स्विडेनको राजधानी स्टकहोममा जताततै ‘ट्युलिप’ र ‘ड्याफोडिल’ फूल फक्रिएका छन् । विकास र प्रकृतिको अनुपम मेल भएको यस स्थानमा स्थानीयहरू घमाइलोयाममा ऊर्जाशील जीवनयापन गरिरहेका देखिन्छन् ।
स्टकहोमको होटेल जिन्केन्सडममा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी साप्ताहिक प्रशिक्षण कार्यव्रmमको दोस्रो दिनको सत्र चलिरहेको छ । कहिले औपचारिक र कहिले अनौपचारिक व्रिmयाकलापसहित प्रशिक्षणको सो दिनको अन्तिम सत्र बडो रमाइलोसाथ अघि बढिरहेको छ । यो सत्रपछि सप्ताहान्तमा शनिबार र आइतबार बिदा हुने भएकाले सबै उत्साहित देखिन्छन् । सत्रको अन्तिममा प्रशिक्षकमध्येकी एक ओलिभिया सेटकिक हामी परिकथा या लोककथाका महामानव नभएकाले आफ्नो कर्तव्यमा निरन्तर प्रयासरत रहे मात्र सफल हुन सक्छौँ भन्ने सन्देशसहित एकाएक सुपर उमनको पोसाकमा देखिन्छिन् । नेपालमा औपचारिक परिवेशमा गरिने कार्यव्रmममा ज्यादा सहभागी भएर होला मसहित नेपाली साथीहरू यस अनौपचारिक शैलीलाई रोचक र सहज दुवै अनुभूति गरिरहेका छौँ । आजको प्रशिक्षणको समाप्तिसँगै समय अपराह्नको ३ः३० बजेको छ । तालिमबिच बिदाको मौका जुराउँदै नेपाली र बङ्गलादेशी टोली समुद्री मार्ग हुँदै फिनल्यान्डको राजधानी हेलसिन्कीतर्फ लाग्दै छौँ । सबै जना फटाफट तयार भएर जानका निमित्त होटेलअगाडि जम्मा हुन्छौँ । ४ः३० बजेसम्म पानीजहाज चढ्नका लागि हम्नपिर्सवेगेन पुगिसक्नुपर्ने भएकाले अलि हतार छ । सबैजना सो स्थानका लागि नयाँ भएकाले त्यहाँ पुग्ने रुट र यातायातबारे अनभिज्ञ छौँ । समय थोरै छ । बङ्गलादेशका डाक्टर समिम बाटो पहिल्याउन हामीभन्दा केही सिपालु छन् । हामीभन्दा केही पहिले नै स्टकहोम पुगेका उनी स्टकहोमका बाटोसँग केही ज्यादा परिचित छन् । हुन त स्टकहोमको व्यापारिक केन्द्रका पसलमा बङ्गलादेशी टन्न देखिन्छन् । पढ्न वा व्यापारिक प्रयोजनका लागि स्विडेन पुगेका बङ्गलादेशीहरू दुई÷तीन पुस्तादेखि यहीँ जीवनयापन गरिरहेका छन् । स्विडेनमै बस्ने आफ्नो बङ्गलादेशी आफन्तसँग निरन्तर सम्पर्क गर्दै समिम बाटो पहिल्याउने नेतृत्व गर्छन् । केहीबेर ट्राममा चढेर ओर्लिएर, बसको यात्रा गरेर केहीबेर हिँडेपछि हम्नपिर्सवेगेन पुग्नै लाग्दा निलो र सेतो रङ्ग मिश्रित सिल्जा सेरेनेड परबाट देखिन्छ । सिल्जा सेरेनेड जसलाई स्थानीय सिल्या सेरेनेड पनि भन्छन् यो हेलसिन्की–स्टकहोम यात्रा गर्ने एक विशिष्ट व्रmुज फेरी हो । व्रmुज फेरी एक विशेष प्रकारको पानीजहाज हो, जसले कार्गोका लागि प्रयोग हुने फेरी र आरामका लागि प्रयोग गरिने व्रmुज जहाजको विशेषताको संयोजन गर्दछ ।
विभिन्न देशका यात्री जहाज चढ्न हतारमा देखिन्छन् माहोल टाइटानिक फिल्मको सुरुवाती सेटअपजत्तिकै अनुभूति हुन्छ । छिर्नेबित्तिकै कुनै तारे होटेलमा छिरेको महसुस हुन्छ कताकता टाइटानिक चलचित्रको झल्को पनि निरन्तर आइरहेको छ । यस्तो किसिमको जहाजमा पहिलो पटक पाइला राख्न पाउँदा मन पुलकित भएको छ । अब १८ घण्टा यही जहाजमा समय बिताउनु छँदै छ त्यसैले सुरुमा आफ्नो कोठामा झोला बिसाएर घुम्न निस्कने एउटा भद्र सहमति बन्छ । त्यसै अनुसार लिफ्ट चढेर हामी कोठा खोज्न निस्कन्छौँ । हरेक तला जाने फरक फरक लिफ्ट छन् । लिफ्ट चढेर कुन तलामा पुगिन्छ त्यही अनुसारको सङ्केत गरिएको छ । जहाजमा भएको सबैभन्दा सस्तो कोठा पनि हाम्रा तारे होटेलभन्दा कम छैनन् । कोठामा दुईतिर होस्टेलका जस्तै दुईतले खाट छन् । वातानुकूलित कोठा र कोठामै समावेश सुविधासम्पन्न बाथरुम । जहाजको यात्रा सुरु हुने समय धर्किनै लाग्दा जहाजमा प्रवेश गरेकाले अब कोठामै रहँदा जहाज चल्न थालेको महसुस हुन्छ । कोठामा झोला राखेर कोठाबाट लबीतर्फ निस्किँदा लबीको झ्यालबाट बाल्टिक समुद्र सरक्क देखिन्छ । जहाज मध्यम गतिमा चलिरहेको अनुभूति हुन्छ । निलो बाल्टिक समुद्र र त्यसमा चलिरहेको सिल्या सेरेनेडभित्र बस्दाको सुरुवाती अनुभूति महसुस मात्र गर्न सकिन्छ । यो शब्दातीत र भावातीत छ । जहाजको सबैभन्दा माथि कौसी अर्थात् डेकमा झनै रमाइलो छ । त्यहाँ भिन्न पृष्ठभूमि र मातृभूमि भएका विभिन्न जनमानस र समुद्र दुवैको प्रत्यक्ष साक्षात्कार गर्न सकिन्छ । बिस्तारै टाढा हुँदै गएको स्टकहोमलाई हेरिरहँदा हामीलाई एउटा अद्भुत अनुभव भइरहेको छ । विभिन्न मानिसको आफ्नो आफ्नो रमाउने शैली हुन्छ, कसैको हातमा मदिरा देखिन्छ । कोही त्यसै रमाइरहेका छन्, कोही रुमलिइरहेका छन् । कोही टोली टोली भएर एउटा टेबलमा जम्मा भएर बसेका छन् । विश्वभरिका मान्छेको जमघटबिच हामी आँखा र क्यामरा दुवै तेस्र्याएर बाल्टिक समुद्र र त्यसको आसपासको दृश्य खिचिरहेका छौँ । भूपरिवेष्ठित देश नेपालका हामी नेपालीको निमित्त समुद्रको यात्रा दुर्लभ हो । वरिपरि देखिने बडेमानका अन्य जहाजसँगै सामुद्रिक मनोरम दृश्यको अनुपम आनन्द अनि समुद्रको चिसो सिरेटोमा आफूले नै आफैँलाई केहीबेर बिर्सिए जस्तो लाग्छ । समुद्रमा जति नै गर्मीयाम भए पनि मौसम चिसो नै छ । डेकमा आउने हरेक हावाका कणले समुद्रलाई स्पर्श गरेरै आउने भएकाले यहाँ निकै शीतल छ । समय साँझतर्फ घर्कदै जाँदा जहाजको सबैभन्दा माथिको कौसी डेकमा रमाइलो घट्दो छ । मानिस अब भित्र रहेको बार, डिस्को, कन्सर्टतर्फ रमाउन जमर्को गर्दै छन् । कोही खाना खाने रेस्टुरेन्टतर्फ लाग्न थालिसके । धेरैबेरदेखि बसेर फोटोग्राफीमा रमाइरहेका हामीलाई बिस्तारै समय घर्केको आभास हुँदै छ । साँझ पर्दै छ तर उज्यालोमा त्यति कमी आएको छैन । साँझ परे पनि अँध्यारो नहुनु त यो याममा युरोपमा सामान्य हो । बतासको बेग बढेको हाम्रो शरीरले महसुस गर्दै छ । जहाजमा भएका रेस्टुरेन्टका केही युरोपिएन डिस मिठो लागे पनि केहीसँग अझ अभ्यस्त नभएकाले हामीले झोलामा केही फलफूल र खानेकुरा राखेका छौँ, जस कारण हामीलाई भोकको चिन्ता छैन । जहाजको तल्लो तलामा रहेका ब्रान्डेड र करमुक्त पसलको घुमफिरपश्चात् यसो केही चमेना गरेर हामी लाइभ कन्सर्टतर्फ लाग्छाँै, जहाँ गायकले टाइटानिककै गीत एवरी नाइट इन माई ड्रिम्स, आई सी यू, आई फिल यू गाएर सिनोमाटिक अनुभूति प्रदान गरिरहेका छन् । कन्सर्टमा केही गीत सुनेर फेरि बाहिर डुल्दै गर्दा अमेरिकी मूलका साथी भेट हुन्छ । उनीहरूलाई नेपालका बारेमा केही जानकारी छ तर उनीहरूले एसियामा पाइला भने टेकेका छैनन् । एकैछिनपछि फिनल्यान्डमा काम गर्न बसेका साथी भेट हुन्छ । उनीहरूलाई नेपालबारे पटक्कै जानकारी छैन । दक्षिण एसियाको कुरा गर्दा उनीहरू भारतलाई मात्रै सम्झिन्छन् । भारतकै छिमेकी देश नेपाल हो भनेपछि उनीहरू मुखमा हेराहेर गर्छन् । हामीलाई डेकमै रमाइलो लागेकाले फेरि डेकमा फर्किंदाखेरि एक जना चिनियाँ वृद्ध फेला पर्छन् । छिमेकी फेला पर्दा उनी आफ्नै परिवारजन भेटिएजसरी नै हौसिन्छन् । क्यासिनो वा गेमिङ सेन्टरमा पुग्दा पनि भिड बाक्लै देखिन्छ । भिडियो गेमसँगै क्यासिनोमा रुलेट र ब्ल्याक ज्याक खेल सञ्चालन भइरहेका छन् । ब्ल्याक ज्याक खेलमा खेलाडी खेलको सुरुमा एकछिन जितेर खुसी हुन्छन् तर त्यो खुसी धेरैबेर कायम रहँदैन । खेल अगाडि बढ्दै जाँदा खेल खेलाउने डिलरले भटाभट सबैलाई जितिदिन्छन् । हामीले हेर्दाहेर्दै उनले २० जनाजतिलाई टाट पल्टिने गरी जित्छन् । अरूले खेलेको जुवाको रमाइलो छाडेर आफैँ रमाउन क्लबमा पुग्दा त्यहाँ अर्कै रमाइलो महसुस हुन्छ, एकछिन क्लबका सङ्गीतमा जोडदार रूपमा नाचेपछि आराम नगरी सकिएन । सुस्ताएर नजिकको कुर्सीमा बस्दा साउथ अफ्रिकाका आर्सनल बडा रोमाञ्चक मोडमा गीतमा झुमिरहेका भेटिन्छन् । “ओहो ! तपाईंको नाम त फुटबल क्लबसँग मिल्दो रहेछ के तपाईं त्यसको फ्यान हो” भन्दा उनी हो हो हो भन्दै खुसी मान्दछन् । परिचयकै व्रmममा मातृभूमिको चर्चा गर्दा नेपालबारे सोध्दा उनी अनभिज्ञ छन् । यद्यपि संसारको अग्लो शिखर सगरमाथाबारे चाहिँ उनी जानकार रहेछन् । तिमीले हिमाल चढेका छौँ भनेर उनले उल्टै प्रतिप्रश्न गरेपछि छैन भनेर म मुसुक्क हास्नुबाहेक मसँग अरू विकल्प रहँदैन । अक्सर हिमाल आरोहणबारे कम जानकार साथीहरू हिमाली देशको नागरिक हुँ भन्नेबित्तिकै सहज रूपमा हिमाल चढेका छौँ ? भनेर प्रश्न गर्ने गर्छन् ।
यसैबिच डाफोरलगायत केही अन्य शान्ति मिसनमा सफलतापूर्वक सहभागी अमित सर हामीलाई विदेशीसँग संवाद गर्ने एउटा रोचक सूत्र सिकाउनुहुन्छ । विदेशीले बोल्न आएमा उसका कुरा रुचिकारक नभएमा या, या, या, भनेर हाँस्ने । त्यति गर्दा ऊ पनि खुसी हुन्छ र आफू पनि सजिलै उन्मुक्ति पाउन सकिन्छ । यो सूत्र पनि उहाँलाई कसैले मिसनमा सुनाएको रहेछ । कहिलेकाहीँ कोही सहयात्रीसँग मज्जाले कुरा गरे पनि कोहीसँग भने म, केशव सर र सन्तोष सर त्यही सूत्रको अनुसरण गर्दछौँ । सामुद्रिक यात्रामा रहँदा लाग्यो कि जहाज यात्राको साधन मात्र नभई मनोरञ्जनको गन्तव्य स्थल पनि रहेछ । हुन त व्रmुज भनेकै त्यही त रहेछ । मध्यरातमा डेकमा पुग्दा चिसो सिरेटो हुन्छ, परपर लाइट हाउसमा बलेको बत्ती मात्र देखिन्छ । अनेकौँ रमाइलोपश्चात् एकै कोठामा रहेका हाम्रो फिनल्यान्ड घुम्न शक्ति सञ्चयका लागि एकैछिन सुत्ने निर्णय हुन्छ । केवल एक घण्टा निदाउँदा कहिले भूकम्पको परकम्पन जस्तै त कहिले अलि अलि झुलामै सुतेको जस्तो अनुभव भयो । बिहानै उठेर फेरि लबी हुँदै डेकमा पुग्दा टापुका थुम्का देखिन्छन्, फेरि यसै दृश्यमा मन रमाउन पुग्दै छ । अब जहाज फिनल्यान्ड पुग्न लागेको सूचना सबैतिर सुनिन्छ, हामी फर्कंदा सोही जहाज वा कोठा पर्छ वा पर्दैन भनेर अनभिज्ञ हुन्छौँ ।
फर्कंदा त्यही कोठा पर्छ भनेर केही साथीले ढुक्कसाथ कोठामा झोला छाडेका छन् तर त्यो कुरा हामीलाई अचम्म लाग्छ, कोठा फेरियो वा कोठा सरसफाइ भएमा के होला भनेर झोला लिएर निस्कन्छौँ । एकतर्फी यात्रा गर्नेको मात्रै कोठा फेरिँदो रहेछ भनेर जहाजबाट निस्किइसकेपछि मात्र पक्कापक्की हुन्छ । फिनल्यान्डको राजधानी हेलसिन्कीको ओलम्पियारान्ता विशाल सिल्जा सेरेनेड टक्क अडिन्छ । भिड अब निस्कने बाटोतर्फ केन्द्रित हुन्छ, हामी पनि बाहिर निस्कने द्वारतर्फ लाग्दै गर्दा संसारको सबैभन्दा खुसी देश फिनल्यान्डले हामी खुसी मानिसलाई स्वागत गरिरहेको जस्तो लाग्दछ । केहीबेरको हेलसिन्की घुमघामपश्चात् पुनः फर्कनुपर्ने छ । हिजो जुन जहाज आएको थियो आज पनि त्यही फर्किनेवाला छ तर हिजोको भन्दा आजको माहोल अलि खल्लो छ । सप्ताहान्त भएर होला हिजो अर्कै उत्साहको माहोल थियो तर मेरो उत्साहमा कुनै कमी छैन । म चाहिँ ३६ घण्टाको जलयात्रामा जलमाया आनन्द लिँदै छु ।