
इच्छापत्र (कविता)
म मरेपछि मेरो लासमा पार्टीको झन्डा नओढाउनू नेपालको झन्डा ओढाइदिनू
तिम्रो झल्को आइरन्छ (कविता)
तिम्रो झल्को आइरन्छ मलाई जहिले पनि मेरो मुटुभित्र रहेकी छ्यौ तिमी अहिले पनि
सगरमाथा पदमार्गको राजधानी
संसारकै खतरनाक विमानस्थलमध्ये एक लुक्ला एयरपोर्ट दुई हजार ८४० मिटरमा अवतरण गरेका के थियौँ । पररर ताली बज्यो । सानो जहाजले सुरक्षित अवतरण भएकोमा एक प्रकारको खुसियाली र सन्तोषको ताली थियो त्यो, जहाजमा सवा
त्यो क्रान्तिको प्रतीक
गोविन्दबहादुर मल्ल गोठाले नेपाली कथा जगत्को प्रथम चरणका यशस्वी कथाकार हुन् । सुब्बा ऋद्धिबहादुर मल्लका छत्रछायामा हुर्केका उनले जीवनको प्रारम्भिक क्षणमै साहित्य सिर्जनाको अनुकूल वातावरणसित एकाकार हुने सुअवसर पाए
अभियात्रा
मानिस विद्या, ज्ञान, विवेक अनि अनुभवद्वारा खारिँदै जाने व्रmममा आफैँलाई चियाउन र आत्ममूल्याङ्कन पनि गर्न थाल्छ । ऊ वैयक्तिक जीवनमा भौतिक आवश्यकतालाई भन्दा आत्मिक आवश्यकतालाई महìव दिन थाल्छ । आत्मि
धार्मिक स्थल ढोरवराह
उत्तरगङ्गा नदीको उद्गम स्थल र ढोरवराहको थान एकै ठाउँमा रहेकाले ढोरवराहलाई उत्तरगङ्गा ढोरवराह भन्ने गरिएको हो । यहाँ रहेका सातमुले मूल, वराह मूल र अपुता मूल उत्तरगङ्गा नदीका मुहान हुन् । सुर्तिबाङ पहाडको उत्तरी मोहडाको फेदी
जातीय विभेद सामाजिक मनोविज्ञान
नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ । सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् । हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा
मृत्यु ऐन (कथा)
मृत्यु ऐन श्रुति परम्परामा आधरित ऐन हो । यो लामो समयदेखि हिमवत्खण्डमा चलिआएको छ । समाजमा धेरै कानुन संहिताकरण भएसँगै यो महत्वपूर्ण कानुन पनि संहिताबद्ध गर्न थालनी गरिएको हो । भोलिको समाजले मृत्यु ऐनको लेख्य प्रमाण खोज्दा सहज र सरल रूपमा उपलब्ध होस् भन्ने लोकको चाहना अनुसार मृत्यु ऐन दस्ताबेजीकरण गरिएको हो । बाजेले भने अनुसार परापूर्वकालमा सम्पूर्ण समाज एकदम सुव्यवस्थि
पुग्नु छ मेरै धरा (कविता)
आमा यो परदेशमा अब छिटै जाने भयो प्राण नै गोली बारुदमा फसेर दुनियाँ लाने भयो प्राण नै आएँ जीवन खोज्न दूर सहरै छाडेर आफ्ना उतै कस्तो आपतमा हुल्यो नियतिले सारा लुट्यो भाग्य नै ।१। रुन्छन जो घरमा सबैजन हेरेर तस्बिरमा
नेपालको शैक्षिक इतिहास
शिक्षाबिना कुनै पनि मुलुकको भविष्य निर्माण असम्भव छ । शिक्षामा नागरिक पहुँच, गुणस्तर र व्यक्तिको अन्तरनिहित शक्तिलाई रचनात्मक सिप र ऊर्जामा परिणत गर्ने तौरतरिकामै देशको विकास निर्भर गर्छ । नेपालको शैक्षिक क्षेत्र अझै पनि समस्यामुक्त छैन । समकालीन विश्वका कतिपय मुलुकभन्दा धेरैपछि मात्र नेपालमा संस्थागत शिक्षाले जरा फैलाउन थाले पनि यसको विगत अध्ययन गर्न पर्याप्त शैक्षिक सामग्रीको अभाव थियो । यो अभाव परिपूर्ति गर्न प्राडा श्रीरामप्रसाद उपाध्यायको भर्खरै मात्र नेपालको शैक्षिक इतिहास पुस्तक सार्वजनिक भएको छ । नेपालको शैक्षिक विगत जानकारी राख्न चाहनेका निम्ति पुस्तक उपयोगी हुन सक्छ ।
अक्करमुनि चामे
झ्याप्प ! गै त गो बत्ती । चामे टेक्नु पनि अन्धकारले सर्लक्कै निल्नु बराबरी भयो । फेरि पानीका थोप्लाथोप्ली बढेर ठुल्ठुलै भए । छातै छेडूँला भएर दर्कियो झरी । खोइ, कता लाग्नु । खोइ, कता अडिनु । खोइ, कता छेकिनु । कतै क्यै नदेखेको चामेलाई मैले आँखा तिखा पारेर अँध्यारोमा छामछाम छुमछुम गरेँ । निकै गहिरेर हेरेपछि अलेली घर, खाल्टाखुल्टी, खोँच र तछारिएका भिर सामुन्निए ।
कवि कोकिल विद्यापति
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभङ्गा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो । विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवसका रूपमा मनाइने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको विहार, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । त्यहाँ उनी धरोहरका रूपमा सम्मानित र पूज्य छन् । महाकवि विद्यापतिलाई बङ्गालीहरूले पनि आफ्नो कवि ठान्दछन् जब कि नेपाली भाषासाहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो । वि
साहित्यिक नक्षत्र युगकवि श्रेष्ठ
नेपाली भाषा साहित्यलाई समृद्धि प्रदान गरेर सफलताको चरम शिखरसम्म पु¥याउने युगकवि सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) नेपाली साहित्यका एक अमर विभूति हुनुहुन्छ । आफ्नो प्रखर र बहुमुखी साहित्यिक व्यक्तित्वका कारण उहाँ देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय नेपाली साहित्यिक क्षेत्रमा पनि एउटा सशक्त महान् प्रतिभाका रूपमा प्रतिष्ठित हुनुभएको छ ।
उदाउँदो चीन
नेपालका माओवादी चीनको हुनान प्रदेशको साओसान गाउँमा जन्मेका माओ त्सेतुङले नेतृत्व गरेको आन्दोलन र विचारबाट प्रभावित छन् । माओले अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाको चीनलाई मुक्त गर्न नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्नुभएको थियो । गाउँबाट सहर घेर्ने रणनीति अपनाउनुभएको थियो । ठ्याक्कै यही रणनीति र कार्यनीति नेपालमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको नाम नै माओवादी राखेर २०५२ फागुन १ देखि जनयुद्ध सुरु भयो । शान्ति वार्तामा बसेपछि १० वर्ष नौ महिना पाँच दिनपछि हतियारको युद्ध समाप्त भयो । हाल माओवादी पार्टीका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ ।