समयको मृत्युमा म मलामी (कविता)
समयको मृत्यु हुँदोरहेछ थाहा थिएन बाजा अगाडि बज्दै गइरहेछ समयको शव पछिपछि कमिलाहरूले मौन मौन बोकेर
द्वन्द्व र युद्धको ऐना
ऐना–केही चिजलाई जस्ताको तस्तै प्रतिरूप देखाइदिने वस्तु, दर्पण । ऐना रामलाल जोशीको सुदूरपश्चिमका दुःख पीडाका घटनालाई उनेर बनाइएको कथानकका कथाहरूको सङ्ग्रह (२०७२) पनि हो । ऐना झ्यालको पुतली ऐनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको सुजित बिडारी निर्देशित चलचित्र (२०७९) । ऐना जोडिएका यी दुई हालैका उदाहरणीय विषय हुन् । ऐना (२०७७) कांग्रेसका तत्कालीन प्रवक्ताले चलाएको एउटा टेलिभिजन कार्यक्रम पनि हो ।
ग्रिसमा वाइनका देवता खोज्दा
एथेन्समा संसारको पहिलो थिएटर ! म एकाएक उत्साहित हुन्छु । त्यस ऐतिहासिक स्थानमा स्पर्श गर्न मन उद्वेलित हुन्छ । नाटकप्रेमी मेरो मनमा अचानक जिज्ञासाका पर्दाहरू खुल्न थाल्छन् । आतुरता प्रकाशको गतिमा दौडन्छ । मेरा पाइला त अझै एथेन्सको एक्रोपोलिसमै छन् । एक्रोपोलिसमा अवस्थित एथेना देवीको मन्दिरबाट थिएटरलाई चियाउने प्रयास गर्छु । ठिक मुनि अलिकति भिरालो परेको ठाउँमा छ ‘द थिएटर अफ डायोनाइसस ।’ खासै ठम्याउन सक्दिनँ । विलम्ब नगरी एक्रोपोलिस डाँडाबाट खुत्रुक खुत्रुक उत्रन्छु तलतिर । समथर जमिनमा लम्किरहेको छु लमकलमक । हिँडिरहेको छु एउटा आदिम बा
‘मास्टर्नी’ को अर्थ नबुझ्दा...
म सानो छँदा घरमा मुवालाई ‘मास्टर्नी’ भनेर बोलाएको सुन्थेँ । जिजुमुवाले प्रायः मुवालाई मास्टर्नी बुहारी भन्नुहुन्थ्यो । जिजुबुवाले पनि मास्टर्नी नै भनेर बोलाउनुहुन्थ्यो । परिवारका अरूले पनि मास्टर्नीकै पछाडि साइनो जोडेर नै बोलाएको सुनेँ । गाउँका मानिसले पनि मास्टर्नी नै भनेर बोलाउँथे । मुवाको नाम त के थियो, त्यतिबेला मलाई थाहा थिएन । कतै मास्टर्नी भन्ने शब्द सुन्यो भने मेरो मुवा नै हो भन्ने लाग्थ्यो मलाई । विस्तृत कुरामा त ध्यान पनि गएन । मेरो मुवाको नाम नै मास्टर्नी हो भन्ने लागेको थियो ।
सम्झनलायक होङजाउ एसियाड
उत्कृष्ट व्यापारिक केन्द्र घोषित चीनको होङजाउले एसियाली खेलकुदलाई प्रतिष्ठाको विषय बनाएको थियो । कोरोना महामारीले एक वर्ष ढिला सुरु भएपछि होङजाउले तयारीका लागि थप एक वर्ष समय पनि पायो । त्यसैले होङजाउ एसियाडमा रौनकताको कुनै कमी भएन । होङजाउ एसियाडलाई एक सफल आयोजना मानिएको छ । नेपालको सन्दर्भमा पनि होङजाउ सहभागिता सम्झनलायक बन्यो । हुन त कराँते खेलाडी एरिका गुरुङको रजत पदक र नेपाली महिला कबड्डीले दिलाएको कांस्य पदक मात्र होङजाउ एसियाडमा नेपालका लागि सफलताका रूपमा रह्यो । यसबाहेक नेपाली क्रिकेट टिमले
शान्तिको स्रोत आफ्नै हृदय
आमाले बच्चालाई भन्छिन्, “तातो छ, नछोऊ, पोल्छ !” बच्चो मान्दैन । मौका पारेर आगोमा हात हाल्छ । उसलाई साँच्चै नै पोल्छ । त्यसपछि आमाले ‘आगो छोऊ’ भने पनि उसले छुने कोसिस गर्दैन । के शान्तिलाई यसरी नै अनुभवसँग जोड्न सकिन्छ ? के शान्ति र आनन्द मानव जीवनको यथार्थ हो ? मानिस जति हतास र उदास भए पनि उसको अन्तिम लक्ष्य खुसी नै होइन र ? जतिसुकै पीडाले विक्षिप्त भए पनि मूल गन्तव्य शान्तिको खोजी नै हो । भौतिक उन्नति वा समृद्धिसँग पनि उसले वास्तविक सुख र शान्तिकै अपेक्षा गरिरहेको हुन्छ ।
दसैँ बजार छैन उत्साह
दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न
घर [कथा]
सय वर्षअघिको घर त होइन यो । सय वर्षअघिकै भए पनि नियति यही नै थियो । संरक्षण गर्न लायकको थियो त्यो । कारण यो पुरातात्त्विक सम्पदा पनि होइन । पुरातत्वको दृष्टि सबैतिर पुगेको पनि हुँदैन तर यस घरमा जन्मेकाहरूको घर संरक्षणमा केही कर्तव्य बन्थ्यो भनिए पनि ती अहिले कताकता गइसके । घर खाली छ । भन्नाले अधिकांश चोटाकोठाहरू खाली छन् । घर बुढो भइसक्यो । यसमा बस्नेहरूले छाडेको पनि तीन पुस्ता लाग्न थालेको छ । जति पुस्तान्तर भए पनि घर उदास छ । घरले रमाइलो अनुभव गर्न पाएको छैन । उति बेला घरमा दसैँ, तिहार र तिज पर्व आउँथे । घरमा हल्लीखल्ली भइरहन्थ्यो । मानौँ संसारभ
सम्बन्ध हो सम्हाल्नलाई
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको