• १८ चैत २०८१, सोमबार

शून्य आकाश शून्य मन

blog

रन्डाछेउ कुनामा राखिएको मेचमा सानुकाजी घोत्लेर बसिरहेका छन् । उनी यसरी सधैँ साँझको याममा घण्टौँ शून्य मन तथा शून्य आँखाले शून्य आकाशलाई हेरिरहन्छन्– यो उनको दैनिकी भन्दा पनि हुन्छ । उनको मन आकाश जस्तै शून्य छ । नहुनु पनि किन ? यो बुढेसकालमा एक्लो जीवन बिताउन कम कष्टकर 

छ... ?! आपूm ८० वर्ष लागिसक्दा पनि सन्तानबाट विमुख भएर बस्नु परेको छ । आज सबैका सन्तान बिदेसिएका छन् । कोही पनि हेरविचार गर्ने छैनन्– वृद्ध भइसकेका आमाबाबुलाई छाडेर विदेश पलायन भएका छन् । आजको समयले दिएको पीडालाई सहन उनी बाध्य भएका छन् । उनको छोरा रविकाजी अमेरिका पलायन भएको आठ वर्ष भइसक्यो । एकपल्ट उनी साह्रै बिरामी परी अस्पतालमा भर्ना भएको बेला आएका थिए, त्यसपछि त बेपत्ता जस्ता भएका छन् । बराबर फोन गरेर हालखबर सोधिरहन्छन्– कर्तव्य निर्वाह गरे भैmँ ।

“उप्m ! समय पनि कस्तो आयो हे दैव...,” उनी लामो सुस्केरा हाल्छन् ।

“बाज्या, किन अँध्यारोमा बसिरहनु भाको ? भात पाकिसक्यो,” न्हुछेमानले कोठाको बत्ती बालेर भन्छ ।

“मलाई आज खान मन छैन,” अँध्यारोबाट मुक्त भई उनले हत्केलाले आँखाको दुई वmुनामा परेली भिजाई बगेको आँसु पुछ्दै भन्छन् । 

“आऽऽऽ बाज्या पनि । थोरै भए पनि खानु पर्छ ।” न्हुछेले अनुरोध गरेभैmँ भन्छ ।

बेमनले सानुकाजी उठेर कोठाभित्र पस्छन् । न्हुछेमानले कोठामै खाना ल्याइदिन्छ । सानुकाजीले बेमनले खाना खाएर भन्छन्, “न्हुछे हेर् त, आज मैले तेरो साहुनी आमालाई धेरै सम्भेmँ । उनले मलाई एक्लै छोडेर गएकी पनि १० वर्ष भएछ ।” न्हुछे सान्त्वना दिँदै भन्छ, “सबै जना छोडेर जानु पर्छ । कोही अघि कोही पछि त हो नि बाज्या ।” 

“जा थोरै चिया बनाएर ल्या– आज मन त किन हो किन साह्रै उवmुसमुवmुस भएको छ ।” 

“हस् ।”

न्हुछे गएको हेर्दै सानुकाजी बिछ्यौनामा पल्टिरहन्छन् । उनी विगतमा विचरण गर्न पुग्छन् । उनकी पत्नीको देहान्त हुँदा उनको छोरो मात्र १० वर्षको थियो । बुढेसकालमा स्याहार्नका लागि अर्को विवाह गर्नु पर्छ भनेर कतिले सल्लाह दिएका थिए तर उनी मान्दै मानेनन् । बुढेशकालमा जन्मेको छोरोलाई दुःख हुन्छ भनेर उनले सबैको सल्लाह लत्याएका थिए । छोरालाई बोर्डिङ स्कुलमा राखेर पढाए । २० वर्ष लागेपछि रवि पढ्न भनी अमेरिका गएका उतै रमाए– उतै बिहे गरे– अनि उतै स्थायी रूपले बसोबास गरे । 

एक्लो बुढो बाबुलाई छोडेर उतै भास्सिए । न्हुछेले चिया लिएर आयो । चियाको चुस्की लिँदै फेरि सोचाइमा गुजुल्टिँदै गए । कत्रो इच्छा थियो– छोराको धुमधामसित बिहे गर्ने– त्यो इच्छा पनि अधुरै रह्यो । “हैन बाज्या– तपाईंलाई सन्चो छैन कि क्या हो ? !” न्हुछेले सोध्यो । 

“के सन्चो के बिसन्चो... । एक्लो जीवन, अब त बाँच्न पनि मन लागेन । व्यर्थै बाँचिरहे जस्तो लाग्छ ।” चिया पिइसकेर उनी बिछ्यौनामा पल्टिछन् ।

त्यही बेला मोबाइलको घन्टी बज्यो । “बाऽऽऽ, यो दसैँमा हामी सपरिवार नेपाल आउँछौँ ।” छोराको वmुरा सुनेर उनको मनमा झलमल्ल घाम लाग्छ ।

“हो र बाबु, तिमीहरूलाई हेर्न साह्रै लालायित छु । पक्कै हो त ?”

“हो बा, आउन ठिक परेका छौँ ।”

सानुकाजी जुरुक्क उठेर बस्छन् । उज्यालो अनुहार लाएर भन्छन् ।

“हेर न्हुछे, छोरा दसैँमा आउने रे ।”

“लौ अब म आनन्दले सुत्छु । बत्ती निभाएर जा ।”

त्यो रात सानुकाजी सन्तोषको निद्रा निदाउँछन् । 

टोलमा सबैलाई यसपालि त मेरो छोरा सपरिवार नेपाल आउँदै छन्– उनी फुरुक्क परेर भन्दै हिँड्छन्– टोलमा चिनेजानेका सबैलाई । उनलाई जाँगर पनि निकै चल्छ । उत्साहले पनि आकाश चुम्छ । अब उनी साँझपख आनन्द मनले आकाशतिर दृष्टि फ्याँकेर मुस्कुराउँछन् । आकाशका तारा हेरेर आँखा झम्क्याउँछन् । संसारै रमाइलो लाग्छ सानुकाजीलाई ।

“छोरालाई यहीँ बस्न फकाउँछुु म ।” उनी मनमनै फुरुक्क परेर सोच्छन् । एउटा छोरा, सारा सम्पत्ति उसको नाममा लेखिदिन्छु र उसलाई यहाँ बस्नका लागि उक्साउँछु– कसो नमान्ला र... !”

सानुकाजीले छोराको घर आउने खुसियालीमा घरलाई रङ लाएर चिटिक्क पार्छन् । छोराको कोठाको सोफा पनि नयाँ किनेर कोठा सजाउँछन्– नयाँ पर्दा फेर्छन् । पैसा केका लागि हो र... सबै छाडेर जाने त हो नि... । आपूmले जम्मा गरेर राखेको सबै पैसा सक्छन् ।

अब दसैँ आउन केवल १५  दिन मात्र बाँकी रह्यो । छोराको आउने खबर सुनेदेखि उनको छाती दुख्ने बिमारी पनि निको भएको छ । 

सानुकाजीले दसैँमा चाहिने पूजाका सरसामान र भान्छामा चाहिने सबै वस्तु न्हुछेलाई किन्न पठाएर ठिक्क पार्छन् । “न्हुछे, यसपालि त सबै जना मिलेर दसैँको भोज खानु पर्छ । तेरो साहुनी बितेदेखि सबै जना सँगै बसेर भोज खाएकै छैन हगि ?” 

“हो बाज्या यसपालि त साह्रै रमाइलो हुने भो,” न्हुछेले पनि खुसी प्रकट गर्छ ।

त्यही बेला मोबाइलको घन्टी बज्छ । सानुकाजीले झटपट मोबाइलमा कान राखेर सुन्छ ।

“बा ऽऽऽ यसपालि त पक्कै नेपाल आउँछु भनेको मिल्दै मिलेन ।” यति सुन्नासाथ सानुकाजीको हातबाट मोबाइल खस्छ ।

उनवmो अनुहारभरि निराशाको बादल रुमल्लिन थाल्छ । मुटु चरक्क चर्किन्छ । मन भत्भती पोल्छ ।

“के भो बाज्या ?!” न्हुछेले सोध्छ ।

सानुकाजी केही नबोली बिछ्यौनामा डङ्ग्रङ्ङ पल्टिन्छन् ।

केहीबेर उनी बोल्दैनन् । केहीबेरपछि मोबाइल उठाएर छोरालाई फोन गर्छन् ।

छोराले फोन उठाएपछि सानुकाजी चर्को स्वरमा भन्छन्, “भो, अब कहिल्यै आउनु पर्दैन । म मरेपछि दागबत्ती दिन पनि आउनु पर्दैन । न्हुछेले मलाई छोरासरह हेरविचार गरिरहेको छ । अब म सारा सम्पत्ति उसैलाई लेखिदिन्छु ।” यति भनी उनले फोन काटिदिन्छन् । न्हुछेतिर हेर्दै उनी भन्छन्, “जा, पल्लो घरको वकिललाई बोलाएर ल्या... ।”

“किन बाज्या... ?” प्रश्नात्मक दृष्टि सानुकाजीतिर फ्याँक्दै न्हुछेले प्रश्न गर्छ ।

“जा न खुरुक्क...।”

“हस् बाज्या... ।” न्हुछे जान्छ ।

सानुकाजीको मन लथालिङ्ग हुन्छ । उनले एकपल्ट आकाशतिर शून्य मन र आँखाले हेर्छन् । छाती असह्य दुखेर आउँछ । आँखाबाट आँसु बग्छ– बलेसी बर्से भैmँ गरी । एकछिनमा न्हुछे वकिलका साथ आइपुग्छ । सानुकाजीले वकिलतर्पm हेर्दै भन्छ, “वकिल बाबु, मेरो सम्पत्ति जति म मरेपछि न्हुछेलाई लेखिदिनुस् त... ।” 

“के भन्नुभएको ?!” वकिल आश्चर्य पर्दै भन्छन् ।

“हो बाबु, मेरो सम्पत्ति सबै मलाई बुढेसकालमा स्याहारसुसार, हेरविचार गर्ने यो न्हुछेलाई लेखिदिन चाहन्छु । छिटै कागज तयार पार्नूस्– अहिल्यै, विलम्ब नगरी ।”

वकिलले उनको इच्छा अनुसार कागज तयार पारेपछि सानुकाजीले दस्तखत गर्दै भन्छन्, “ती वmुलङ्गारहरूलाई केही पनि दिन्नँ ।” सानुकाजीको रिस थामिएको थिएन ।

“बुढा बाबुलाई त्यागेर बस्ने, हेरविचार नगर्ने त्यस्ता छोरालाई केको सम्पत्ति... ?!” सानुकाजीले गर्जेर भन्छन्, “हेर न्हुछे, म मरेपछि पनि तिमीले नै मलाई दागबत्ती दिनू । त्यति मात्र हैन... त्यस छोरा भनाउँदोलाई खबर पनि नगर्नू है ।” यति भन्दाभन्दै सानुकाजी भुइँमा ढल्छन् । “बाज्या के भो... के भो... ?” भन्दै न्हुछेले हत्तपत्त सानुकाजीको मुखमा पानी हालिदिन्छ । सानुकाजीले फुस्रो आँखा पल्टाउँछन् । सानुकाजीलाई एम्बुलेन्स बोलाई हत्तपत्त अस्पताल पु¥याउँछन् । अस्पताल पुगेपछि डाक्टरले जाँचेर उनी आधा घण्टा पहिल्यै परलोक भइसकेको दुःखद समाचार सुनाउँछन् ।